उच्च अदालत तुलसिपुर ईजालस नेपालगंजद्धारा विपक्षीहरुलाई अन्तरिम आदेश जारी

बाँके,असोज,२२- छाडा पशु तथा नीजि चौपायाको सरंक्षण सम्वर्धन साथै नागरिकहरुको ज्यान आत्मसम्मानको सरंक्षण सम्वर्धन गर्नु पर्ने माग राख्दै २१ गते परेको सार्वजनिक सरोकारको रिट निवेदनमा उच्च अदालत तुलसीपुर इजलाश नेपालगजंमा २२ गते सो विषय माथि बहस हुदाँ उच्च अदालत तुलसीपुर इजलास नेपालगन्जले विपक्षीहरुलाई अन्तरिम आदेश गरेको छ ।  उच्च अदालत तुलसीपुर इजलास नेपालगन्जका माननीय न्यायाधिश […]

बिद्यालय स्तरीय चित्रकलामा धम्बोझी मा वि प्रथम

नेपालगञ्ज,असोज,२२– बिद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्न आयोजना गरिएको बिद्यालयस्तरिय चित्रकला प्रतियोगितामा धम्बोझी माध्यमिक बिद्यालय प्रथम भएको छ । बिद्यार्थीहरुमा लुकेर रहेको प्रतिभालाई उजागर गर्न आज आयोजना गरिएको वातावरण सम्बन्धि प्राकृतिक शोन्दर्यता बिषयक चित्रकलामा धम्बोझी माबिकी छात्रा कल्पना बिएम प्रथम भएकी हुन । प्रतियोगितामा धम्बोझी माबिकै छात्रा हेलेन शाही द्धितिय भएकी छन् । नेपालगञ्जभित्रका सात बिद्यालय सहभागि […]

अबैध काम रोक्न नेपालगंज वडा प्रहरी कार्यालय सक्रिय

नेपालगञ्ज,असोज,२२- चाडपर्वको अवसर पारी नेपालगञ्जमा हुने अवैध कामलाई निरुत्साहित गर्न प्रहरी सक्रिय बनेको छ । नेपालगञ्जमा हुन सक्ने अबैध काम तथा सीमा क्षेत्रबाट हुने अबैध ओसार पसारको कामलाई नियन्त्रण गर्न नेपालगञ्जमा प्रहरीले सक्रियता बढाएको हो । सोही क्रममा आइतबार प्रहरीले नेपालगञ्जमा अबैध खसी तथा अण्डा पक्राउ गरेको छ । आइतबार साँझ वडा प्रहरी कार्यालय नेपालगञ्जको […]

ओखलढुंगामा नेकपाको कमिटी एकिरण शुरु

ओखलढुंगा,असोज,२१- नेकपाका कमिटी एकिकरण गर्न ओखलढुंगामा कार्यदलले काम थालेको छ । प्रदेश कमिटीले जिम्मेवारी तोकेको आठ सदस्यीय कार्यदलले आइतबारबाट काम थालेको हो । कार्यदलले तत्काकालीन नेकपा एमालेको जिल्ला कार्यालयलाई पार्टी कार्यालय बनाउने निर्णय गरेको छ । त्यस्तै पार्टी कार्यालय सञ्चालन, सम्पति तथा संगठित सदस्यको अभिलेखिकरण गर्न नेत्रप्रसाद भट्टराई, शंकर कट्वाल, विनोद सुनुवार, नरेन्द्र श्रेष्ठ, खड्ग […]

ओखलढुंगाको खिजिदेम्बामा एम्बुलेन्स सेवा सुरु

ओखलढुंगा,असोज,२१- ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाले एम्बुलेन्स सेवा सुरु गरेको छ । गत आर्थिक वर्षको गाउँपालिकाको बजेटबाट खरिद गरिएको एम्बुलेन्सले बिरामी ओसार्न थालेको हो । दुर्गम गाउँका नागरिकलाई समयमै स्वास्थ्य संस्था पुयाएर उपचारमा सहयोग गर्ने उद्देश्यले ल्याईएको एम्बुलेन्सले सेवा दिन थालेको गाउँपालिकाका लेखापाल टेकनारायण यादवले जानकारी दिए । उनका अनुसार एम्बुलेन्स सेवा सुरु भएको केही दिन यता […]

