काठमाडौं,असोज,१३- आजबाट शुरु हुने पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिगको उद्घाटन खेलमा आज विभागीय टिम आर्मी र एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुनेछ । घरेलु फुटबल करिब पाँच बर्ष देखि आन्तरिक किचलोमा फसेपछि स्थगित हुँदै आएको ए डिभिजन लिग आज सुरु हुन लागेको हो । रेलिगेशन नहुने […]
समाचार
ट्याकटरले किच्दा एक जनाको मृत्यु
ओखलढुंगा,असोज,१३- ओखलढुंगाको मानेभञ्ज्यागं गाउँपालिका १ मोलीमा ट्याकटरले किचेर एक जनाको मृत्यु भएको छ । को २ त ४६८० नम्बरको ट्याकटरले गएराती १० बजे तिर किचेर दर्शरथ राईको घटना स्थलमै मृत्यु भएको हो । ओखलढुंगा बाट मोलीको सिंचाई कुलोको सामान लिएर गएको ट्याक्टरमा सामान अनलोड गर्न चडेका राईको ट्याक्टर बाट खसेर बिचको टायरमा चेपिदा मृत्यु भएको […]
फुटपाथको पसल हटाएपछि व्यापारीद्धारा नेपालगन्ज उपमहानगपालिका कार्यालय घेराउ
नेपालगन्ज,असोज,१२– नेपालगन्ज उपमहानगरपालिकाले नेपालगन्जको सुर्खेतरोडको फुटपाथमा राखिएका ठेला, पसलहरु हटाउन शुरु गरेको छ । कार्यबाहक नगर प्रमुख उमा थापा मगरको नेतृत्वमा सो अभियान शुरु गरिएको हो । नर्सिङ होम अगाडी अभियान शुरु गरिएको केही समयमै फुटपाथमा बसेर व्यापार गर्नेहरुले सो कार्यको बिरोधमा उपमहानगरपालिका घेराउ गरेका थिए । कार्यवाहक मेयर थापाले नगरलाई व्यवस्थित फुटपाथ पसल हटाउने […]
भन्सार छलेर ल्याएको अवैध औषधी सशस्त्र प्रहरीद्धारा बरामद
नेपालगन्ज ,असोज,१०- भन्सार छलेर नेपालगन्ज ल्याइएको करीब ८५ हजार मूल्य बराबरको अवैध औषधीे सशस्त्र प्रहरीले नेपालगन्जवाट बरामद गरेको छ। बिभिन्न कम्पनीका नक्कली औषधी नेपालगञ्ज उपमहानगरपालिकाछ१५ बाट सशस्त्र प्रहरीले आज बिहान ५ बजे बरामद गरेको हो । सशस्त्र प्रहरी बल कालाबञ्जरबाट खटिएको प्रहरी निरीक्षक गणेशकु’मार सिँह नेतृत्वको टोलीलाई देखेर बोरामा रहेको औषधी तस्करकहरुले फालेर भागेका थिए […]
जिल्लामै पहिलो विद्यालय भवन हस्तान्तरण
काठमाडौं,भाद्र,९- भूकम्प प्रभावित विद्यालयहरु मध्ये जिल्लामै पहिलोपटक चन्द्रागिरि नगरपालिका–१३, नैकाप स्थित विद्यामन्दिर माविलाई नयाँ विद्यालय भवन हस्तान्तरण गरिएको छ । भूकम्पले भवनमा क्षति पुर्याएपछि विद्यार्थीहरु कष्टसाथ अस्थायी टहरामा पठन–पाठन गर्दै आएका थिए । जिल्ला आयोजना कार्यान्वयन इकाई काठमाडौंले जिल्लामै पहिलो पटक विद्यालयलाई नयाँ भवन बनाएर हस्तान्तरण गरेको हो । अब यस प्रक्रियाले निरन्तरता पाउने इकाईले […]
नेपालगन्जमा पनि मनाईयो फर्मासिष्ट दिवस
