राप्तीसोनारी गाउँपालिकाको तेस्रो गाउँसभा

बाँके,असार,२२- राप्तीसोनारी गाउँपालिकाले आर्थिक वर्ष २०७५/०७६ का लागि नीति तथा कार्यक्रम र अनुमानित बजेट प्रस्तुत गरेको छ । गाउँपालिका कार्यालय अगैयामा शुक्रबार आयोजित तेस्रो गाउँ सभामा आर्थिक वर्ष २०७५÷७६ का लागि ६४ करोड ८६ लाख ७२ हजार रुपैयाँको बजेट सार्वजनिक गरिएको हो । गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्रीले कुल पुँजीगततर्फ २८ करोड ९७ लाख २२ हजार, […]

कार्ल मार्क्स द्विशतवार्षिकी प्रशिक्षण बाँकेको नेपालगन्जमा शुरु

के-पी-घिमिरे/ नेपालगन्ज,असार,२२- बाँकेको नेपालगन्जमा कार्ल मार्क्स जन्म द्विशतवार्षिकी प्रशिक्षण अाज बाँकेको नेपालगन्ज स्थित सिद्दार्थ कटेजमा शुरु भएको छ । प्रदेश नं ५ का १२ वटा जिल्लाका १००० जना भन्दा बढी नेता तथा कार्यकर्ताहरुलाई केन्द्रीय स्तरका नेताहरूले प्रदेश स्तरीय प्रशिक्षण दिने कार्यक्रम रहेको छ । यस कार्यक्रमका संयोजक ठाकुर गैरेको अध्यक्षतामा, प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका […]

मुस्ताङ टिप्पर दुर्घटना : मृतकको संख्या १९ पुग्यो

मुस्ताङ,असार,२२- मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका–३ स्याङ्बोचेमा आज भएको टिप्पर दुर्घटनामा परि मृत्यु हुने मजदुरको संख्या १९ पुगेको छ ।  दुर्घटनामा १३ मजदुर घाइते भएको प्रहरीले जनाएको छ । कालीगण्डकी करिडोर अन्तर्गत बेनी–कोरला सडकखण्डमा काम गर्ने मजदुर चढेको टिप्पर आज अपराह्न दुर्घटनामा परेको हो । गम्भीर घाइतेलाई एयर डाइनेस्टीको हेलिकप्टरमार्फत पोखरा पठाइएको घटनास्थलबाट घनी प्रहरीचौकीका […]

फुकुओकामा भोली हुने भनीएको फुटसल प्रतीयोगीता स्थगीत

फुकुओका,जापान,असार,२२- जापानको फुकुओकामा भोली शनीबार हुने भनीएको फुटसल प्रतीयोगीता स्थगीत भएको छ ।श्री गणेश खुकुरी एफ.सी.को आयोजनामा तेस्रो समर कप फुटसल प्रतीयोगीता २०१८ भोली हुने भनीएको थियो । तर जापानभरी नै केहि दिन देखी परेको अविरल वर्षाका कारण खेल मैदान खेल्नलाई सहज नहुने भएकोले अन्तत खेल स्थगीत गर्न बाध्य भएको आयोजक टिमले बिहानीलाई जानकारी दिएको छ […]

विश्वकप क्वार्टरफाइनलमा आज ब्राजिल र बेल्जियम तथा फ्रान्स र उरुग्वे भिड्ने

काठमाडौं,असार,२२- रुसमा जारी विश्वकप फुटबलका क्वार्टरफाइनल खेलहरु आजबाट सुरु हुँदैछन् । क्वार्टरफाइनलको पहिलो खेलमा नेपाली समय अनुसार आज बेलुकी पौने ८ बजे फ्रान्स र उरुग्वे भिड्ने छन् । राउण्ड अफ सिक्सटिनमा अर्जेन्टिनालाई हराउँदै फ्रान्स तथा पोर्चुगललाई हराउँदै उरुग्वे क्वार्टरफाइनलमा पुगेका हुन् । समूह चरणका सबै तीन खेल जितेको उरुग्वेले प्रतियोगिताको चार खेलमा एकमात्रै गोल खाएको छ । […]

