नेपाल रेडक्रस सोसाइटी खजुराद्वारा कम्बल वितरण

राम सुनाम/ बाँके,पुस,२०- नेपाल रेडक्रस सोसाइटी बागेश्वरी उप शाखा खजुराले आज अति विपन्न, वृद्ध, असायलाई कम्मल वितरण गरेको छ । उपशाखाका सभापति जिवनाथ सापकोटाका अनुसार ४० थान कम्बल गरिबवर्गलाई वितरण गरिएको हो । कम्बल वितरण गर्दै खजुरा गाउपालिकाका प्रमुख किस्मत कुमार कक्षपतिले शीतलहरसँगै बढेको जाडोले विद्यालयका छात्रछात्रा, वृद्धवृद्धा र दैनिक मजदुरी गर्नेलाई बढी असर पु¥याएको […]

प्रधानमन्त्रीले बोलाएको सर्बदलीय बैठक विना निष्कर्ष टुङ्गियो

काठमाण्डौं,पुस,२०- राष्ट्रिय सभा निर्वाचन, प्रदेश प्रमुख र प्रदेशको राजधानीका सम्बन्धमा निर्णय गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्बदलीय बैठक विना निष्कर्ष टुङ्गिएको छ। देउवाले सरकारी निवास बालुवाटारमा राष्ट्रिय मान्यता प्राप्त पाँच दलको बैठक बोलाउनु भएको थियो । बैठकमा देउवाले प्रदेश प्रमुखको नियुक्ति सहमतिका आधारमा गर्न प्रस्ताव गर्नु भएको थियो । तर, बैठकमा सहभागी एमाले नेता सुवाष नेम्वाङले […]

विद्यार्थीले आफैले पैसा उठाएर सेनेटरी प्याड किने

सिर्जना बर्देवा/ ओखलढुंगा,पौष,१९- ओखलढुंगाको सिद्धिचरण नगरपालिका वडा १२ स्थित जाल्पा माध्यामिक विद्यालयमा अध्ययरत विद्यार्थीहरु आफैले पैसा उठाएर सेनेटरी प्याट खरिद गरेका छन् । महिनावारी हुँदा समेत नियमित बिद्यालयमा आउन विद्यालयका छात्रहरु आफैले रकम संकलन गरेर खरिद गरेका हुन् । विद्यालयले उनीहरुलाई सेनेटरी प्याड भण्डारण गरेर आवश्यक परेका बेला वितरण गर्ने गरेको छ । विद्यालयमा आर्थिक […]

इन्धनको मूल्यबृद्धि फिर्ता गर्न अनेरास्वीयु ओखलढुंगाको माग

सिर्जना बर्देवा/ ओखलढुंगा,पौष,१९- अनेरास्वीयु ओखलढुंगाले प्रधानमन्त्रीको राजीनामा माग गरेको छ । मतदानबाट नयाँ जनादेश प्राप्त भइसकेको अवस्थामा पनि सरकारमा रहेर विभिन्न निर्ण गरेको भन्दै अनेरास्वीयु ओखलढुंगाले विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाको राजीनामा माग गरेको हो । देशभर आन्दोलनमा रहेको एमाले निकट विद्यार्थी संगठन अनेरास्वीयुले ओखलढुंगामा विज्ञप्ती जारी गर्दै निर्वाचन आयोगलाई समानुपातिक निर्वाचनको परिणाम सार्वजनिक […]

खोटाङको हलेसीमा भिषण आगलागी , चार घरमा पुर्ण तीनमा आंशिक क्षती

सिर्जना बर्देवा/ ओखलढुंगा, पौष १९- खोटाङको धार्मिक तथा पर्यटकीयस्थल हलेसी बजारमा भएको आगलागीमा चार घरमा पूर्ण र तीनमा आंशिक क्षती भएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेबस्थानका व्यवसायी मगम राईको घरबाट मंगलबार राती साढे सात बजेपछि सुरु भएको आगोले मगम सहित किराना पसल तथा होटल सञ्चालन हुँदै आएको उचितबहादुर राई, तम्बराज राई, अम्बराज राईको घर […]