नेपालगन्ज,भाद्र,९- अाज विश्व फर्मासिष्ट दिवस बाँकेको नेपालगन्जमा पनि विविध कार्यक्रम गरि मनाईएको छ ।नेपाल फर्मासिष्ट संघ बाँकेको अायोजनामा अाज नेपालगन्जमा विभिन्न संघ संस्था र कलेजहरुले संयुक्त रुपमा मनाएका हुन् । नेपालगन्जमा रहेका फार्मेसी अध्यापन गराउने कलेज, पानस फर्मासेटिकल्स, फार्मेसी संघ लगायतले र्याली निकाली र्याली पश्चात रक्तदान कार्यक्रम गरेका हुन् । रक्तदान कार्यक्रममा कलेजका बिद्यार्थीहरु, शुभचिन्तक, […]
नोबेलको निःशुल्क शिविरमा पाँच सय बिरामीको उपचार
विराटनगर,असोज,८- नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले मोरङको बेलवारी–४ मा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा पाँच सय भन्दा बढी बिरामीले निःशुल्क उपचार सेवा लिएका छन् । ग्रामिण क्षेत्रका बिपन्न बिरामीलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउँने उद्धेश्यले स्थानीय धिमाल टोलको श्रीजङ्गा आधारभुत प्राथमिक बिद्यालयमा आयोजित शिविरबाट ५ सय १७ जनाको निःशुल्क उपचार गरिएको नोबेल शिक्षण अस्पतालले जनाएको […]
‘ए’ डिभिजन लिगमा राष्ट्रिय टोलीका कुन खेलाडी कुन क्लबमा ?
काठमाडौं, असोज,८- यही असोज १३ गतेदेखि सुरु हुने सहिद स्मारक ‘ए’ डिभिजन लिगमा राष्ट्रिय टोलीका मुख्य खेलाडीले ६ क्लबबाट प्रतिस्पर्धा गर्ने भएका छन् । लिग सुरु हुन करिब एक सातामात्रै बाँकी छँदा लिगमा सहभागी १४ टोलीमध्ये ६ क्लबले राष्ट्रिय टोलीका खेलाडी अनुबन्ध गर्न सफल भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)मा ‘ए’ डिभिजनका लागि […]
भेरी अञ्चल अस्पतालका मेसुमा डा.अधिकारी नियुक्त
नेपालगन्ज,अशोज,८- भेरी अञ्चल अस्पताल नेपालगन्जको मेडिकल सुपरिटेन्डेन्टमा सर्जन डा.रुपानन्द अधिकारी नियुक्ति हुनु भएको छ ।उक्त अस्पतालमा करिब ४ महिना पहिला अर्थोपेडिक सर्जन डा- प्रकाश थापालाई सरकारले नियुक्ति गरेको थियो । छोटो समयमा पनि अस्पताल सुधारका लागि राम्रो काम गरेका डा- थापाको चौतर्फी प्रशंसा गर्ने गरिएको पाईन्छ । नव नियुक्त डा- रुपानन्द अधिकारी पनि अञ्चल अस्पतालमा […]
रबि लामीछाने समक्ष फुकुओकामा रहेका नेपाली बासीले राखे सिधा प्रश्न ?
फुकुओका,जापान,असोज,७- नेपालका चर्चीत पत्रकार रबि लामीछाने जापानको फुकुओकामा आएका छन् । ‘सीधाकुरा जनतासँग कार्यक्रम ‘ का संचालक रबि लामीछाने सहित निर्माता दिपक बोहराको टोलीले आज आईतबार जापानको फुकुओकामा पुगेर यहाँ रहेका नेपालीहरु संग एक अन्तर्क्रिया कार्यक्रम गरेका छन् । उक्त अन्तर्क्रिया कार्यक्रममा पत्रकार रबि लामीछानेले आफ्ना ५ वटा सिधा कुरा बुदाँगत रुपमा राख्नु भएको थियो […]










