पोखरे ओखलढुंगाकै पहिलो पूर्ण सरसफाई उन्मुख वडा घोषणा

सिर्जना बर्देवा/ ओखलढुंगा,पौष,२९- ओखलढुंगाको पोखरेलाई पूर्ण सरसफाई उन्मुख वडा घोषणा गरिएको छ । साविकको पोखरे गाविस हालको चिशंखुगढी गाउँपालिका २ लाई शनिवार आज एक कार्यक्रमका बिच जिल्लाको पहिलो पूर्ण सरसफाई उन्मुख वडा घोषणा गरिएको हो । ‘पूरा भयो हाम्रो रहर,अब छैन रोगव्याधीको डर’ भन्ने मूलनाराका साथ सांसद यज्ञराज सुनुवारले पोखरेलाई पूर्ण सरसफाई वडा घोषणा गर्नुभएको […]

सुनकोशी गाउपालिकामा निसुल्क आयुर्वेद स्वास्थ्य शिबिर सम्पन्न

सिर्जना बर्देवा/ ओखलढुंगा,पौष,२९- ओखलढुंगाको सुनकोशी गाउपालिका ९ कोशहाटमा एक दिने निसुल्क आयुर्वेद स्वास्थ्य शिबिर सम्पन्न भएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ओखलढुंगाको आयोजना तथा ९ नम्बर वडा कार्यलयको व्यबस्थापनमा शिबिर संचालन भएको हो । बिहान १० बजे बाट साझ ५ बजे सम्म संचालन भएको शिबिरमा दुई सय भन्दा बढी स्थानीयले सेवा लिएका छन् । […]

के तपाईं पर्याप्त पानी पिउनु हुन्छ ?

 इन्द्र कार्की /महेन्द्रनगर,पौष,२९         पानी तरल पदार्थ हो । यो रंगहिन ,गन्धहिन र स्वादहिन हुन्छ । पानी सवैलाई अत्यावश्यक पदार्थ पनि हो । समान्य घरायसी कामकाज देखि लिएर ठुल्ठुला कामहरु सम्पन्न गर्न पानीको आवश्यकता पर्छ । हाम्रो शरीरमा पनि पानीको मात्रा धेरै हुन्छ । शरीरमा करिव ६५ प्रतिशत पानीको मात्रा रहेको हुन्छ । शरीरलाई पर्याप्त पानी […]

थारु वस्तीमा माघीको रौनक सुरु

इन्द्र कार्की/ महेन्द्रनगर,पौष,२८- थारु समुदायको महान पर्व माघी नजिकिएसंगै पश्चिम नेपालका कैलाली र कञ्चनपुरका थारु समुदायमा माघी पर्वको रौनक सुरु भएको छ । सवैमा माघी पर्वको शुभकामना आदान प्रदान गर्नुका साथै माघीका लागि दुना , टपरी वनाउने, मासुको जोहो गर्ने तथा अन्य कार्यक्रमको तयारीमा थारु समुदायका घरमुलीहरुको जुटिसकेका छन् । नयाँ वर्षको रुपमा समेत मनाइने […]

रोल्पाको सुवर्णावती गाउँपालिकालाई फुसको छानारहित गाउँपालिका बनाईने

रोशन घर्ती/ रोल्पा,पुस,२७- रोल्पाको सुवर्णावती गाउँपालिकाले पाँच वर्षभित्र सबै फुसका छाना विस्थापन गर्ने भएको छ । गाउँपालिकाको प्रथम सभाले पाँच वर्ष भित्र गाउँपालिकालाई फुसको छानारहित गाउँपालिका बनाउने निर्णयसहित अभियानको थालनी गरेको बताइएको छ । विगतमा फुसको छाना भएका घर आगलागीको चपेटामा परेको हुँदा आगामी दिनमा सो समस्याबाट बच्नका लागिसमेत यस्तो अभियान चालिएको सुवर्णावती गाउँपालिका–४ का […]

