काठमाडौं,असोज,१-नारायणगढ-मुग्लिन सडक आज पुनः अवरुद्ध भएको छ।चितवनको इच्छाकामना गाउँपालिका ६ चार किलो भन्ने ठाउँमा आज बिहान ४:३० बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अहिले पनि पहिरो खस्ने क्रम रोकिएको छैन। जसको कारण पहिरो पन्छाउन समस्या भइरहेको छ। पहिरोका कारण आवागमन रोकिादा बिहानैदेखि सयौँ सवारी साधन दुबैतर्फ लाम लागेका छन्। […]
समाचार
आज देशभरका अदालत बन्द
काठमाडौं,असोज,१-आज (बिहीबार) देशभरका अदालत नखुल्ने भएका छन्।सर्वोच्च अदालतले पूर्व प्रधानन्यायाधीश अनिरुद्धप्रसाद सिंहको निधनमा आज देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको हो। सिंहको मंगलबार ओम अस्पताल काठमाडौंमा निधन भएको हो। १९७६ सालमा सप्तरीमा जन्मेका सिंह २०१३ साल जेठ ८ गते प्रधानन्यायाधीश नियुक्त भएका थिए। उनी तीन वर्ष प्रधानन्याधीश भएका थिए। सर्वोच्च अदालतको बुधबार बसेको आकस्मिक […]
सुदूरपश्चिममा कोरोना संक्रमित महिलाको मृत्यु, मृतकको संख्या १५ पुग्यो
कैलाली,असोज,१-कैलालीको धनगढीमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका-५ की ५७ वर्षीया संक्रमित महिलाको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिनुभयो । मृतकलाई भदौ १७ गते कोरोना पुष्टि भएको थियो । कडा खालको लक्षण देखिएपछि १९ गते अस्पतालमा भर्ना गरिएको थियो । संक्रमितको प्लाज्मा थेरापीमार्फत […]
आजदेखि लामो दूरीका गाडी सञ्चालन
काठमाडौं,असोज,१-लकडाउन/निषेधाज्ञाका कारण झन्डै ६ महिनादेखि बन्द लामो दूरीका सवारीसाधन आज (बिहीबार) बाट खुला भएका छन्। यातायात व्यवसायी र चालक महासंघको संयुक्त कार्यदलले हिजै (बुधबार) विज्ञप्ति जारी गकि सबैलाई आजदेखि लामो दूरीका गाडी चलाउन अनुरोध गरिसकेको छ। साथै सबै चालक, सहचालक र यात्रुलाई सवारीसाधनमा आवश्यक स्वास्थ्य सुरक्षा अपनाउन पनि आग्रह गरेको छ। चालक, सहचालकले मास्क, पञ्जा, […]
बिहानै ६ रेक्टरको भूकम्प, सिन्धुपाल्चोक केन्द्र बिन्दु
काठमाडौं,भदौ,३०-भूकम्पको धक्काले बुधबार बिहान काठमाडौं उपत्यकालाई नराम्ररी हल्लाएको छ। बिहान पाँच बजेर १९ मिनेट जाँदा सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको हो। सिन्धुपाल्चोकको राम्चे काठमाडौंदेखि ६३ किलोमिटर उत्तरपश्चिममा पर्छ।राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले यसको पुष्टि गर्नु भएको हो। ‘बिहान ५:१९ मिनेट जाँदा सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प […]
निवर्तमान अर्थमन्त्री खतिवडा प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार नियुक्त
काठमाडौं,भदौ,३०-सरकारले निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले खतिवडालाई मन्त्रिस्तरीय सुविधा पाउनेगरी प्रधानमन्त्रीको विशेष सल्लाहकार नियुक्त गरेको परराष्ट्रमन्त्री तथा सरकारका नवनियुक्त प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । डा. खतिवडाको थपिएको अर्थमन्त्रीको कार्यकाल पनि गत भदौ २० गते सकिएपछि उहाॅं अर्थ मन्त्रालयबाट बिदा हुनुभएको थियो। उहाॅंलाई राष्ट्रिय […]
नयाॅं १४५९ जना संक्रमित थपिए, ११ जनाको मृत्यु
काठमाडौं,भदौ,३०-नेपालमा पछिल्लो २४ घण्टामा थप १४५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप १४५९ जनामा कोरोना संक्रमण भएको जानकारी दिनुभयो । पछिल्लो २४ घण्टामा १० हजार ३७५ जनाको पीसीआर परीक्षण गरिएको छ । २४ घण्टामा १ हजार ६२ जना डिस्चार्ज भएका छन् ।हालसम्म डिस्चार्ज हुनेको संख्या […]
कोरोना संक्रमणबाट १५ जनाको मृत्यु, ११७० संक्रमित, ८७९ जना डिस्चार्ज
काठमाडौं,भदौ,२९-पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३६० पुगेको छ । पछिल्लो २४ घण्टामा ११७० जनाका कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।विभिन्न प्रयोगशालामा १० हजार ८७८ […]
डोल्पो टिल्कु चरिटेबल फाउन्डेसनको सहयोगमा बिपन्न परिवारका ४५ घर बन्दै
बारा,भदौ,२८-बारा जिल्लाको निजगढ नगरपालिकामा निजगढ काठमाडौं सम्पर्क समितीको नेत्रीतोमा डोल्पो टिल्कु चरिटेबल फाउन्डेसनको साहयोगमा निजगढ नगरपालिकामा अती बिपन्न परिवारको ४५ घरको छानो हाल्ने काम तिब्र रुपमा भैईररेको छ। डोल्पो टिल्कु चरिटेबल फाउन्डेसनबाट आयको सहयोग तराइ भागमा बाडी पहिरोले भत्काएको र हावा हुरिले छानो उडायको लाई छानो दिने कुरा सोही नगरपालिकाका राम लामा र डोल्पो टिल्कु […]
नेपालमा १०३९ संक्रमित थपिए, ११७३ डिस्चार्ज, ९ जनाको मृत्यु
काठमाडौं,भदौ,२८-पछिल्लो २४ घण्टामा १०३९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १०३९ संक्रमित थपिएका हुन् । हालसम्म संक्रमित हुनेको संख्या ५४ हजार १५९ पुगेको छ । २४ घण्टामा ९१६५ जनाको पीसीआर परीक्षण गरिएको छ ।२४ घण्टामा ११७३ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । […]




