डम्मर थापा मगर/ बाँके, पुस, ७- प्रदेश नम्बर ५ को राजधानी बाँकेमा हुनुपर्ने भन्दै कोहलपुरमा सरोकार निकायले आज सर्वपक्षीय छलफल गरेका छन् । कोहलपुर नगरपालिका, नगर विकास समितिका पदाधिकारी, विभिन्न पार्टीका प्रतिनिधी र व्यापारीहरुले राजधानीका लागि बाँके जिल्ला पुर्वाधार र भौगोलिक रुपमा उपयुक्त भएको निचोड निकालेका छन् । छलफलबाट अवको एक सातामा बाँकेलाई प्रदेशको राजधानी […]
समाचार
प्रहरीले चलाएको गोली लागेर म्यादी प्रहरीको मृत्यु
कालिकोट,पुस,७- कालीकोटमा म्यादी प्रहरीको तलबमा अनियमितता भएको भन्दै आन्दोलनमा उत्रिएका म्यादी प्रहरीलाई दमन गर्न प्रहरीले चलाएको गोलीबाट एक जना म्यादी प्रहरीको मृत्यु भएको छ। मृत्यु हुने म्यादी प्रहरी कालिकोट जिल्ला रासकोट नगरपालिका २ का विवेक ऐरी हुन्। जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरिरहेका बेला प्रहरीले फायरिङ खोलेको थियो। ऐरी गोली लागेर जिप्रकाको गेटमै ढलेका थिए। रासनमा […]
प्रदेशसभातर्फ समानुपातिकको सिट बाँडफाँट
काठमाडौं, पुस, ७- निर्वाचन आयोगले प्रदेशसभाको समानुपातिकतर्फको मतपरिणाम र दलहरुले पाएको सिट संख्या सार्वजनिक गरेको छ । आज बसेको निर्वाचन आयोगको बैठकले सिट संख्या बाँडफाँटको अन्तिम टुंगो लगाएको हो । ‘सेन्टलक’ विधिअनुसार प्रदेशसभाका २२० समानुपातिक सिटमध्ये नेकपा एमालेले सबैभन्दा बढी ७५ सिट पाएको छ भने नेपाली कांग्रेसले ७२ सिट पाएको छ । यस्तै, माओवादी केन्द्रले ३५, संघीय […]
ओखलढुंगा बाट निर्बाचनमा खटिएका म्यादि प्रहरीलाई बिदाइ
सिर्जना बर्देवा/ ओखलढुंगा, पौष, ७- प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी भर्ना गरिएका म्यादी प्रहरीलाई बिदाई गरिएको छ । जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले आज एक कार्यक्रमको अयोजना गरि उनिहरुलाई बिदाई गरेको हो । जिल्लामा निर्वाचार लक्षित ५ सय ३७ म्यादी प्रहरी छनोट भएका थिए । उनिहरुलाई निर्वाचन सफल गर्न महत्वपुर्ण भुमिका खेलेकोमा धन्यवाद दिदै प्रमाण […]
राप्ती शिक्षा नवआगन्तुकलाई स्वागत,स्वागत सँगै विद्यार्थीको कला प्रस्तुत
तीर्थराज चौधरी/ घोराही,पुस,७- घोराहीमा रहेको राप्ती शिक्षा क्याम्पसमा बिएड दोस्रो र तेस्रो वर्षमा अध्ययनरत्त विद्यार्थीले प्रथम वर्षका नव आगन्तुक विद्यार्थीलाई स्वागत गरेका छन् । क्याम्पसमा आज एक कार्यक्रमको आयोजना गरि नव आगन्तुक विद्यार्थीलाई स्वागत गरिएको हो । बिएड दोस्रो वर्षमा अध्ययनरत्त विद्यार्थी करुणा बस्नेतको अध्यक्षता तथा क्याम्पस प्रमुख हुकुमबहादुर बुढाथोकीको प्रमुख आतिथ्यता एंव नेपाल पत्रकार […]
प्रधानमन्त्रीले बोलाएको पाँच दलको बैठक निष्कर्षविहीन
