डा. गोविन्द केसी रिहा

काठमाडौं, पुस २६- अदालतको अवहेलना गरेको आरोपमा गत सोमबार पक्राउ परेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीलाई सर्वोच्च अदालतले बुधबार साधारण तारेखमा रिहा गरेको छ । न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलासमा बुधबार भएको सुनुवाइपछि डा. केसीलाई सामान्य तारेखमा रिहा गर्न आदेश दिइएको हो । यस्तै, सर्वोच्चले प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्रका […]

खोटाङ्गकी किराती चेली सुशिला राई मिस राई २०१८ को भोटिङ राउन्डमा प्रबेश

सिर्जना बर्देवा/ ओखलढुंगा,पौष २६- ऐसेलुखर्क गाउपालिका १ राखाबाङ्गदेल खोटाङ्गमा जन्मीएकी सुशिला राई मिस राई २०१८ को भोटिङ राउन्डमा पुगेकी छिन् । किरातीहरुको नयाँ सम्बत यलेदोङ ५०७८ को अवसर पारि आयोजना हुने मिस राई (२०१८ छैठौं संस्करणको किरात राई मौलिक कला संस्कृति केन्द्रद्धारा आयोजित यस प्रतियोगितामा आम नाछिरिङ राईको नेतृत्व गर्दै राई भोटिङ राउन्डमा प्रबेश गरेकी […]

खप्तड गोल्डकप फुटबलमा संकटालाई हराउदै एपिएफ विजयी

कैलाली,पुस,२६- कैलालीको क्षेत्रीय रंगशाला धनगढीमा जारी खप्तड गोल्डकप फुटबल प्रतीयोगितामा सशस्त्र प्रहरी एपिएफ फुटबल क्लव विजयी भएको छ । आजको खेलमा सिएम सी क्लव संकटा लाई २-०गोल अन्तरले पराजीत गरेको हो । जितसँगै एपिएफ सेमीफाईनलमा प्रवेश गरेको छ । खेलको पहिलो हापको २३ औं मिनेटमा नै एपिएफका खेलाडी श्याम नेपालीको क्रशपासमा अन्जान बिष्टले १ गोल […]

डा. गोविन्द केसीविरुद्ध परेको मुद्दामा आज सुनुवाई

काठमाडौं,पुस,२६- डा. गोविन्द केसीविरुद्ध परेको अदालतको अवहेलना मुद्दामा आज सुनुवाई हुने भएको छ । हिजो अदालत उपस्थित गराइएका डा केसीको बयान सकिए पनि मुद्दामा सुनुवाई भने आजमात्र हुने भएको हो । सर्वोच्चले बयानपछि केसीको स्वास्थ्य स्थितिलाई विचार गरी सुविधाजनक रुपमा आज विहान १० बजे अदालतमा उपस्थित गराउन आदेश दिएको थियो । केसीका पक्षमा एक सय […]

निर्वाचन आयोग गृहकार्यमा व्यस्त

काठमाण्डौ,पुस,२६- निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यको निर्वाचन तालिका आज सार्वजनिक गर्ने तयारी गरेको छ । राष्ट्रिय सभा सदस्य निर्वाचनको गृहकार्यमा जुटेको आयोगले आज तालिका प्रकाशन गर्ने तयारी गरेको हो । माघ ७ देखि निर्वाचन हुने माघ २४ गतेसम्म लागु हुने गरी कार्यतालिका सार्वजनिक गर्न लागिएको आयोगका प्रबक्ता नबराज ढकालले जानकारी दिनुभयो । निर्वाचन कार्यक्रमसँगै आयोगले […]

एमाले अध्यक्ष ओली आज थाइल्यान्ड जादै

काठमाण्डौं,पुस,२६- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि आज थाइल्याण्ड जान लाग्नु भएको छ । आज मध्याह्न साढे १२ बजे थाई एयरवेजबाट ओली बैंकक जान लागेको जानकारी उहाँको सचिवालयले दिएको छ । मिर्गौला प्रत्यारोपण गरेपछि नियमित स्वास्थ्य परीक्षणका लागि ओली बैंकक जाने गरेका छन् । एमाले सचिव प्रदीप ज्ञवालीका अनुसार, ओली स्वास्थ्य परीक्षण सकाएर […]

चिसोमा कठयाङ्ग्री रहेका एक वृद्धलाई नेपालगन्जबाट उद्दार

राम सुनाम/ बाके,पौष,२५- नेपालगन्जको धम्बोझी चोकमा चिसोले कठयाङ्ग्रीएर बेवारीसे अवस्थामा भेटिएका एक वृद्धलाई लालिगुराँस बचत तथा ऋण सहकारी संस्था न्युरोडका उपाध्यक्ष विष्णु अर्याल र रेडियो सदभावको पहलमा रेखदेखका लागि आज वृद्धाआश्रम पु¥याइएको छ । चिसोका कारण हिड्न समेत नसक्ने अवस्थामा धम्बोझी चोकमा भेटिएका दाङ घर बताउने जीतबहादुर ओझालाई नेपालगन्जको निल सागर वृद्ध आश्रममा रेखदेखका लागि […]

नेपालगंजमा रहेको सदरलाइन विस्तार अन्तिम चरणमा

बाँके,पुष,२५- नेपालगञ्ज त्रिभुवन चौक–त्रिवेणीमोड (सदरलाइन) सडक विस्तार प्रक्रिया अन्तिम चरणमा पुगेको छ । एशियाली बिकास बैंकको सहयोगमा नेपालगञ्जमा सञ्चालित क्षेत्रीय शहरी विकास आयोजना परियोजना कार्यान्वयन इकाई मार्फत अब चाँडै सडक तथा नाला निर्माण हुँदैछ । सदरलाईन सडक विस्तारमा देखीएको विवाद र निकास बारे सम्वाद समूह बाँकेले पटक पटक गरेको सम्वाद प्रक्रियापछि घरधनीहरु स्वस्फुर्त घर भत्काइरहेका […]

खोटाङमा प्याराग्लाइडिङको सफल परिक्षण

सिर्जना बर्देवा/ ओखलढुंगा,पौष,२५- खोटाङको दिप्रुङ गाउँपालिकामा प्याराग्लाइडिङको सफल परिक्षण गरिएको छ । पर्यटन प्रवर्धन गर्दै गाउँमा स्वरोजगारको वातावरण निर्माण गर्नका लागि दिप्रुङ गाउँपालिकाले मंगलबार बतासेको भीरचुङ्मा डाँडाबाट प्याराग्लाइडिङको सफल परिक्षण गरेको हो । भीरचुङ्मा डाँडाबाट उँडेको प्याराग्लाइडर बतासेकै सुनकोसी किनारमा रहेको सानो भँडारेघाटमा झार्ने गरी प्याराग्लाइडिङको सफल परिक्षण गरिएको दिप्रुङ गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताउनुभयो […]

ओखलढुंगामा आत्महत्या गर्नेहरुको संख्या बढ्यो

सिर्जना बर्देवा/ ओखलढुंगा,पौष,२५- जिल्लामा पछिल्लो समय आत्महत्या गर्नेको संख्यामा उल्लेख्य मात्रामा बृद्धि भएको पाइएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार पछिल्लो पाँच बर्षको अवधिमा १ सय४८ जनाले आत्महत्या गरेका छन् । तीमध्ये सबैभन्दा बढि एकसय जनाले झुण्डिएर आत्महत्या गरेको तथ्यांकले देखाएको छ । आत्महत्या गर्नेमा १२ देखी ३० बर्ष उमेर समुहका रहेको जिल्ला प्रहरी कार्यालय […]