नेपाल गोजुरियो कराते डोजाङ्ग द्वारा वृहत रक्तदान

के-पी-घिमिरे/ नेपालगन्ज,असार,३०- नेपाल रेडक्रस रक्त सञ्चार केन्द्रको सहयोगमा नेपाल गोजुरियो कराते डोजाङ्गको अायोजनामा अाज नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा वृहत रक्तदान गरेको छ । अस्पतालमा अौषधि उपचार गर्न अाउने बिरामीहरुको रगतको अभाबमा अकालमा ज्यान गुमाउन नपरोस् भनि कार्यक्रम अायोजना गरेको गोजुरियो कराते संघका अध्यक्ष कुश्माखर बश्यालले बताउनु भयो । उक्त कार्यक्रम खजुरा गाउँ पालिका […]

विश्वकप फाइनल अर्जेन्टिनाका रेफ्रीले खेलाउने

काठमाडौँ,असार,२९- क्रोएसिया र फ्रान्सबीचको विश्वकप फाइनल खेल अर्जेन्टिनाका रेफ्रीले खेलाउने भएका छन् । रसिया र साउदी अरबबीचको उद्घाटन खेल खेलाएका अर्जेन्टिनाका रेफ्री नेस्टोर पिटानाले नै फाइनल खेले खेलाउने भएका छन् ।  फिफाले नेस्टोर पिटानालाई फाइनल खेल खेलाउने जिम्मा सुम्पिएको हो । आइतवार राति मस्कोमा हुने फाइनल खेलाउने ४३ वर्षीय उनले विश्वकप उपाधि भिडन्तको खेल खेलाउने […]

अस्थायी शिक्षक गए पूर्वराजा गुहार्न

काठमाडौं,असार,२९- शिक्षक सेवा आयोगको परीक्षा स्थगित गराइ आफूहरुलाई न्याय दिन माग गर्दै अस्थायी शिक्षकहरुले पूर्वराजा ज्ञानेन्द्र शाह समक्ष विन्तिपत्र चढाएका छन् । विभेदपूर्ण स्थितीमा असार २९ र ३० गते सञ्चालन हुन लागेको परीक्षा स्थगित गराई आफुहरुलाई न्याय दिन भन्दै अस्थायी शिक्षकहरुले पूर्वराजासँग गुहार मागेका हुन् । अस्थायी शिक्षकहरुले यसअघि पनि न्यायका लागि भन्दै पुर्वराजा र […]

भिरबाट लडेर सिकिस्त घाइते

के-पी-घिमिरे/ नेपालगन्ज,असार,२९- जाजरकोटको सिवालय गाउँ पालिका वडा नं ३ बर्ष ४० कि देवी बुढा घास काट्न गएको बेलामा भिरबाट लडेर सिकिस्त घाइते भएकी छिन् । घाइते बुढालाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज ल्याईएको छ । नीजलाई प्राथमिक उपचार गरी थप उपचारका लागि अन्यत्र रिफर गरिएको अस्पतालले बताएको छ । उक्त बिरामीलाई काठमाडौं […]

महालक्ष्मी विकास बैंकद्धारा विद्यार्थिलाई छात्रबृत्ति बितरण

बाँके,असार,२७- महालक्ष्मी विकास बैंक लिमीटेडको शाखा कार्यालय नेपालगन्जले ५ जना विद्यार्थिहरुलाई छात्रबृत्ति वितरण गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत नेपालगंज उपमहानगरपालिका वडा नम्बर १ स्थीत धम्वोझि माध्यमिक विद्यालयको कक्षा ९ र १० मा अध्ययनरत जेहन्दार तथा गरीब ५ जना विद्यार्थिलाई नगद रकम सहित छात्रबृत्ति बितरण गरीएको हो । नेपालगंज उपमहानगरपालिका वडा नंम्बर […]

नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै

काठमाडौं, असार,२७- आर्थिक वर्ष २०७५/७६ का लागि विनियोजित बजेटका लक्ष्यलाई सार्थक बनाउने बलियो आधार लिएर आज नयाँ मौद्रिक नीति सार्वजनिक हुँदैछ । नेपाल राष्ट्र बैंकले आज अपराह्न आगामी आवका लागि नयाँ मौद्रिक नीति सार्वजनिक गर्न लागेको राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले जानकारी दिए । राष्ट्र बैंकले विनियोजित बजेट, वर्तमान वित्तीय अवस्था र चालू आवको मौद्रिक […]

वार्ता गर्ने भए जुम्ला आउ : डा. केसी

काठमाडौं, असार,२७- १२ दिनदेखि आमरण अनसनमा बसेको डा. गोविन्द केसीले आफूसँग वार्ता गर्न चाहे जुम्लामा आउन सरकारलाई आग्रह गर्नुभएको छ ।चिकित्सा शिक्षा र सेवा सुधारको माग राख्दै अनसनरत डा. कसीले सरकारले आफूसँग वार्ता गरिरहनुको कुनै औचित्यसमेत नरहेको बताउनुभयो । उहाँले आफूले उठाएका माग नागरिक र विद्यार्थीको पक्षमा भएकाले ती माग सम्बोधन गरे पुग्ने स्पष्ट पार्नुभयो […]

कम्युटर एसोसिएसन महासंघ नेपाल प्रदेश नं ५ द्वारा प्रत्रकार सम्मेलन

के-पी-घिमिरे/ नेपालगंज,असार,२३- कम्युटर एसोसिएसन महासंघ नेपाल प्रदेश नं ५ र बाँके क्यानको समन्वयनमा क्यान नेसनल अाईसिटी स्कलरसिप २०७५ को अाज बाँकेमा पत्रकार सम्मेलन गरेको छ । काठमाडौं स्थित लर्ड बुद्ध एजुकेशनल फाउन्डेसन क्याम्पसको अार्थिक सहयोगमा क्यानले उक्त स्कलरसिप कार्यक्रमको अायोजना गरेको हो । प्रदेश नं ५ क्यान महासंघका अध्यक्ष धुब्रराज शर्माको सभापतित्व, प्रमुख अतिथि क्यान फेडेरशन […]

ब्राजील विश्वकपबाटै बाहीरियो : बेल्जीयम संग २-१ ले पराजीत

एजेन्सी,असार,२३- रसियामा जारी विश्वकप फुटबलको क्वाटरफाइनलमा ब्राजिललाई पराजित गर्दै बेल्जियम सेमिफाइनलमा प्रवेश गरेको छ । बेल्जियमले ब्राजिललाई २-१ गोल अन्तरले पराजित गरेको हो । यससंगै बेल्जियम ३२ वर्षपछि सेमिफाइनलमा प्रवेश गरेको छ । ब्राजिलका लागि रेनाटो अगुष्टोले गोल फर्काउदै खेल २–१ गोलको स्थितिमा पुर्याएपनि जित दिलाउन भने सकेनन् । बेल्जियमले खेलको १३ औं मिनेटमा बेल्जियमले […]

एचआईभी संक्रमणबाट बाँकेमा मृत्यु हुनेको संख्या १ सय १३ पुग्यो

ज्ञानु सङ्गम खड्का/ नेपालगन्ज,असार,२२- बाँके जिल्लामा एचआईभी एड्सको संक्रमणबाट अहिलेसम्म एक सय तेह्र जनाको मृत्यु भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेको तथ्याङ्क अनुसार मृत्यु हुनेमा नेपालगन्ज उमहानगरपालिका, कोहलपुर नगरपालिका र खजुरा गाउँपालिकाका धेरै रहेका छन। जिल्लामा एचआइभी संक्रमितहरुको संख्या भने ९ सय ६२ रहेको छ । जसमा पुरुष पाँच सय ३५, महिला चार सय […]