एकैदिन ६,७१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ७,८४८ पुग्यो

काठमाडौं,असार,४-नेपालमा एकैदिन ६ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा। डा। जागेश्वर गौतमले देशभर गरिएको परीक्षणमा थप ६७१ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको बताउनुभयो। यो सँगै नेपालमा संक्रमितको संख्या ७ हजार ८४८ पुगेको छ।पछिल्लो २४ घण्टामा थप १९ जना उपचारपछि निको भएर […]

राष्ट्रियसभाबाट लिम्पियाधुरासहितको नक्शा सर्वसम्मत पारित

काठमाडौं,असार,४-राष्ट्रिय सभाले नक्शासम्बन्धी संविधान संशोधन विधेयक सर्वसम्मतिले पारित गरेको छ ।विधेयकका पक्षमा सभाका ५८ मध्ये ५७ जनाले मतदान गरेका थिए । सबैले संविधान संशोधन विधेयकको पक्षमा मत दिएका हुन् । राष्ट्रिय सभाको एक जना सिट रिक्त छ । बाँकी सबै मतदानमा सहभागि भएर विधेयकको पक्षमा मत दिएका हुन् । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले संविधान […]

युभेन्टसलाई पराजित गर्दै कोपा इटालियाको उपाधि नेपोलीलाई

एजेन्सी,असार,४-युभेन्टसलाई पराजित गर्दै नेपोलीले कोपा इटालियाको उपाधि जितेको छ।बुधबार राति भएको फाइनल खेलमा नेपोलीले युभेन्टसलाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै कोपा इटालियको उपाधी जितेको हो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी सुटआउटमा नेपोलिका लागि लोरेन्जो, माटियो पोलिटानो, निकोला म्याक्सिमोविच र अरेक मिलिकले गरे । […]

कोरोना संक्रमणबाट कैलालीमा एक जनाको मृत्यु

कैलाली,असार,४-कोरोना संक्रमणबाट कैलालीमा एक जनाको मृत्यु भएको छ । कोरोना संक्रमण भएपछि सेती प्रादेशिक अस्पताल भर्ना भएका कैलालीको गोदावरी नगरपालिका-४ का ४६ वर्षीय पुरुषको बुधबार बेलुका मृत्यु भएको हो। स्वास्थ्य अवस्था जटिल भएपछि काठमाडौं लाने तयारी गर्दागर्दै उनको निधन भएको हो।उनी बस व्यवसायी थिए। जाे कञ्चनपुर-कैलालीका नाकाबाट नेपालीलाई क्वारेन्टिनसम्म पुर्‍याउन सक्रिय थिए। बस कहिले आफैं चलाउँथे […]

नेपालमा नयाॅ ५८६ जनामा संक्रमण, सक्रमितको संख्या ७,१,७७ पुग्यो

काठमाडौं,असार,३-नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ७ हजार १ सय ७७ पुगेको छ ।पछिल्लो २४ घण्टामा अहिलेसम्मकै बढी पाँच सय ८६ जना संक्रमित थपिएसंगै संक्रमितको संख्या ७१ सय ७७ पुगेको हो । एकैदिन अहिलेसम्म यतिधेरै संख्यामा संक्रमित थपिएका थिएनन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले थपिएका संक्रमितमा ४० महिला […]

बार्सिलोनाको जितमा १७ बर्षिय फातीको गोल

काठमाण्डौं,असार,३-बार्सिलोनाले स्पेनिस ला लिगामा लेगानेसलाई २-० ले पराजित गरेको छ । जितसँगै १ खेल बढी खेलेको बार्साले दोश्रो स्थानको रियल म्याड्रिडसँग ५ अंकको अग्रता लिएको छ । खेलमा बार्सिलोनाका १७ बर्षिय युवा खेलाडी गिनी बिसौंका फर्वार्ड अन्सु फातिले गोल गर्दै अग्रता दिलाएका थिए । त्यसपछि दोश्रो हाफमा लियोनल मेस्सीले थप गोल थप्दै बार्साको जित सुनिश्चित गरेका थिए […]

