काठमाडौं,असार,१२-नेपालमा शुक्रबार थप ५९३ जनामा कोरोना (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ ।शुक्रबार संक्रमण पुष्टि भएका संक्रमितमा १०७ जना महिला र ४८६ पुरुष गरि ५९३ जनामा कोरोना पोजिटिभ देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा .जागेश्वर गौतमका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको जनाए ।कुल संक्रमितमध्ये १२ सय ४९ […]
समाचार
नेकपा स्थायी समिति बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित
काठमाडौं,असार,१२-प्रधानमन्त्री एवं सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली पार्टी स्थायी समितिको बैठकमा अनुपस्थित हुनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमै बसेको स्थायी समितिको बैठकको दोस्रो दिन प्रधानमन्त्री ओली बैठकमा अनुपस्थित हुनुभएको हो ।प्रधानमन्त्री अनुपस्थित भए पनि बैठक जारी रहेको र बैठकको अध्यक्षता पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्नुभएको छ । बिहान […]
कोरोना कहरः विश्वमा मृत्यु हुनेको संख्या ४ लाख ९० हजार नाघ्यो, संक्रमितको संख्या ९७ लाख नजिक , ५२ लाख बढी निको भए
काठमाडौं,असार,१२-कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ४ लाख ९० हजार नाघेको छ । यसैगरी विश्वभर ९६ लाख ९८ हजार जनामा कोरोना भाईरसको संक्रमण पुष्टी भएको छ । ५२ लाख ५० हजारभन्दा धेरै संक्रमित उपचारपछि निको भएका छन् । कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचीमा अमेरिका पहिलो नम्बरमा छ । अमेरिकामा २५ लाख […]
नेकपा स्थायी कमिटी बैठकः प्रधानमन्त्री हुने सहमति छाडेर गल्ती गरें–दाहाल, बहुमतको खेल भयो–ओली
काठमाडौं,असार,१०-सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दुई अध्यक्ष बोलेर स्थगित भएको स्थायी कमिटी बैठकमा नेताद्वयले आ–आफ्ना गुनासा र पीडा व्यक्त गरेका छन् । प्रथम अध्यक्ष केपी ओलीले सरकारबाट भएका राम्रा कामको पार्टीबाट समर्थन हुन नसकेको गुनासो गर्दा द्वितीय अध्यक्ष पुष्पकमल दाहालले पटक पटक भएका सहमति र सम्झौता कार्यान्वयन नभएको पीडा व्यक्त गर्नुभएको थियो । […]
एकै दिन थपिए ६२९ संक्रमित, संक्रमितको जम्मा संख्या १० हजार ७ सय २८ पुग्यो
काठमाडौं,असार,१०-नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङ्गमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले पछिल्लो २४ घण्टामा एक सय १० महिलासहित ६ सय २९ जना नयाँ संक्रमित थपिएसंगै जम्मा संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको बताउनुभयो । पछिल्लो २४ घण्टामा […]
पूर्व प्रधानमन्त्रीसहित सबै दलका प्रमुखलाई राष्ट्रपतिले बोलाइन् शीतलनिवास
काठमाडौं,असार,१०-राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्रीसहित सबै दलका प्रमुखलाई शीतलनिवास बोलाउनु भएको छ । राष्ट्रपतिका स्वकीय सचिव डा. भेषराज अधिकारीले दिएको जानकारीअनुसार कोरोना महामारी, लकडाउन तथा यसबाट सिर्जित समस्याबारे छलफल गर्न राष्ट्रपति भण्डारीले सबै दलका अध्यक्ष एवं पूर्वप्रधानमन्त्रीहरूलाई आज बेलुका शीतलनिवास बोलाउनु भएको हो। ‘यो नियमित कार्यक्रमअन्तर्गत नै हो,’ डा. अधिकारीले भने, ‘राष्ट्रपतिज्यूले दलका नेतासँग भेटवार्ता नगरेको […]
नेकपाको स्थायी कमिटी बैठक आज बस्दै
काठमाडौं,असार १०-नेकपाको स्थायी कमिटी बैठक आज बस्दैछ ।प्रधानमन्त्री निवास बालुटारमा बिहान ११ बजे बैठक बोलाइएको स्थायी कमिटी सदस्य बेदुराम भुषालले जानकारी दिनुभयो । स्थायी कमिटी बैठकमा एमसीसी, कोरोना महामारी र अन्य समसामयिक विषयमा छलफल गरिने नेकपाले जनाए पनि एजेन्डाबारे आधिकारिक टुङ्गो लागेको छैन । बैठकमा स्थायी कमिटीका ४५ सदस्यसहित आमन्त्रित सदस्यका रुपमा पार्टीको अनुशासन समिति, […]
अस्ट्रेलियामा अलपत्र परेका २५९ जना नेपालीलाई ल्याईदै
काठमाडौं,असार,९-अस्ट्रेलियामा अलपत्र २ सय ५९ नेपाली नेपाल फर्कदै छन् । कोरोना भाइरस महामारीका कारण अलपत्रमा परेका नेपालीलाई आज (मंगलबार) पहिलो उडानअन्तर्गत नेपाल एयरलाइन्सको अन्नपूर्ण जहाजमार्फत ल्याउन लागिएको हो । जहाज सिड्नीबाट स्थानीय समय अनुसार १ बजे उड्ने नेपाली दूतावासले जनाएको छ। छोराछोरी भेट्न अस्ट्रेलिया पुगेका ती नेपाली लकडाउनका कारण चार महिनादेखि रोकिएका थिए। साथै आजकाे जहाजमा फर्किनेमा […]
इटालियन सिरी ए: युभेन्टसद्वारा बोलोग्ना पराजित
काठमाडौं,असार,९-क्रिस्टियानो रोनाल्डो र पाउलो डिबालाको गोलमा युभेन्टसले इटालियन सिरी एमा बोलोग्नालाई २–० ले पराजित गरेको छ। बोलोग्नाको घरेलु मैदानमा सोमबार राति भएको खेलमा युभेन्टसले पहिलो हाफको २२औं मिनेटमा अग्रता लिएको थियो। स्टेफानो देन्स्विलले पेनाल्टी क्षेत्रभित्र म्याथिस डी लिग्टलाई फाउल गरेपछि पाएको पेनाल्टीमा रोनाल्डोले गोल गर्दै युभेन्टस्लाइ अग्रता दिलाएका थिए। खेलको ३६औं मिनेटमा पाउलो डिबालाले अर्को […]
पाल्पामा पहिरोमा परी तीनजनाको मृत्यु, गुडिरहेका चारवटा गाडी पुरिए
पाल्पा,असार,९-पाल्पाको तानसेन–रिडी सडकखण्डको सम्मोबारीमा सोमबार साँझ गएको पहिरोले ३ जनाको मृत्यु भएको छ । पहिरोले ४ वटा सवारी साधन पुरेको छ । सवारी साधनमा रहेका २ जनाको घटनास्थलमा मृत्यु भएको छ भने एक जनाको उपचारको क्रममा मृत्यु भएको हो । अविरल वर्षाका कारण खसेको पहिरोले सडकमा गुडिरहेका पानी ट्यांकर, ट्रक र पिकअप जिप र कार […]



