नेपालगन्ज ,साउन,१३- कन्चनपुर जिल्लाको भिमदत्त नगरपालिका २ मा १३ बर्षीय बालिकाको बलात्कार पछि हत्या गरेको विरोधमा अाज नेपालगन्जमा पनि विरोध सभा गरिएको छ। स्थानीय बि-पी- चोकमा जम्मा भएर गत शुक्रबार भिमदत्त न-पा- २ कि १३ बर्षीय बालिका निर्मला पन्तको बलात्कार पछि हत्या गरिएको विरोधमा हत्यारालाई पक्राउ गरी कडा भन्दा कडा कार्यवाही गर्नु पर्ने , संविधानमा […]
समाचार
अधिनायकवाद आएको पुष्टि गर्न कांग्रेसलाई आेलीको चेतावनी
काठमाण्डौ,साउन,१२- प्रधानमन्त्री केपी ओलीले अधिनायकवाद आएको पुष्टि गरेको देखाउन प्रमुख प्रतिपक्ष कांग्रेसलाई चेतावनी दिनुभएको छ ।प्रधानमन्त्री ओलीले कांग्रेसले मुलुकलाई विधिसम्मत ढंगले चल्न नदिएको आरोप समेत लगाउनुभयो । उहाँले कांग्रेसले संसद अवरुद्ध पारेर जनताको सार्वभौमसत्ता सम्पन्न निकायको गरिमा समेत कायम राख्न नदिएको भन्दै आक्रोश पनि व्यक्त गर्नुभयो । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारले […]
सभामुख उपसभामुखको मुद्दा चर्काउदै कांग्रेस
काठमाडौं, साउन १२- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुख र उपसभामुखको मुद्दा चर्काउने भएको छ ।संविधानको धारा ९१ को २ मा सभामुख र उपसभामुख फरक–फरक दलको प्रतिनिधित्व हुनुपर्ने व्यवस्था छ । यही व्यवस्थामा टेकेर कांग्रेसले संसदमा यो मुद्दा उठाउने तयारी गरेको हो । चिकित्सा शिक्षा सुधारको मुद्दाले ओझेलमा परेको सभामुख र उपसभामुख फरक–फरक दलको हुनुपर्ने […]
शिक्षक संगठनको ऐतिहासिक कदम, दुई सय शिक्षकलाई सूचना प्रविधिको तालीम
काठमाडौं,साउन,१२- प्रायः आन्दोलन र नारावाजीमा देखिने शिक्षकहरु शुक्रवार फरक भुमिकामा देखिए । उनीहरुको हातमा न प्लेकार्ड थियो न त श्वरमा नारावाजी । उनीहरुको हातमा त ल्यापटप थियो । उनीहरुले सूचना प्रविधिमैत्री शिक्षण सिकाइका विधि सिक्दै थियो । कसरी इन्टरनेटबाट शैक्षिक सामग्री खोज्ने, शिक्षण सिकाइलाई कसरी प्रविधि मैत्री बनाउने भन्नेमा उनीहरु बडो चाख पूर्वक सिकाइ गर्दै […]
खाल्डोको पानीमा डुबेर तिन बर्षीय बालकको मृत्यु
के-पी-घिमिरे/ नेपालगन्ज,साउन,१०- बाँकेको जानकी गाउँ पालिकामा अाज खाल्डोको जम्मा भएको पानीमा परेर ३ वर्षका एक बालकको मृत्यु भएको छ । जानकी गाउँ पालिका वडा नं ६ पिपराहुवा बस्ने वर्ष ३१ का खेमराज गडरियाका छोरा वर्ष ३ का अाशिष गडरिया दिउसो ३ बजे तिर खेल्ने क्रममा घर नजिकैको खाल्डोमा डुबेका थिए । उनलाई तत्काल नेपालगन्ज मेडिकल […]
सरकार र डा. गोविन्द केसी पक्षबीचको वार्ता सहमति नजिक
काठमाडौं,साउन,१०- २६ दिनदेखि आमरण अनशनमा रहनु भएका डा. गोविन्द केसी र सरकार पक्षबीचको वार्ता सहमति नजिक पुगेको छ ।प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको वार्तामा सात बूँदे सहमति भएको र उक्त विषयमा डा केसीलाई व्रिफिङ गरेपछि सहमतिमा हस्ताक्षर हुने संभावना रहेको छ ।कुन कुन विषयमा सहमति जुटेको भन्ने खुलेको छैन । चिकित्सा शिक्षा क्षेत्र सुधारको माग गर्दै डा. […]
रसुवामा पहिरोमा परी ४ जनाको मृत्यु,११ जना सम्पर्कविहीन
काठमाडौं,साउन,१०- अविरल वर्षापछिको पहिरोले प्रहरी पोस्ट र होटल पुरिँदा रसुवामा ४ जनाकाे ज्यान गएकाे छ । ११ जना सम्पर्कविहीन छन् भने ४ जना घाइते भएका छन् । पहिराेले गोसाइँकुण्ड गाउँपालिकाको टमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्ट र त्यस वरपर सञ्चालनमा रहेका होटल तथा अस्थायी घर पुरेको हो । रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले टिमुरे […]
सिडिओको सरुवा : काठमाडौंमा रामप्रसाद आचार्य
काठमाडौं,साउन,९- सरकारले प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ। गृह मन्त्रालयका अनुसार काठमाडौंको प्रमुख जिल्ला अधिकारी (सिडिओ) केदारनाथ शर्मालाई सरुवा गरी रामप्रसाद आचार्यलाई ल्याएको छ। यसैगरी ३३ किलो सुन तस्करी तथा सनम शाक्य प्रकरणमा सरकारले गठन गरेको छानविन समितिका संयोजक ईश्वरराज पौडेललाई अध्यागमन विभागको प्रमुखमा सरुवा गरिएको छ। साभार नागरिक न्यूजबाट कसको कहाँ सरुवा भयो हेर्नुहोस् […]
विश्व हेलिकोप्टर प्रतियोगिता सुरु
मिन्स्क (बेलारुस),साउन,९- बेलारुसको राजधानी मिन्स्कमा मंगलबारदेखि हेलिकोप्टर प्रतियोगिता सुरु भएको छ ।उक्त प्रतियोगितामा विश्वका विभिन्न देशबाट ३७ जना हेलिकोप्टर पाइलटको सहभागिता रहेको छ । मिन्स्कस्थित लिप्की एअरफिल्डमा स्थापना गरिएको सुरक्षा र सुविधासम्पन्न एरो क्लबमा सुरु भएको यस हेलिकोप्टर प्रतियोगिता १६औं हो । यहाँ हेलिकोप्टर उडानको सीप, कला र सुरक्षा मापदन्डकाबारेमा प्रदर्शन हुने बताइएको छ । […]
मेडिकल कलेज भर्ना : विषय एउटै,आदेश फरक
काठमाडौँ,साउन,९- वीरगन्जको नेसनल मेडिकल कलेजले त्रिभुवन विश्वविद्यालयको निर्णयविपरीत पहिला ४४ जना भारतीय विद्यार्थी एमबीबीएसमा भर्ना गर्यो । अनि विदेशी विद्यार्थी भर्ना गर्न पाऊँ भन्दै उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जलाई गुहार्यो । न्यायाधीश कुमारप्रसाद पोखरेलले २०७४ माघ १४ मा नेसनल मेडिकल कलेजलाई विदेशी विद्यार्थी भर्ना गर्न दिन त्रिभुवन विश्वविद्यालयलाई अन्तरिम आदेश दिए । विदेशी विद्यार्थी […]