भारत शान्ति चाहन्छ तर कसैले उक्साए जवाफ दिन सक्षम छौँ: मोदी

काठमाडौं,असार,३-भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सीमामा २० सैनिक मारिएपछि पहिलो पटक प्रतिक्रिया दिनुभएको छ । उहाॅंले सैनिकहरुको बलिदान खेर नजाने बताउनुभयो ।‘म देशलाई आश्वस्त पार्न चाहान्छु जवानहरुको बलिदान खेर जाने छैन,’ उहाॅंले भन्नुभयो ।  ‘भारत शान्ति चाहन्छ तर कसैले उक्साए हामी त्यसको जवाफ दिन सक्षम छौं, उहाॅंले भन्नुभयो । उहाॅंले मृत सैनिकप्रति श्रद्धाञ्जलि दिँदै आफ्ना सैनिक […]

दार्चुलाको व्याँसमा नेपाली सेनाको व्यारेक राख्‍ने सरकारको तयारी

दार्चुला,असार,३-सरकारले भारतले अतिक्रमण गरेको दार्चुलाको व्याँस गाउँपालिकास्थित कालापानी क्षेत्रमा नेपाली सेनाको व्यारेक राख्‍ने तयारी गरेको छ। भारतीय अतिक्रमणमा परेको व्याँस गाउँपालिकास्थित एक स्थानमा नेपाली सेनाको व्यारेक राख्‍ने गरी सम्भाव्यता अध्ययन थालिएको हो।  सरकारले २०६७ सालमा स्थापना गरेको अपिनम्पा संरक्षण क्षेत्रअन्तर्गत व्याँस गाउँपालिकाभित्र नेपाली सेनाको व्यारेक राख्‍ने गरी प्रक्रिया अघि बढाएको हो। सेनाको व्यारेक राख्‍न सम्भावित […]

लद्दाखमा भारत र चीनको सेनाबीच भिडन्त हुँदा २० भारतीय सैनिक मारिए, चीनतर्फको क्षति खुलेन

एजेन्सी,असार,३- भारत र चीनबीच लद्दाखको सीमावर्ती क्षेत्रमा भएको भिडन्तमा २० भारतीय सैनिक मारिएका छन् । पछिल्लो ४५ वर्षमा पहिलोपटक मानवीय क्षति हुने गरी यस्तो भिडन्त भएको हो । सीमा क्षेत्रमा सोमबार राति भएको चिनियाँ सेनासँगको भिडन्तमा आफ्ना एक कमाण्डरसहित २० जना मारिएको भारतीय सेनाले जानकारी दिएको खबर भारतीय सञ्चारमाध्यमले दिएका छन् । लद्दाखको पूर्वी क्षेत्रमा […]

कालापानीमा सशस्त्रको नियमित गस्ती, पञ्‍चेश्वर र हिल्सामा बीओपी स्थापना हुँदै

काठमाण्डौं,असार,२-सीमा सुरक्षामा सक्रियता अपनाउँदै सशस्त्र प्रहरी बलले कालापानी क्षेत्रमा नियमित गस्ती गरिरहेको छ। नेपाल, भारत र चीनको त्रिदेशीय नाकासँग जोडिएको सामरिक महत्त्वको सो क्षेत्रमा राज्यको उपस्थिति बढाउने क्रममा नियमित पैदल गस्ती हुन थालेको हो। दार्चुलाको व्यास गाउँपालिका–१ स्थित छांगरू (गागा) सीमा निगरानी चौकी (बीओपी) सञ्चालनमा ल्याइएपछि त्यहाँबाट खटिएका सुरक्षाकर्मीले कालापानीको सेतो पुलसम्म पुगेर नियमित गस्ती […]