दार्चुला,असार,३-सरकारले भारतले अतिक्रमण गरेको दार्चुलाको व्याँस गाउँपालिकास्थित कालापानी क्षेत्रमा नेपाली सेनाको व्यारेक राख्ने तयारी गरेको छ। भारतीय अतिक्रमणमा परेको व्याँस गाउँपालिकास्थित एक स्थानमा नेपाली सेनाको व्यारेक राख्ने गरी सम्भाव्यता अध्ययन थालिएको हो। सरकारले २०६७ सालमा स्थापना गरेको अपिनम्पा संरक्षण क्षेत्रअन्तर्गत व्याँस गाउँपालिकाभित्र नेपाली सेनाको व्यारेक राख्ने गरी प्रक्रिया अघि बढाएको हो। सेनाको व्यारेक राख्न सम्भावित […]
समाचार
लद्दाखमा भारत र चीनको सेनाबीच भिडन्त हुँदा २० भारतीय सैनिक मारिए, चीनतर्फको क्षति खुलेन
एजेन्सी,असार,३- भारत र चीनबीच लद्दाखको सीमावर्ती क्षेत्रमा भएको भिडन्तमा २० भारतीय सैनिक मारिएका छन् । पछिल्लो ४५ वर्षमा पहिलोपटक मानवीय क्षति हुने गरी यस्तो भिडन्त भएको हो । सीमा क्षेत्रमा सोमबार राति भएको चिनियाँ सेनासँगको भिडन्तमा आफ्ना एक कमाण्डरसहित २० जना मारिएको भारतीय सेनाले जानकारी दिएको खबर भारतीय सञ्चारमाध्यमले दिएका छन् । लद्दाखको पूर्वी क्षेत्रमा […]
कालापानीमा सशस्त्रको नियमित गस्ती, पञ्चेश्वर र हिल्सामा बीओपी स्थापना हुँदै
काठमाण्डौं,असार,२-सीमा सुरक्षामा सक्रियता अपनाउँदै सशस्त्र प्रहरी बलले कालापानी क्षेत्रमा नियमित गस्ती गरिरहेको छ। नेपाल, भारत र चीनको त्रिदेशीय नाकासँग जोडिएको सामरिक महत्त्वको सो क्षेत्रमा राज्यको उपस्थिति बढाउने क्रममा नियमित पैदल गस्ती हुन थालेको हो। दार्चुलाको व्यास गाउँपालिका–१ स्थित छांगरू (गागा) सीमा निगरानी चौकी (बीओपी) सञ्चालनमा ल्याइएपछि त्यहाँबाट खटिएका सुरक्षाकर्मीले कालापानीको सेतो पुलसम्म पुगेर नियमित गस्ती […]
चिनियाँ सेनासँगको झडपछि ३४ भारतीय सैनिक बेपत्ता
काठमाडौं,असार,२-चिनियाँ सेनासँग पूर्वी लद्दाख क्षेत्रमा गए राति भएको झडपपछि ३४ भारतीय सैनिक बेपत्ता भएका छन्।भारतीय सैनिक स्रोतलाई उद्धृत गर्दै बेलायती सञ्चार माध्यम टेलिग्राफले समाचार प्रकाशित गरेको छ। 🚨BREAKING: Three Indian soldiers 'killed' in clash on Chinese border https://t.co/8vqWtRVb8j — Telegraph Breaking News (@TelegraphNews) June 16, 2020 भारतीय अधिकारीहरुले बेपत्ता रहेका सैनिकहरु मृत्यु भएकाे हुनसक्ने वा […]
नेपालमा थप ३८० जनामा संक्रमण पुष्टी, संक्रमित संख्या ६,५९१ पुग्यो
काठमाडौं,असार,२-नेपालमा पछिल्लो २४ घण्टामा ३८० कोरोना संक्रमित थपिएका छन्।मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियिमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा ३८० जनामा कोरोना पोजिटिभ देखिएको बताउनुभयो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुगेको छ। त्यसमध्य ४९९ महिला र पुरुष ६ हजार ९२ रहेका छन् […]
म्याच फिक्सिङ आरोपित पुर्व कप्तान सागर सहित सबैले पाए सर्वोच्चबाट सफाइ
