मिन्स्क (बेलारुस),साउन,९- बेलारुसको राजधानी मिन्स्कमा मंगलबारदेखि हेलिकोप्टर प्रतियोगिता सुरु भएको छ ।उक्त प्रतियोगितामा विश्वका विभिन्न देशबाट ३७ जना हेलिकोप्टर पाइलटको सहभागिता रहेको छ । मिन्स्कस्थित लिप्की एअरफिल्डमा स्थापना गरिएको सुरक्षा र सुविधासम्पन्न एरो क्लबमा सुरु भएको यस हेलिकोप्टर प्रतियोगिता १६औं हो । यहाँ हेलिकोप्टर उडानको सीप, कला र सुरक्षा मापदन्डकाबारेमा प्रदर्शन हुने बताइएको छ । […]
समाचार
मेडिकल कलेज भर्ना : विषय एउटै,आदेश फरक
काठमाडौँ,साउन,९- वीरगन्जको नेसनल मेडिकल कलेजले त्रिभुवन विश्वविद्यालयको निर्णयविपरीत पहिला ४४ जना भारतीय विद्यार्थी एमबीबीएसमा भर्ना गर्यो । अनि विदेशी विद्यार्थी भर्ना गर्न पाऊँ भन्दै उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जलाई गुहार्यो । न्यायाधीश कुमारप्रसाद पोखरेलले २०७४ माघ १४ मा नेसनल मेडिकल कलेजलाई विदेशी विद्यार्थी भर्ना गर्न दिन त्रिभुवन विश्वविद्यालयलाई अन्तरिम आदेश दिए । विदेशी विद्यार्थी […]
डा. केसीको स्वास्थ्य अवस्था गम्भीर
काठमाडौं, साउन,९- आमरण अनशनमा रहनु भएका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था निकै नाजुक बन्दै गएको छ ।२६ दिनदेखि आमरण अनशनमा रहनु भएका डा. केसीलाई तत्काल आइसीयूकक्षमा लैजानुपर्ने चिकित्सकहरुले बताएका छन् । उहाँको शरीरमा ग्लुकोजको मात्रा कम भएको र सेतो रक्तकोषिकासमेत कम भएको डा. लक्ष्मण भुसालले जानकारी दिनुभयो ।शरीरमा ग्लुकोजको मात्रा कम भएका कारण त्यसको प्रत्यक्ष असर […]
गायक विनोदको एकल महिलाको कथामा आधारित गित ‘पार्वती’
काठमाडौं,साउन,९- “पछ्यौरीको फेरोले आँसु पुछ पार्वती सिंगो जीवन बाँकी छ हाँस्न सिक पार्वती” कवि तीर्थ श्रेष्ठको शब्दलाई समेटेर गायक विनोद बानियाले नयाँ गीत बजारमा ल्याएका छन् । एकल महिला माथि तयार पारिएको यो गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । एकल महिलालाई प्रोत्साहन तथा सम्मान बढाउने गरी बजारमा आएको भिडियो यतिबेला चर्चामा छ । हालैसालै […]
शिक्षामा राजनीतिक वितण्डा सह्य हुँदैन : प्रचण्ड
काठमाडौं,साउन,८- नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षामा राजनीतिक वितण्डा सह्य नहुने चेतावनी दिएका छन् । शिक्षालाई निहु बनाएर विपक्षि दलहरुले राजनीतिक अराजकता फैलाउन खोजेको आरोप लगाउँदै प्रचण्डले शिक्षालाई कुनै हालतमा राजनीतिक हतियार बनाउन नदिने स्पष्ट पारेका हुन् । एकीकृत अखिल नेपाल शिक्षक संगठनले आयोजना गरेको पाँचदिने सूचनाप्रविधि शिक्षा तथा नेतृत्व विकास कार्यशाला तथा […]
प्रचण्डलाई कांग्रेसको जवाफ– आफ्नो पृष्ठभूमि हेक्का राख्नु पर्दैन ?
