डा. केसीको स्वास्थ्य अवस्था गम्भीर

काठमाडौं, साउन,९- आमरण अनशनमा रहनु भएका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था निकै नाजुक बन्दै गएको छ ।२६ दिनदेखि आमरण अनशनमा रहनु भएका डा. केसीलाई तत्काल आइसीयूकक्षमा लैजानुपर्ने चिकित्सकहरुले बताएका छन् । उहाँको शरीरमा ग्लुकोजको मात्रा कम भएको र सेतो रक्तकोषिकासमेत कम भएको डा. लक्ष्मण भुसालले जानकारी दिनुभयो ।शरीरमा ग्लुकोजको मात्रा कम भएका कारण त्यसको प्रत्यक्ष असर […]

गायक विनोदको एकल महिलाको कथामा आधारित गित ‘पार्वती’

काठमाडौं,साउन,९- “पछ्यौरीको फेरोले आँसु पुछ पार्वती सिंगो जीवन बाँकी छ हाँस्न सिक पार्वती” कवि तीर्थ श्रेष्ठको शब्दलाई समेटेर गायक विनोद बानियाले नयाँ गीत बजारमा ल्याएका छन् । एकल महिला माथि तयार पारिएको यो गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । एकल महिलालाई प्रोत्साहन तथा सम्मान बढाउने गरी बजारमा आएको भिडियो यतिबेला चर्चामा छ ।   हालैसालै […]

शिक्षामा राजनीतिक वितण्डा सह्य हुँदैन : प्रचण्ड

काठमाडौं,साउन,८- नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षामा राजनीतिक वितण्डा सह्य नहुने चेतावनी दिएका छन् । शिक्षालाई निहु बनाएर विपक्षि दलहरुले राजनीतिक अराजकता फैलाउन खोजेको आरोप लगाउँदै प्रचण्डले शिक्षालाई कुनै हालतमा राजनीतिक हतियार बनाउन नदिने स्पष्ट पारेका हुन् । एकीकृत अखिल नेपाल शिक्षक संगठनले आयोजना गरेको पाँचदिने सूचनाप्रविधि शिक्षा तथा नेतृत्व विकास कार्यशाला तथा […]

प्रचण्डलाई कांग्रेसको जवाफ– आफ्नो पृष्ठभूमि हेक्का राख्नु पर्दैन ?

काठमाडौं,साउन,७- सत्तारुढ दल ने क पाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लाशको राजनीति गर्न खोजेको टिप्पणी गरेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले जवाफ फर्काएको छ । कांग्रेसले ने क पाका अध्यक्ष प्रचण्डलाई लाशको राजनीति गरेको आरोप लगाउनुअघि आफ्नो विगत सम्झिन सुझाव पनि दिएको छ ।  कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ट्विट गर्दै प्रचण्डलाई भनेका छन्, ‘‘लाशको राजनीति […]

नेपाल मगर संघ प्रदेश २ को सम्मान तथा अभिनन्दन सभा सम्पन्न

मिलन मगर/ काठमाण्डौं,साउन,५- नेपाल मगर संघ २ नम्बर प्रदेशको सम्मान तथा अभिनन्दन सभा कार्यक्रम शनीबार लालबन्दिको जनज्योती क्याम्पसमा भब्यताका साथ सम्पन्न भयकोछ। सोही कार्यक्रम का प्रमुख अतिथी नेपाल सरकारका ग्रिह्य मन्त्री राम बहादुर थापा मगर ( बादल) रहनु भएको थियो भने बिसिस्ट अतिथीमा प्रदेस नम्बर २ का मुख्य मन्त्री लालबाबु राउत हुनुहुन्थ्यो । उहाले भारतसगको खुल्ला […]