काठमाण्डौं,असार,२-नेपाली फुटबलको इतिहासमै पहिलो पटक म्याच फिक्सिङको आरोपमा राज्यविरुद्धको अपराधको मुद्दा लागेका राष्ट्रिय फुटबल टिमका तत्कालीन कप्तान सागर थापा, विकाससिंह क्षेत्री, रितेश थापा, सन्दीप राई, प्रशिक्षक तथा पूर्व खेलाडी अन्जन केसी र फिजियोथेरापिस्ट डेजिव थापाले सर्वोच्चबाट मंगलबार सफाइ पाएका छन्। न्यायाधीश आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको इजलाशले उनीहरुलाई सफाइ दिएको हो। कसूरको प्रकृति म्याच फिक्सिङ्क […]
नेपालस्थित अमेरिकी राजदूतावासले नेपालको नयाँ नक्सा सार्वजनिक रुपमा प्रयोग गर्दै
काठमाडौँ,असार,२-नेपालस्थित अमेरिकी राजदूतावासले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत कोरोना सम्बन्धी तथ्यांक संगै लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा प्रयोग गरेपछि नेपाली जनतामा खुशी छाएको छ। नेपाली जनता खुसी हॅंदै अमेरिकी राजदूतावासलाई धन्यवाद व्यक्त गरेका छन् ।अमेरिकी दूतावासले नेपालको आधिकारिक अद्यावधिक नक्सा सार्वजनिक रुपमा प्रयोग गर्ने पहिलो निकायको रुपमा देखापरेको छ ।
कोरोना रोकथाममा गम्भीर बन्न प्रधानमन्त्रीलाई कांग्रेसको ध्यानाकर्षण
काठमाडौं,असार,२-नेपाली कांग्रेसले कोरोनाभाइरस महामारी रोकथाम तथा नियन्त्रणमा गम्भीरतापूर्वक प्रभावकारी काम गर्न सरकारको ध्यानाकर्षण गराएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँण नेतृत्वको टोलीले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री केपी ओलीले कोरोना भाइरसको नियन्त्रण, उपचार तथा रोकथाममा कसैले अनियमितता गरेको पाइए कार्वाही गरिने बचन दिनुभयो।कांग्रेस सांसदहरुलाईं प्रधानमन्त्री ओलीले यसमा दोषी पाइए नेपाली सेनालाई समेत […]
उत्तर कोरियाद्वारा अन्तर–कोरियाली सम्पर्क कार्यालय ध्वस्त
काठमाण्डौं,असार,२-उत्तर कोरियाली दक्षिण कोरियासँगैको सीमाक्षेत्रमा रहेको आफ्नो अन्तर–कोरियाली सम्पर्क कार्यालयको भवन ध्वस्त पारेको छ। दुबै कोरियाबीच पछिल्लो समय बढ्दै गएको तनाबकै बीच उत्तर कोरियाले यस्तो कदम चालेको अनुमान गरिएको छ। दक्षिण कोरियाको एकीकरण मन्त्रालयले उत्तर कोरियाको सीमावर्ती शहर काइसोङमा रहेको सम्पर्क कार्यालय भवन अपराह्न २.४९ मिनेटमा ध्वस्त बनाइएको जनाएको छ। यस बारेमा मन्त्रालयले कुनै […]
नेपाल एयरलाइन्सको दुबई र दोहा उडान स्थगित
काठमाडौं,असार,२-नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को पूर्वनिर्धारित तालिका अनुसार मंगलबार हुने भनिएको दुबई र दोहा गन्तव्यको चार्टर्ड उडान स्थगित भएको छ । निगमले दुबै उडान रद्दबारे मंगलबार बिहान विमानस्थललाई अवगत गराएको थियो ।निगमको सोमबार मलेसिया र माल्दिभ्सको उडान पनि स्थगित भएको थियो । निगमको वाइड बडी जहाजले जुन १४ तारिखमा बङ्गलादेशको ढाकाबाट उद्धार उडान गरी […]