काठमाडौं,साउन,७- सत्तारुढ दल ने क पाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लाशको राजनीति गर्न खोजेको टिप्पणी गरेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले जवाफ फर्काएको छ । कांग्रेसले ने क पाका अध्यक्ष प्रचण्डलाई लाशको राजनीति गरेको आरोप लगाउनुअघि आफ्नो विगत सम्झिन सुझाव पनि दिएको छ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ट्विट गर्दै प्रचण्डलाई भनेका छन्, ‘‘लाशको राजनीति […]
नेपाल मगर संघ प्रदेश २ को सम्मान तथा अभिनन्दन सभा सम्पन्न
मिलन मगर/ काठमाण्डौं,साउन,५- नेपाल मगर संघ २ नम्बर प्रदेशको सम्मान तथा अभिनन्दन सभा कार्यक्रम शनीबार लालबन्दिको जनज्योती क्याम्पसमा भब्यताका साथ सम्पन्न भयकोछ। सोही कार्यक्रम का प्रमुख अतिथी नेपाल सरकारका ग्रिह्य मन्त्री राम बहादुर थापा मगर ( बादल) रहनु भएको थियो भने बिसिस्ट अतिथीमा प्रदेस नम्बर २ का मुख्य मन्त्री लालबाबु राउत हुनुहुन्थ्यो । उहाले भारतसगको खुल्ला […]
तेस्रो समर कप फुटसल आज : बिहानी एफसीको पनी सहभागीता
फुकुओका,जापान,साउन,५- श्री गणेश खुकुरी एफ सी द्वारा आयोजित तेस्रो समर कप २०१८ फुटसल टुर्नामेन्ट आज जापानको फुकुओकामा हुदैछ । प्रतीयोगीतामा २० वटा टिमले सहभागीता जनाएका छन् । बिहानी फुटबल क्लवले यो प्रतीयोगीता मार्फत पहिलो पटक डेब्यु गर्न लागेको छ । यस क्लवले प्रवासमा रहेर बसेका तर खेलकुदको क्षेत्रमा पछि परेकाहरुलाई टिममा सहभागीता गराउदै उत्कृष्ट खेल […]
बुगीवुगीको शीर्ष चारबाट बिदा भए रविन भुजेल
काठमाडौँ,साउन,५- एपी वान टेलिभिजनबाट प्रसारण भइरहेको नृत्यसम्बन्धी अन्तर्राष्ट्रियस्तरको ‘डान्स रियालिटी शो बुगीवुगी’को टप फोरबाट रबिन भुजेल बाहिरिएका छन् । बुगीवुगीको टप थ्रीका लागि भएको प्रतिस्पर्धामा उत्कृष्ट नृत्यका बावजुद बिराटनगरका रविनको यात्रा सकिएको हो । रबिनको कलात्मक नृत्यकै कारण फ्यान र दर्शकहरको नजरमा समेत उनी प्रिय थिए । तर शुक्रबार राति टप थ्रीका लागि भएको नृत्यको […]
नेपाल ईन्जिनियर्स एशोसियसन नेपालगन्जद्वारा रक्तदान
के-पी-घिमिरे/ नेपालगन्ज,साउन,३- अाफनो ५६ अौं ईन्जिनियरिङ वार्षिक उत्सवको उपलक्ष्यमा अाज नेपाल ईन्जिनियर एशोसियसन क्षेत्रीय केन्द्र नेपालगन्जले वृहत् रक्तदान कार्यक्रम गरेको छ । नेपाल रक्त सञ्चार केन्द्र नेपालगन्जको प्राविधिक सहयोगमा ब्लड बैंककै कार्यालयमा उक्त कार्यक्रमको अायोजना गरिएको ईन्जिनियर बिबेक लामिछानेले बताउनु भयो । कार्यक्रममा नेपाल ईन्जिनियरिङ एशोसियसन क्षेत्रीय केन्द्र नेपालगन्जका अध्यक्ष ईन्जिनियर अोम सापकोटाको अध्यक्षता, बरिस्ठ […]