जापानमा अविरल वर्षा : सुरक्षीत ठाँउमा बस्न सुझाव

कित्ताक्यूशु,जापान,असार,२२- जापानमा निरन्तर अविरल वर्षा भईरहेको छ ।केहि दिन देखी जापानका विभिन्न ठाँउमा परेको वर्षा र हावा हुरीबतासका कारण जापानको उत्तरी भेग अर्थात कित्ता क्यूशु क्षेत्र र फुकुओकाको निशी कु, ज्योनान कु, ओनोजो लागायतका केहि त्यस्ता ठाँउहरुमा  बाढी पहिरो जान सक्ने, जमीन भाषिन सक्ने आशंका गरिएको छ। त्यस्ता आशंका गरिएको क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरुलाई लक्षीत गरी मोबाईल मार्फत […]

खोसियो किशोर श्रेष्ठको रातो पासपोर्ट

काठमाडौं,असार,२२- प्रेस काउन्सिलका कार्यबाहक अध्यक्ष तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठको रातो पार्सपोर्ट खारेज भएको छ ।  बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्री परिषद् बैठकले श्रेष्ठको विशेष सुविधासहितको रातो पार्सपोर्ट खारेज गरेको हो । न्युज २४ टेलिभिजनबाट संचालित सिधा कुरा जनतासँगका संचालक रवी लामिछानेको अमेरिकी नागरिकताको बिषयमा प्रेस काउन्सिलले छानविन शुरु गरेपछि पत्रकार श्रेष्ठको रातो […]

खुकुरी एफसीको तेस्रो समर कप फुटसलको टाई-सिट सार्वजनीक

फुकुओका,जापान,असार,२०- जापानको फुकुओकामा यहि आउँदो शनीबार फुटसल प्रतीयोगीता हुने भएको छ । खुकुरी एफ.सी.को आयोजनामा तेस्रो समर कप फुटसल प्रतीयोगीता २०१८ हुन लागेको आज एक कार्यक्रम गरि जानकारी दिईएको हो । फुकुओकालाई फुटसलमय बनाउनका लागी विगतका वर्षहरुमा जस्तै यस वर्ष पनी निरन्तरता दिन लागीएको आयोजकले जनाएको छ । शनीबारबाट हुने प्रतीयोगीतामा २० वटा टिमले सहभागीता […]

पोर्चुगल विश्वकपबाटै बाहिरियो : उरुग्वे संग २-१ ले पराजीत

रसिया,असार,१७- विश्वकप फुटबल प्रतियोगितामा उरुग्वे क्वार्टरफाइनलमा प्रवेश गरेको छ। आइतबार बिहान सम्पन्न खेलमा उरुग्वेले पोर्चुगललाई २-१ गोलले पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गरेका हो।  उरुग्वेको जितमा दुवै गोल इडिन्स काभानीले गरेका थिए।अब क्वार्टरफाइनलमा उरुग्वेले फ्रान्सको सामाना गर्नेछ। फ्रान्सले अर्जेन्टिनालाई ४-३ गोलले हराएर अन्तिम ८ मा स्थान पक्का गरेको थियो। खेलको सातौं मिनेटमै गोल गर्दै […]

विश्वकप बाटै अर्जेन्टिना बाहिरियो : फ्रान्स संग ४-३ गोलले पराजित

काठमाण्डौं,असार,१६- विश्वकप फुटबल २०१८ को पहिलो नकआउट चरणको खेलमा फ्रान्सले अर्जेन्टिनालाई ४-३ ले पराजित गरेको छ। २-१ गोलको अग्रता जोगाउन नसक्दा अर्जेन्टिना पराजित बन्न पुगेको हो। यो पराजयसँगै अर्जेन्टिनाको विश्वकप यात्रा सकिएको छ। फ्रान्सका एन्टोनी ग्रिजम्यानले १३औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अग्रता लिएका थिए। त्यसपछि अर्जेन्टिनाका डी मारियाले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। दोस्रो हाफको सुरुमै अर्जेन्टिनाले […]