काठमाडौं,पुस,७- निर्वाचन सम्पन्न पछि राजनीतीक गतीरोध अन्त्यको लागी राष्ट्रियसभा र सरकार गठनलगायतका विषयमा सहमति खोज्न बसेको प्रमुख पाँच दलको बैठक बिना निश्कर्ष टुंगिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको बैठकमा सरकारले राष्ट्रपति कार्यालयमा अड्किएको राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश परित गर्नको लागि सहयोग मागेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिनिधिसभाले पूर्णता पाउनका लागि राष्ट्रियसभा गठन निर्वाचन अध्यादेश […]
खोटाङ्गका सबै स्थानीय तह सडक सञ्जालमा जोडियो
सिर्जना बर्देवा/ ओखलढुंगा,पौष,७- खोटाङ्ग जिल्लाका दशवटै स्थानीय तह सदरमुकाम दिक्तेलसँग सडक सञ्जालमा जोडिएका छन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका सबै स्थानीय तह दिक्तेलसम्मको सिधा सडक सञ्जालमा जोडिएका हुन् । गत वर्षसम्म सदरमुकाम दिक्तेलबाट सिमित ठाउँमा मात्र यातायात सेवा सञ्चालन हुँदै आएको जिल्लामा यस वर्षदेखि सबै स्थानीय तहमा सेवा सञ्चालन गरिएको यातायात व्यवसायी […]
राँगादिपमा पुनर्निर्माणको काम ६० प्रतिशत सकियो
सिर्जना बर्देवा/ ओखलढुंगा,पौष,६- ओखलढुंगाको मोलुङ गाँउपालिका ८ राँगादिपमा पुनर्निर्माणको काम लगभग ६० प्रतिशत सकिएको छ । २०७२ सालको भुकम्पले राँगादिपका ३ सय ३० घरहरु क्षेतिग्रस्त भएकामा सबैले पुननिर्माणका लागी अनुदान सम्झौता गरेका थिए । जस मध्ये अहिलेसम्म १ सय ३ घरले दोस्रो किस्ता र ३६ घरले सम्पुर्ण किस्ताको रकम पनि लिई सकेका छन । साथै […]
खिजीदेम्बा गाउँपालिकामा प्राविधिक नहुँदा भुकम्प प्रभावीतहरु लिन समस्या
सिर्जना बर्देवा/ ओखलढुंगा,पौष,६- ओखलढुगांको खिजीदेम्बा गाउँपालिकामा रहेको भुकम्प प्रभावित परिवारले प्राविधिक अभावका कारण अनुदान रकम लिनबाट पछाडी परेका छन् । गाउँपालिकाका प्रमुख वेदबहादुर रोक्काले निजी घर पुननिमार्णको काम अघि बढेपनि प्राविधिक पर्याप्त नभएपछि अनुदान प्राप्त गर्नका लागि सिफारीसको काम हुन नसकेको बताउनुभयो । भुकम्प प्रभावित परिवार घर निमार्णको काम सम्पन्न गरेपनि तेस्रो किस्ताको अनुदान पाउन […]
ओखलढुंगाको ठुलाछापमा बाल सञ्जाल गठन
सिर्जना बर्देवा/ ओखलढुंगा,पौष,६- सिद्घिचरण नगरपालिको ठुलाछापमा सृजनशिल समाज नेपालको सहजिकरणमा आज एक कार्यक्रम गरि बाल सञ्जाल गठन गरिएको छ । वडा अध्यक्ष कुष्ण बहादुर कार्कीको अध्यक्षता १७ सदस्य बाल संजाल गठन गरिएको हो । बाल सञ्जालको अध्यक्षमा रबिना कट्वाल, सचिव मदन भट्टराई र अन्य सदस्यहरु छनोट गरिएको छ । कार्यक्रमलाई संवोधन गर्नुहुदैँ वडा अध्यक्ष कार्कीले […]