सल्यानमा ३३ करोडको सुन्तला उत्पादन

रोशन घर्ती/ सल्यान,पुस,२७- सल्यानमा चालु आर्थिक वर्ष २०७४र७५ मा ३३ करोडको सुन्तला उत्पादन भएको छ । सुन्तला सुदृढीकरण अभियान, बगैंचा व्यवस् थापन, सुन्तलाको बो ट तथा क्षे त्रफल बृद्धि, अनुकूल वातावरण मिले पछि यस वर्ष गतवर्षको भन्दा १० प्रतिशतले सुन्तला उत्पादनमा बृद्धि भएको छ । जिल्ला कृषि विकास कार्यालय सल्यानका अनुसार यस वर्ष सल्यानमा ३३ […]

घोराहीमा जनप्रतिनिधिहरुलाई सम्मान

रोशन घर्ती/ घोराही,पुस,२७- घोराही उपमहानगरपालिका वडा नम्बर १३ स्थित वराह क्षेत्र मावि वनगाउँले आज एक कार्यक्रमको आयोजना गरी जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । उपप्रधानमन्त्री कृष्णबहादुर महरा प्रदेश सभा सदस्य अम्मरबहादुर डाँगीलगायतका जनप्रतिनिधिहरुलाई सम्मान गरेको हो । सो अवसरमा विद्यालय परिसरमा बृक्षारोपन गरिएको थियो । विद्यालयले केही समय पहिलेदेखि एक व्यक्ति एक विरुवा अभियान समेत सञ्चालन […]

दोस्रो राप्ती कृषि, पर्यटन महोत्सवको तयारी पुरा

रोशन घर्ती/ भालुवाङ,पुस,२७- इन्द्रेणी युवा क्लव भालुवाङको आयोजनामा पुस २८ गते देखी माघ ८ गते सम्म सञ्चालन हुन लागेको दोस्रो राप्ती कृषि, पर्यटन, औद्योगीक तथा व्यापारीक महोत्सव २०७४ को सम्पूर्ण तयारी पुरा भएको छ । “कृषि उद्योग व्यापार तथा पर्यटकको आगमन, राप्ती कृषि, पर्यटन महोत्सव २०७४ को अभियान” भन्ने मुल नाराका साथ राप्ती गाउँपालिका वडा […]

दाङमा भोली माघि महोत्सव हुने

रोशन घर्ती/ दाङ,पुस,२७- दाङमा भोली आयोजना गरिएको माघि महोत्सव २०७४को तयारी पुरा भएको आयोजकले जनाएका छन । थारु कल्याणकारिणी सभाको आयोजना र घोराही उपमहानगरपालिकाको सहयोगमा जिल्ला समन्वय समितिको पछाडी रहेको मञ्चमा महोत्सव कार्यक्रमको आयोजना गरिएको  महोत्सव को तयारी पुरा भएको कार्यक्रमका संयोजक तेजमान चौधरीले जानकारी दिनुभएको छ। थारु कल्याणकारिणी सभा र विभीन्न सरोकारवाला निकायको आयोजनामा […]

शान्ती सुधा वोर्डीङ स्कुल घोराहीको आज २४ औ स्थापना दिवस सम्पन्न

रोशन घर्ती/ घोराही,पुस,२७- शान्ती सुधा वोर्डीङ स्कुल घोराहीले आज २४ औ स्थापना दिवस तथा अभिभावक दिवस मनाएको छ। मध्यपश्चिमाञ्चल विश्वविद्यालय सेवा आयोगकी अध्यक्ष राधा सिहवलीको प्रमुख अतीथ्य एवं विद्यालय व्यवस्थापन समीतीका अधयक्ष दामोदर खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रिन्सिपल विनय कुमार मीश्रले विद्यालयको वारेमा जानकारी गराउनु भएको थियो। त्यसअवसरमा जनहान्दोलनका जिउदा सहीद कृष्ण गीरी, अभिभावक […]