अध्यक्षद्वय ओली र दाहालबीच भेटवार्ता आज हुने

काठमाडौं,पुस,२३- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आज भेटवार्ता हुने भएको छ । यसअघि हिजो हुने भनिएको छलफल हुन नसकेपछि भेटवार्ता आजका लागि तय गरिएको हो । एमाले अध्यक्ष ओली केही दिनदेखि अस्वस्थ हुनुहुन्छ । माओवादी केन्द्रका अध्यक्ष दाहालको भरतपुर–काठमाडौ उडान रद्द भएका कारण भेट हुन नसकेको नेताहरुले बताएका […]

नेपाल मगर संघ क्युशु जापानले माघे संक्रान्ति धुमधामले मनाउने

मिलन मगर/ जापान,पौष,२२- नेपाल मगर संघ क्युशु जापान ले विगतका वर्षमा झैं माघे संक्रान्ति पर्व धुमधामले मनाउने भएको छ । यस वर्ष पनि आगामी जनवरी १४ तारिखका दिन नेपाल मगर संघ क्युशु जापानले विविध सांस्कृतिक कार्यक्रम सहित माघे संक्रान्ति मनाउने तयारी गरिरहेको संघका बरिष्ठ उपाध्याक्ष दिपक राना मगरले जानकारी दिनुभयो । माघे संक्रान्ति कार्यक्रममा परम्परागत […]

कठ्यांग्रिएर तराईमा एक सातामा ९ को मृत्यु

काठमाडौँ,पुस,२२- पुर्वी तराईमा शीतलहरुसँगै बढेको चिसोले कठ्यांग्रिएर एक सातामा नौजनाको ज्यान भएको छ । यसरी ज्यान गुमाउनेमो सप्तरी ६ र रौतहटका ३ जना छन् । दिउँसोमा हुस्सु र रातिमा शीतलहरुले केही दिनयता तराई मधेसको जनजीवन प्रभावित भएको छ । चिसोका कारण बालबालिका र वृद्ध बिरामी पर्न थालेका छन् । आजको नागरिकमा खबर छ ।

बाँकेका स्वास्थ्य संस्थामा औषधि अभाव

बाँके,पुस,२२- बाँकेका स्वास्थ्य संस्थामा औषधि अभाव भएको छ । औषधि नहुँदा उपचारका लागि पुगेका बिरामी त्यसै फर्कन बाध्य भएका छन् । राप्तीसोनारी गाउँपालिकाभित्र रहेका स्वास्थ्यचौकीमा सरकारले निःशुल्क प्रदान गर्ने औषधिको अभाव छ । आजको नयाँ पत्रिकामा खबर छ ।

कांग्रेसमा पौडेल पक्षको छुट्टै भेला

काठमाडौँ,पुस,२२- कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय केन्द्रीय सदस्यहरूले निर्वाचनमा पार्टी पराजय हुनुमा पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यशैली मुख्य कारक रहेको निष्कर्ष निकालेको छ । पार्टी र सरकार सञ्चालनमा नेतृत्वको कार्यशैली प्रभावी हुन नसकेको ठम्याइ उनीहरूको छ । जनभावनाविपरीतका सरकारका निर्णय र पार्टी सञ्चालनमा तदर्थवाद शैलीले निर्वाचनमा राम्रो परिणाम आउन नसकेको भन्दै पौडेल […]

टाढिँदै एमाले माओवादी एकता

काठमाडौँ,पुस,२२- नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच हुने भनिएको पार्टी एकीकरण प्रक्रिया लम्बिने भएको छ । पार्टी एकताका लागि पदीय भागवण्डामा कुरा मिल्न नसक्दा एकता संयोजन समितिको बैठक बस्न सकेको छैन । केहि दिनदेखि एमालेका अध्यक्ष केपी ओली अस्वस्थ बन्दा दुई पार्टीबीच शीर्ष तहमा छलफलसमेत हुन सकेको छैन ।दुई अध्यक्षबीच एक सातादेखि छलफलसमेत हुन सकेको छैन […]

उच्च अदालत ओखलढुंगामा लक्ष्य अनुसार मुद्दा दर्ता भएन

सिर्जना बर्देवा/ ओखलढुंगा,पौष,२२- ओखलढुंगा उच्च अदालतमा चालु आर्थिक वर्षमा अनुमान भन्दा कम मुद्दा दर्ता भएका छन् । अघिल्लो आवको अनुमानमा लक्ष्य राखिएपनि त्यसअनुसार मुद्दा दर्ता नभएका हुन् । यस आर्थिक वर्षभित्रमा कुल ३ सय ४८ मुद्दा दर्ता हुने अनुमान गरिएको थियो । पुष मसान्तसम्ममा १ सय ७४ मुद्दा दर्ता हुने अनुमान गरिएकोमा हालसम्म ७८ वटा […]

ओखलढुंगाका १० जना उम्मेद्वारले चुनावी खर्च विवरण पेश

सिर्जना बर्देवा/ ओखलढुंगा,पौष,२२- ओखलढुंगाका १० जना उम्मेद्वारले चुनावी खर्च विवरण पेश गरेका छन् । गत मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिएका उम्मेदवारहरुले चुनावी खर्च विवरण पेश गरेका हुन् । उम्मेद्वारहरुले निर्वाचन आयोगले निर्धारण गरेको खर्चको सीमा भित्रै रहेर बिबरण पेस गरेको जिल्ला निर्वाचन कार्यालय ओखलढुंगाले जनाएको छ । आयोगले निर्धारण […]

खप्तड गोल्डकपमा सुदूरपश्चिम ११ को विजयी सुरुवात

कैलाली, पुस २१-  कैलालीको धनगढीमा आज देखी शुरु भएको नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप’ फुटबल प्रतियोगितामा आयोजक सुदूरपश्चिम–११ स्पोर्टस् क्लबले विजयी सुरुआत गरेको छ ।  प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम–११ ले च्यासल युथ क्लब काठमाडौंलाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गर्‍यो । जितसँगै सुदूरपश्चिम–११ सेमिफाइनलमा प्रवेश गरेको छ । क्षेत्रीय रंगशालामा भएको खेलको निर्धारित् समयमा दुवै टिमले एक/एक गोलको […]

राष्ट्रियसभा निर्वाचन माघ २४ गते गर्ने सरकारको निर्णय

काठमाडौं, पुस २१- सरकारले राष्ट्रियसभाको निर्वाचन आगामी माघ २४ गते गर्ने निर्णय गरेको छ । आज अपराह्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले माघ २४ गते राष्ट्रियसभाको निर्वाचन गर्ने निर्णय गरेको हो । तर, प्रदेशको अस्थायी राजधानी तोक्ने र प्रदेशप्रमुखको नियुक्तिको निर्णय भने हुन सकेन । सो विषयमा थप गृहकार्य गरेर मन्त्रिपरिषदको अर्को बैठकले […]