बाँकेका स्वास्थ्य संस्थामा औषधि अभाव

बाँके,पुस,२२- बाँकेका स्वास्थ्य संस्थामा औषधि अभाव भएको छ । औषधि नहुँदा उपचारका लागि पुगेका बिरामी त्यसै फर्कन बाध्य भएका छन् । राप्तीसोनारी गाउँपालिकाभित्र रहेका स्वास्थ्यचौकीमा सरकारले निःशुल्क प्रदान गर्ने औषधिको अभाव छ । आजको नयाँ पत्रिकामा खबर छ ।

कांग्रेसमा पौडेल पक्षको छुट्टै भेला

काठमाडौँ,पुस,२२- कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय केन्द्रीय सदस्यहरूले निर्वाचनमा पार्टी पराजय हुनुमा पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यशैली मुख्य कारक रहेको निष्कर्ष निकालेको छ । पार्टी र सरकार सञ्चालनमा नेतृत्वको कार्यशैली प्रभावी हुन नसकेको ठम्याइ उनीहरूको छ । जनभावनाविपरीतका सरकारका निर्णय र पार्टी सञ्चालनमा तदर्थवाद शैलीले निर्वाचनमा राम्रो परिणाम आउन नसकेको भन्दै पौडेल […]

टाढिँदै एमाले माओवादी एकता

काठमाडौँ,पुस,२२- नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच हुने भनिएको पार्टी एकीकरण प्रक्रिया लम्बिने भएको छ । पार्टी एकताका लागि पदीय भागवण्डामा कुरा मिल्न नसक्दा एकता संयोजन समितिको बैठक बस्न सकेको छैन । केहि दिनदेखि एमालेका अध्यक्ष केपी ओली अस्वस्थ बन्दा दुई पार्टीबीच शीर्ष तहमा छलफलसमेत हुन सकेको छैन ।दुई अध्यक्षबीच एक सातादेखि छलफलसमेत हुन सकेको छैन […]

उच्च अदालत ओखलढुंगामा लक्ष्य अनुसार मुद्दा दर्ता भएन

सिर्जना बर्देवा/ ओखलढुंगा,पौष,२२- ओखलढुंगा उच्च अदालतमा चालु आर्थिक वर्षमा अनुमान भन्दा कम मुद्दा दर्ता भएका छन् । अघिल्लो आवको अनुमानमा लक्ष्य राखिएपनि त्यसअनुसार मुद्दा दर्ता नभएका हुन् । यस आर्थिक वर्षभित्रमा कुल ३ सय ४८ मुद्दा दर्ता हुने अनुमान गरिएको थियो । पुष मसान्तसम्ममा १ सय ७४ मुद्दा दर्ता हुने अनुमान गरिएकोमा हालसम्म ७८ वटा […]

ओखलढुंगाका १० जना उम्मेद्वारले चुनावी खर्च विवरण पेश

सिर्जना बर्देवा/ ओखलढुंगा,पौष,२२- ओखलढुंगाका १० जना उम्मेद्वारले चुनावी खर्च विवरण पेश गरेका छन् । गत मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिएका उम्मेदवारहरुले चुनावी खर्च विवरण पेश गरेका हुन् । उम्मेद्वारहरुले निर्वाचन आयोगले निर्धारण गरेको खर्चको सीमा भित्रै रहेर बिबरण पेस गरेको जिल्ला निर्वाचन कार्यालय ओखलढुंगाले जनाएको छ । आयोगले निर्धारण […]

खप्तड गोल्डकपमा सुदूरपश्चिम ११ को विजयी सुरुवात

कैलाली, पुस २१-  कैलालीको धनगढीमा आज देखी शुरु भएको नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप’ फुटबल प्रतियोगितामा आयोजक सुदूरपश्चिम–११ स्पोर्टस् क्लबले विजयी सुरुआत गरेको छ ।  प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम–११ ले च्यासल युथ क्लब काठमाडौंलाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गर्‍यो । जितसँगै सुदूरपश्चिम–११ सेमिफाइनलमा प्रवेश गरेको छ । क्षेत्रीय रंगशालामा भएको खेलको निर्धारित् समयमा दुवै टिमले एक/एक गोलको […]

राष्ट्रियसभा निर्वाचन माघ २४ गते गर्ने सरकारको निर्णय

काठमाडौं, पुस २१- सरकारले राष्ट्रियसभाको निर्वाचन आगामी माघ २४ गते गर्ने निर्णय गरेको छ । आज अपराह्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले माघ २४ गते राष्ट्रियसभाको निर्वाचन गर्ने निर्णय गरेको हो । तर, प्रदेशको अस्थायी राजधानी तोक्ने र प्रदेशप्रमुखको नियुक्तिको निर्णय भने हुन सकेन । सो विषयमा थप गृहकार्य गरेर मन्त्रिपरिषदको अर्को बैठकले […]

साँगितीक क्षेत्रमा अर्जुन मगरको डेब्यू

कठमाण्डौं,पुस,२१- पछिल्लो समय नेपाली गित संगितलाई मन पराउदै धमाधम नव प्रतीभावान कलाकारहरुको उपस्थीती नेपाली साँगीतीक क्षेत्रमा बाक्लीदै गएको छ । यो क्षेत्रमा कतीपय रहरले लागेका हुन्छन् भने कतीपय गित संगितमै रुची भएर लागेका हुन्छन् । तर यो क्षेत्रमा कती समय सम्म टिक्न सक्छन भन्ने नै नव प्रतीभावान कलाकारहरुलाई यो प्रश्न चुनौती बनीरहेको हुन्छ । यी […]

न्यायिक समस्या समाधान गर्न संगठीत

नेपालगञ्ज पुष २०- स्थानीय तहमा न्याय सम्पादन गर्दा आई पर्ने समस्या समाधान गर्न बाँकेका जनप्रतिनीधी संगठित भएका छन् । बाँके जिल्लाका ८ वटै स्थानीय तहका उपप्रमुख र उपाध्यक्ष औपचारिक रुपमा आज एक जुट भएका हु्न् । नेपालको संविधानले स्थानीय तह अन्तर्गत उपप्रमुख र उपाध्यक्षलाई न्यायिक समितिको संयोजकको जिम्मेवारी दिएको छ । न्यायिक समितिका तर्फबाट सो […]

राष्ट्रपति भण्डारी र प्रमुख आयुक्त बिच भेटवार्ता

काठमाडौं, पुस २०- राष्ट्रपति विद्यादेवी भण्डारीसँग निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्तहरुले आज राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता गर्नु भएको छ । भेटमा राष्ट्रपति भण्डारीले प्रदेश र प्रतिनिधिसभा चुनाव सफल रुपमा सम्पन्न गरेकोमा बधाइ दिनु भएको थियो । पछिल्ला समयमा आयोगबाट भइरहेका कामबारे अनौपचारिकरुपमा राष्ट्रपतिलाई अवगत गराउन प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवसहितको टोली राष्ट्रपति कार्यालय पुगेको […]