तेस्रो समर कप फुटसल आज : बिहानी एफसीको पनी सहभागीता

फुकुओका,जापान,साउन,५- श्री गणेश खुकुरी एफ सी द्वारा आयोजित तेस्रो समर कप २०१८ फुटसल टुर्नामेन्ट आज जापानको फुकुओकामा हुदैछ ।   प्रतीयोगीतामा २० वटा टिमले सहभागीता जनाएका छन् । बिहानी फुटबल क्लवले यो प्रतीयोगीता मार्फत पहिलो पटक डेब्यु गर्न लागेको छ । यस क्लवले प्रवासमा रहेर बसेका तर खेलकुदको क्षेत्रमा पछि परेकाहरुलाई टिममा सहभागीता गराउदै उत्कृष्ट खेल […]

बुगीवुगीको शीर्ष चारबाट बिदा भए रविन भुजेल

काठमाडौँ,साउन,५- एपी वान टेलिभिजनबाट प्रसारण भइरहेको नृत्यसम्बन्धी अन्तर्राष्ट्रियस्तरको ‘डान्स रियालिटी शो बुगीवुगी’को टप फोरबाट रबिन भुजेल बाहिरिएका छन् ।  बुगीवुगीको टप थ्रीका लागि भएको प्रतिस्पर्धामा उत्कृष्ट नृत्यका बावजुद बिराटनगरका रविनको यात्रा सकिएको हो । रबिनको कलात्मक नृत्यकै कारण फ्यान र दर्शकहरको नजरमा समेत उनी प्रिय थिए । तर शुक्रबार राति टप थ्रीका लागि भएको नृत्यको […]

नेपाल ईन्जिनियर्स एशोसियसन नेपालगन्जद्वारा रक्तदान

के-पी-घिमिरे/ नेपालगन्ज,साउन,३- अाफनो ५६ अौं ईन्जिनियरिङ वार्षिक उत्सवको उपलक्ष्यमा अाज नेपाल ईन्जिनियर एशोसियसन क्षेत्रीय केन्द्र नेपालगन्जले वृहत् रक्तदान कार्यक्रम गरेको छ । नेपाल रक्त सञ्चार केन्द्र नेपालगन्जको प्राविधिक सहयोगमा ब्लड बैंककै कार्यालयमा उक्त कार्यक्रमको अायोजना गरिएको ईन्जिनियर बिबेक लामिछानेले बताउनु भयो । कार्यक्रममा नेपाल ईन्जिनियरिङ एशोसियसन क्षेत्रीय केन्द्र नेपालगन्जका अध्यक्ष ईन्जिनियर अोम सापकोटाको अध्यक्षता, बरिस्ठ […]

गोरखाको अँधेरीमा पहिरोले घर भत्किँदा तीन जनाको मृत्यु

के.पि खनाल/ गोरखा,साउन,३- गोरखाको शहीद लखन थापा गाउँपालिका वडा नम्बर ६ अँधेरीमा बुधबार बिहान पहिरोले घर भत्किँदा तीन जनाको मृत्यु भएको छ । अधेरीका स्थानीय नवराज कुँवरको घर पहिरोले भत्किँदा उनकी छोरी १० वर्षीया प्रमिना कुवँर, भान्जी २० वर्षीया सरु र सरुकी आठ महिने छोराको मृत्यु भएको स्थानीय रामकृष्ण श्रेष्ठले जानकारी दिए ।रातीदेखि परेको अबिरल […]

लायन्स क्लब अफ नेपालगन्जको पदस्थापन कार्यक्रम सम्पन्न

के-पी-घिमिरे/  नेपालगन्ज ,साउन,३- लायन्स क्लब इन्टरनेशनल ३२५ बि २ ले अाज नेपालगन्ज एरिया ६ अन्तर्गतका नयाँ गठन भएका लायन्स तथा लियो क्लबहरुको सामूहिक पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । नेपालगन्जको सिद्वार्थ कटेजमा लायन्स नेपालगन्ज एभरेस्ट लगायतका क्लबका पदाधिकारीहरुलाई एरिया ६ का २०१८/२०१९ का गभर्नर सुनिल अोझा, पाष्ट गभर्नर मधुसुधन शर्मा, पाष्ट डिष्ट्रिक गभर्नर शेम शाक्य […]