युवायुवतीको प्रतिभा उजागर गर्न अवसर दिनुपर्छ : डा शर्मा

विराटनगर,असोज,२१- नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले क्षमतावान युवायुवतीको प्रतिभा उजागर गर्नका लागि अवसर सृजना गर्नुपर्ने आवश्यकता औल्याएका छन् । बिराटनगरमा ‘नोबेल मिस्टर एण्ड मिस थारु आइकन’ को ट्यालेन्ट राउण्ड कार्यक्रमलाई संबोधन गर्दै डा.शर्माले यस्तो बताएका हुन् । गाउँ–गाउँमा प्रतिभावान युवायुवती भएरपनि अवसर नपाउँदा उनीहरु ओझेलमा परेको डा.शर्माको भनाई छ । नृत्य, गायन, अभिनय लगायत […]

नेपालगंज टेक्नीकल कलेजमा स्वागत कार्यक्रम भव्य रुपमा सम्पन्न

नेपालगन्ज, अशोज, २१- मध्य तथा सुदूर पश्चिमाञ्चल क्षेत्रमा प्राविधिक शिक्षाका लागि अाफनै सु सम्पन्न भवन लगायतको सुविधा सम्पन कम्प्युटर ल्याब, खेलमैदान , प्रयोगशाला भएको नेपालगन्ज टेक्निकल कलेज नेपालगन्जले अाज विभिन्न कार्यक्रम गरेर नव अागन्तुक बिद्यार्थीहरुलाई स्वागत गरेको छ । अाज बिहान ८:३० बजे देखि कलेजले अाफनै बिद्यालयको प्राङ्गणमा यस कलेजमा अध्ययनरत सामान्य चिकित्सक , ल्याब […]

पशुपती खनालको बझाङ सुर्माताल बोलको देउडा गित सार्वजनीक

काठमाण्डौं,असोज,२१- गायिका तथा पुर्व सञ्चारकर्मी पशुपति खनालको बझाङ सुर्माताल बोलको देउडा गित सार्वजनिक भएको छ । गितमा त्यहाका बिभिन्न पर्यटकिय क्षेत्रका नामसंगै माया प्रेम जोडिएको छ । गीतमा गायिका खनाल र गायक सन्तोष रोकाएको आवाज रहेको छ । (भिडीयो पनी हेर्नुहोस् ) म्युजिक नेपालको युटूव च्यानल मार्फत गीत सार्वजनिक गरिएको छ । राजेन्द्र शाहको शब्द […]

ओखलढुंगामा आँखाका रोगी बढे

ओखलढुंगा,असोज,२०- ओखलढुंगामा आँखाका रोगी बढेको पाइएको छ । जिल्ला सामुदायिक आँखा केन्द्रमा उपचार गर्न आउने बिरामीको चाप ह्वात्तै बढेको छ । दैनिक आँखाका रोगी अस्पताल आउने क्रम बढेको केन्द्रका इन्चार्ज टिका राईले बताउनुभयो । धुलो, धुँवा र प्रदुषण बढेसँगै त्यसको असर मानिसको आँखामा परेको हो । आँखा पाक्ने, सुख्खा हुने, चिलाउने, चिप्रा लाग्ने समस्या लिएर […]

चप्पल लगाएर गाडी नचलाउन ट्राफिक प्रहरी कार्यालय ओखलढुंगाको आग्रह

ओखलढुंगा,असोज २०- जिल्ला ट्राफिक प्रहरी कार्यालय ओखलढुंगाले सवारी चालकलाई अनिवार्य जुत्ता लगाएर मात्र सवारीसाधन चलाउन आग्रह गरेको छ । दुर्घटनालाई कम गर्न सवारी चालकलाई जुत्ता अनिवार्य गरिएको प्रहरीले जनाएको छ । सार्वजनिक सवारीका चालकहरुले चप्पल लगाएर सवारी चलाएको भेटिए लाइसेन्स खारेज सम्मको जरिवाना गरिने ट्राफिक प्रहरीको भनाइ रहेको छ । दसैँ, तिहारजस्ता चाडपर्वका बेला दुर्घटनाको […]