शितलहरका कारण कञ्चनपुरमा दैनिक जीवन कष्टकर बन्दै

इन्द्र कार्की /महेन्द्रनगर,पौष,२४      मौसम परिर्वतन संगै वढेको चिसो र शीतलहरले कञ्चनपुरको दैनिक जनजीवन प्रभावित वनेको छ । विहानै देखि लाग्ने बाक्लो हुस्सुसंगै चल्ने चिसो हावाले मौसम थप चिसो भएको छ । कञ्चनपुरमा चिसो वढे संगै यहाँको जनजीवन प्रभावित वनिरहेको छ । शीतलहरका कारण दैनिक कामकाजका लागि समेत सर्वसाधारणलाई वाहिर निस्कन गाह्रो भई रहेको छ । […]

आईईएलटीएस परीक्षा, प्रश्नपत्र बाहिरिएको आशंका

काठमाडौं,पुस,२४- अन्तर्राष्ट्रियस्तरको अंग्रेजी भाषा परीक्षा (आईईएलटीएस) को प्रश्नपत्र चुहिएको आशंकामा प्रहरीले छानबिन सुरु गरेको छ । प्रहरी परिसर काठमाडौंले आईईएलटीएस परीक्षाको उत्तर मिलाइदिने भन्दै तीन विद्यार्थीबाट चार लाख ५० हजार रुपैयाँ असुलने सुरज लामा, गणेशराज उपाध्याय र विधान आचार्यलाई पक्राउ गरेको छ । सिंगापुरबाट आईटी पढेको बताउने सुरजले उत्तर मिलाइदिने र अन्य दुईले विद्यार्थी खोज्ने […]

चिसो बढेसँगै अस्पतालमा बिरामीको चाप

काठमाडौं,पुस,२४- चिसो बढेसँगै रुघाखोकी, घाँटी दुख्ने समस्याले अस्पताल जाने बिरामी बढ्न थालेका छन् । स्वास्थ्यमा छिटो समस्या हुने भएकाले यसबाट बच्न र रुघाखोकीलाई बेवास्ता नगर्न पनि चिकित्सकले सुझाव दिएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले अहिले रुघाखोकीको औषधि खाएर निको भएका पनि पुनः लामो समयसम्म खोकी लाग्ने […]

पाइला-पाइलामा ठगिँदै उपभोक्ता

काठमाडौं,पुस,२४- सरकारी निकायको फितलो अनुगमन तथा कमजोर कानुनको फाइदा उठाउदै व्यापारीले कम गुणस्तरका सामान महँगो मूल्यमा उपभोक्तालाई बिक्री गरिरहेको पाइएको छ । उपभोक्ता अधिकारका विषयमा नारामा मात्र सीमित हुँदा वस्तु तथा सेवामा उपभोक्ता पाइला पाइलामा ठगिने गरेका छन् । आजको कारोबारमा खबर छ ।

धनगढीमा जारी खप्तड गोल्डकप फुटबलमा संकटा विजयी

धनगढी,पुस,२३- कैलालीको धनगढी रंगशालामा शुक्रबारबाट शुरु भएको खप्तड गोल्डकप फुटबल प्रतीयोगितामा संकटा क्लव विजयी भएको छ । आज भएको उत्साह जनक खेलमा संकटा क्लवले धरान फुटबल क्लवलाई  पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गरेको हो । जितसँगै संकटा क्लव सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको निर्धारित् समयमा दुवै टिमले बराबरी खेलेपछी पेनाल्टी भएको थियो । आज […]

जाडोले कठ्यांग्रिएर सप्तरीमा दुई जनाको मृत्यु

सप्तरी,पुस,२३-  देशभर चिसो बढेर जनजीवन कष्टकर बनिरहेका बेला तराईका जिल्लाहरुमा विगत चार-पाँच दिनदेखि चलेको शीतलहर र चिसो हावाका कारण सप्तरीमा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा अग्नीसाइर कृष्णासवरन गाउँपालिका–४ बस्ने ६५ वर्षीय लखन ठाकुर र खडक नगरपालिका–८ मुसरनिया बस्ने ७० वर्षीय मुसहरु चौधरी रहेका प्रहरी नायब उपरीक्षक धुव्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।  ठाकुरको गाईगोठमा […]

प्रधानमन्त्री देउवा आज पनी आन्तरिक छलफलमा व्यस्त रहने

काठमाडौं,पुस,२३- प्रधानमन्त्री शेरवहादुर देउवा आजपनि आन्तरिक छलफलमा व्यस्त रहनुभएको छ । प्रदेश प्रमुखको नियुक्ति, अस्थायी राजधानी तोक्ने लगायतका विषयमा पछिल्लो समय राजनीतिक सहमति खोज्दै छलफलाई निरन्तरता दिनुभएका प्रधानमन्त्री देउवा आजपनि व्यस्त रहने उहाँको निजी सचिवालयले जनाएको छ । भोली बस्ने मन्त्रीपरिषदको बैठकले यस विषयमा निर्णय गर्न सक्ने संभावना भएकाले सहमतिकालागि आन्तरिक छलफलमा जुट्नुभएको हो । […]

अध्यक्षद्वय ओली र दाहालबीच भेटवार्ता आज हुने

काठमाडौं,पुस,२३- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आज भेटवार्ता हुने भएको छ । यसअघि हिजो हुने भनिएको छलफल हुन नसकेपछि भेटवार्ता आजका लागि तय गरिएको हो । एमाले अध्यक्ष ओली केही दिनदेखि अस्वस्थ हुनुहुन्छ । माओवादी केन्द्रका अध्यक्ष दाहालको भरतपुर–काठमाडौ उडान रद्द भएका कारण भेट हुन नसकेको नेताहरुले बताएका […]

नेपाल मगर संघ क्युशु जापानले माघे संक्रान्ति धुमधामले मनाउने

मिलन मगर/ जापान,पौष,२२- नेपाल मगर संघ क्युशु जापान ले विगतका वर्षमा झैं माघे संक्रान्ति पर्व धुमधामले मनाउने भएको छ । यस वर्ष पनि आगामी जनवरी १४ तारिखका दिन नेपाल मगर संघ क्युशु जापानले विविध सांस्कृतिक कार्यक्रम सहित माघे संक्रान्ति मनाउने तयारी गरिरहेको संघका बरिष्ठ उपाध्याक्ष दिपक राना मगरले जानकारी दिनुभयो । माघे संक्रान्ति कार्यक्रममा परम्परागत […]

कठ्यांग्रिएर तराईमा एक सातामा ९ को मृत्यु

काठमाडौँ,पुस,२२- पुर्वी तराईमा शीतलहरुसँगै बढेको चिसोले कठ्यांग्रिएर एक सातामा नौजनाको ज्यान भएको छ । यसरी ज्यान गुमाउनेमो सप्तरी ६ र रौतहटका ३ जना छन् । दिउँसोमा हुस्सु र रातिमा शीतलहरुले केही दिनयता तराई मधेसको जनजीवन प्रभावित भएको छ । चिसोका कारण बालबालिका र वृद्ध बिरामी पर्न थालेका छन् । आजको नागरिकमा खबर छ ।