स्पेनिस ला लिगा: बार्सिलोनालाई पछि पार्दै रियल मड्रिड उक्लियो शीर्ष स्थानमा

काठमाडौं,असार,८-बार्सिलोनालाई पछाडि पार्दै रियल मड्रिड, स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ।आइतबार राति भएको खेलमा रियल सोसिडाडलाई २-१ गोल अन्तरले हराउँदै रियल मड्रिड अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो। ३० खेलबाट बार्सिलोना र रियल मड्रिडले समान ६५ अंक जोडे पनि हेड टु हेडका आधारमा रियल मड्रिड शीर्ष स्थानमा पुगेको हो। पहिलो हाफ गोलरहित बराबरी भएकोे […]

ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५० हजार नाघ्यो, विश्वभर ९० लाख बढी संक्रमित

एजेन्सी,असार,८-दक्षिण अमेरिकी मुलुक ब्राजिलमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ । ब्राजिल अमेरिकापछि सबैभन्दा बढी संक्रमित र मृत्यु हुने मुलुक हो । कोरोना भाइरसको महामारीबाट ब्राजिलमा साढे ५० हजार मानिसको मृत्यु हुँदा संक्रमित भने १० लाख ८७ हजार पुगेको छ । विश्वभर भने संक्रमितको संख्या ९० लाख ४४ हजार नाघेको छ […]

वैवाहिक अंगीकृतलाई ७ वर्षको सीमासहित संसदीय समितिबाट नागरिकता विधेयक पारित

काठमाण्डौं,असार,७-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)को फरकमतका वावजुद प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले वैवाहिक अंगीकृत नागरिकताका लागि ७ वर्षे सीमा राख्दै नागरिकता विधेयक पारित गरेको छ । आइतवार संसद सचिवालय सिंहदरबारमा बसेको समितिको बैठकले विधेयक परित गरेको हो । विधेयकका अधिकांश प्रावधानमा सर्वसम्मति भएपनि वैवाहिक अंगीकृत नागरिकताको विषय भने […]

थप ४२१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ९ हजार नाघ्यो

काठमाडौं,असार,७-नेपालमा आईतबार ४ सय २१ जना नयाँ संक्रमित थपिएका छन् ।यो संगै कोरोना संक्रमित हुनेको संख्या ९ हजार २६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले पछिल्लो २४ घण्टामा ६४ महिला सहित ४ सय २१ जना नयाँ संक्रमित थपिएको जनाकारी दिनुभयो । पछिल्लो २४ घण्टामा कोरोना […]

आज छैटौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

काठमाडौँ,असार,७-आज छैटौँ अन्तर्राष्ट्रिय योग दिवस।नेपालमा पनि विविध कार्यक्रम गरी छैटौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ । जुन महिनाको २१औँ तारिख अर्थात् असार ७ गते देशभर विविध कार्यक्रम गरी छैटौँ अन्तर्राष्ट्रिय योग दिवस मनाईन्छ ।  संयुक्त राष्ट्र संघले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउन शुरु गरेको हो । अन्तर्राष्ट्रिय योग दिवस मनाउने व्यवस्थाका लागि […]

गण्डकी प्रदेशका थप १६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं,असार,७-गण्डकी प्रदेशमा आज बिहानै थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ५ सय ४ पुगेको छ । आइतबार बिहान बागलुङ, पर्वत, तनहुँ र म्याग्दीमा गरी १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बागलुङको गल्कोट नगरपालिकका ४ पुरुष, ढोरपाटन नपाका १ पुरुष, काठेखोला गाउँपालिकामा ३ र बागलुङ नगरपालिकाका १ कोरोना संक्रमण […]

आज खण्डग्रास सूर्यग्रहण लाग्दै

काठमाडाैँ,असार,७-आज आइतबार आषाढ कृष्ण औँसीका दिन खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण लाग्दैछ ।नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार ग्रहणले बिहान १०:५० बजे स्पर्श गर्नेछ ।मध्याह्न १२:३८ बजे मध्य र अपराह्न २:२३ बजे ग्रहणले मोक्ष प्राप्त गर्ने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो। तीन घण्टा ३३ मिनेटसम्म नेपालबाट सूर्यग्रहण देखिने उहाॅंले बताउनुभयो। शास्त्रीय मान्यताअनुसार शनिबार […]

सडकमा लम्पसार परेर सरकार विरुद्ध प्रदर्शन, प्रधानमन्त्री ओलीलाई ब्यङ्य

काठमाडौं,असार,६-काठमाडौंका सडकमा सरकार विरोधी प्रदर्शन जारी छ । शनिबार पनि शान्तिपूर्ण प्रदर्शन भएको छ । कोरोना भाइरस नियन्त्रणमा सरकारले देखाएको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै युवाहरुले काठमाडौंस्थित शहिद गेट क्षेत्रमा लम्पसार परेर विरोध जनाएका हुन । उनीहरुले सरकारले कोरोना नियन्त्रणमा सरकारले प्रभावशाली काम गर्न नसकेको भन्दै मृत्युको अभिनय गरेर सडकमै सुतेका हुन । प्रदर्शनकारीले प्रधानमन्त्री केपी शर्मा […]

नेपालीसँग बिहे गर्ने विदेशी महिलालाई ७ वर्षपछि नागरिकता दिने नेकपा निर्णय

काठमाण्डौं,असार,६-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले  नेपाली नागरिकसँग बिहे गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने  निर्णय गरेको छ। शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले नेपालीसँग बिहे गर्ने  विदेशी महिलालाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने निर्णय गरेको हाे। नेपालीसँग विवाह गरेको ७ वर्षपछि वैवाहिक अंगीकृत नागरिकता दिने र त्यतिबेलासम्मका लागि […]

चिनियाँ कम्युनिष्ट पार्टी ९९ वर्ष पुगेको अवसरमा भिडियोमा छलफल गर्दै नेपाल र चीनका सय बढी नेता

काठमाण्डौं,असार,५-चिनियाँ कम्युनिष्ट पार्टी ९९ वर्ष पुगेको अवसरमा सत्तारुढ नेकपा र चीनका सय बढी नेता आज भिडियो छलफलमा जुट्दै छन्।नेपाली कम्युनिष्ट नेताहरू चीनबाट बढी प्रभावित बनेको आरोप भारतीय पक्षबाट आइरहेकै बेला नेकपा स्कुल विभागका उपप्रमुख बेदुराम भुसालले चिनियाँ पक्षको चाहनाअनुसार नै यस्तो अन्तरक्रिया राखिएको बताउनुभयो। ‘चिनियाँ कम्युनिस्ट पार्टी ९९ वर्ष पुगेको अवसरमा चिनियाँ कम्युनिष्ट पार्टीको विदेश […]