नेपालगन्ज उपमहानगरपालिकाको वडा १२ खुला दिसामुक्त घोषणा

नेपालगञ्ज,पुष १८- नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ लाई आज खुला दिसामुक्त घोषणा गरिएको छ । उपमहानगरपालिकाका २३ वडामध्ये १५ अौं वडाका रुपमा खुला दिशामुक्त गरिएको हो । वडामा रहेका १ हजार २० घरधुरी सवै घरले सौचालय निर्माण गरेपछि वडा नम्वर १२ लाई आज स्थानीय तहपछिको पहिलो वडाका रुपमा खुलादिशामुक्त घोषणा गरिएको हो । वडाका तर्फबाट […]

रेडक्रसद्वारा बाकेमा शितलहर र चिसोबाट बचाउन ५० जनालाई कम्बल वितरण

राम सुनाम/ बाँके,पौष,१८- रेडक्रस बाँकेले शितलहर र चिसोबाट बचाउन ५० जनालाई कम्बल वितरण गरेको छ । बढदै गएको शितलहर र चिसोबाट बचाउन नेपालगन्जको बागेश्वरी मन्दिरमा आश्रय लिइरहेका जेष्ठ, अशक्त तथा असाहयलाई आज जिल्ला विपद् व्यवस्थापन समिति बाँकेको निर्णयानुसार रेडक्रसले कम्वल वितरण गरेको हो । अत्यधिक चिसो बढेपछि नेपालगन्ज उपमहानगरपालिकाले पनि आजदेखि नगरका विभिन्न ११ स्थानमा […]

हाईसको ठक्करबाट एक चितुवाको मृत्यु

बाँके,पुस,१८- बाँकेको राप्तीसोनारी गाउँपालिका –१ चप्परगौडी नजिक गाडीको ठक्करबाट एक चितुवाको मृत्यु भएको छ । नेपालगञ्जबाट प्यूठान जाँदै गरेको बा ४ ख २९७४ नम्बरको हाईस गाडीले मध्यान्ह १२ बजेतिर ठक्कर दिँदा चितुवाको घटना स्थलमै मृत्यु भएको हो । मरेको चितुवा र ठक्कर दिने गाडीलाई बाँके राष्ट्रिय निकुन्जको जिम्मा लगाईएको ईलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरिक्षक […]

ओखलढुंगाको मोलिमा खुकुरी प्रहार,दुई जना घाईते

सिर्जना बर्देवा/  ओखलढुंगा,पौष,१८- ओखलढुंगाको मानेभञ्ज्याग गाउपालिका १ मोलिमा खुकुरी प्रहार बाट दुई व्यक्ति घाईते भएका छन् । स्थानीय टेक ब. बस्नेतको खुकुरी प्रहार बाट चक्र बहादुर बस्नेत र श्रीमती सिता बस्नेत घाईते भएका हुन् । आफसी बिवादका कारण खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ । घाईतेलाई ओखलढुंगा सामुदायीक अस्पतालमा उपचार नभए पछि हेलिकप्टर मार्फत काठमान्डौ […]

जनजाती महासंघ क्युशुले आयोजना गरेको LIVE CONCERT कार्यक्रम सम्पन्न

फुकुओका जापान,पौष,१८- नेपाल आदिबासी जनजाती महासंघ क्युशुले डिसेम्बर ३१ तीरिखका दिन फुकुओकामा आयोजना गरेको LIVE CONCERT कार्यक्रम भब्यताका साथ सम्पन्न भयको छ। LIVE CONCERT कार्यक्रममा नेपाल IDOl का चर्चित कलाकार सागर आलेको उपस्थित रहेको थियो । कार्यक्रम फुकुओका स्थित तेन्जिङको दाइमियो हलमा भएको थियो । कार्यक्रममा प्रमुख अतिथी संघका सल्लाकार राम कृष्ण श्रेष्ठ रहनु भएको हुनुहुन्थ्यो भने […]