काठमाडौं,पुस,४- कांग्रेसले राष्ट्रिय सभा निर्वाचनसम्बन्धी अध्यादेशलाई लिएर राष्ट्रपति विद्यादेवी भण्डारीको संवैधानिक भूमिकामाथि प्रश्न उठाएको छ । सरकारले दुई महिनाअघि पठाएको अध्यादेशलाई प्रमाणीकरण नगरी ‘होल्ड’ राख्नुलाई ‘असंवैधानिक’ रहेको कांग्रेसको ठहर छ । अध्यादेश रोकिएको विषयमा कांग्रेसका शीर्ष तहका नेता केही दिनदेखि छलफलमा छन् । सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेकै ‘उक्साहट’ मा राष्ट्रपतिले अध्यादेश होल्ड गरेको […]
समाचार
भक्तपुरमा एम्बुलेन्सको व्यापक दुरुपयोग
भक्तपुर,पुस,४- भक्तपुरमा एम्बुलेन्सको व्यापक दुरुपयोग भएको छ । बिरामी बोक्न प्रयोग हुने एम्बुलेन्सले बिरामी नै बोक्न छाडेर आफन्त, डाक्टर, अस्पतालका कर्मचारी बोक्नेदेखि विवाहको भोज र पार्टीमा समेत मान्छे ओसार्न र विभिन्न सामग्री बोक्न थालेपछि यसलाई रोक्न एम्बुलेन्स चालक संघ नै लागेको छ । पछिल्ला समयमा बिरामी बोक्ने एम्बुलेन्समा अस्पतालले आफ्ना कर्मचारी बोक्ने र आफन्तलाई पार्टीमा […]
सर्जक बोहराको सिर्जना मार्फत मोडल थापाको जैशीलाई मुटुमा बस्न अपिल
सिर्जना बर्देवा/ ओखलढुंगा पौष ३- पछिल्लो समयमा एक पछि अर्को सिर्जना नियमित बजारमा ल्याउन सफल सर्जक नरेश बोहराको सिर्जना सार्बजनिक भएको छ । बोहराको उत्कृष्ट सिर्जना “दुखीले पनि” केही समय अगाडी सार्बजनिक भएको हो । बोहराको यसै सिर्जना मार्फत चर्चित मोडल बुद्धबिर थापाले मोडल टिका जैशीलाई मुटुमा बस्न अपिल गरेका छन् । थापाले माया गर्ने […]
खत्रीको “आए सानू बिदेश हतारमा“ छिट्टै सार्बजनिक हुँदै
सिर्जना बर्देवा/ काठमाण्डौं,पौष,३- नेपालमा रोजगारी नपाएर साहुको ऋण तिर्न नसकी बिदेशीनु पर्ने नेपालिको वास्तविक कथा र घटना समेटेर तयार गरिएको गित “आए सानू बिदेश हतारमा” छिटै सार्बजनिक हुने तयारिमा छ । प्रत्यक दिन युबा शक्ति बिदेश पलाएन भएको देखिन्छ हाम्रो देशको अस्थिर राजनैतिक ब्यबस्था र महँगि थेग्न नसक्दा अनि आफ्नो घर खर्च चलाउन हम्मे हम्मे […]
शैक्षिक महोत्सवको अवलोकन गर्ने दर्शकहरुको संख्या बढदै
डम्मर थापा मगर/ बाँके,पुस,३- नेपालगंजमा जारी आठौं राष्ट्रिय पुस्तक प्रदशनी तथा शैक्षिक महोत्सव २०७४ को अवलोकन गर्ने दर्शकहरुको संख्या बढदै गएको छ । ऐतिहासिक रुपमा आयोजना गरिएको मेलामा शिक्षाप्रति रुचि राख्नेहरुको समेत उल्लेखनिय सहभागिता रहेको छ । महोत्सवमा आईतबार बहुभाषिक कवि गोष्ठी सम्पन्न गरीएको थियो । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहेको प्रचार प्रसार […]
चीनबाट इन्धन ल्याउने प्रक्रिया अन्योलमा
काठमाडौं,पुस,३- चीनबाट इन्धन आयात प्रक्रियामा सरकारी निकाय नै बाधक देखिएको छ । आपूर्ति मन्त्रालयले चीनबाट इन्धन आयात गर्ने जिम्मा नेशनल ट्रेडिङलाई दिए पनि अर्थ मन्त्रालयले यसमा सैद्धान्तिक सहमति नजनाउँदा अन्योल देखिएको छ । यसरी अर्थबाट सहमतिका लागि कुनै प्रक्रिया अघि नबढ्दा ढिलाई भएको आपूर्ति मन्त्रालयले बताएको छ । पछिल्लो समय चीनबाट इन्धन आयात गर्ने जिम्मा […]
पुनर्निर्माणलाई विश्व बैंकको थप ३० अर्ब
काठमाडौं,पुस,३- विश्व बैंकले निजी आवास पुनर्निर्माणका लागि थप ३० अर्ब रुपैया सहयोग गर्ने भएको छ । तीन सय मिलियन डलरको थप सहयोग गर्ने निर्णय विश्व बैंकले अनुमोदन गरेसँगै पुनर्निर्माणका लागि यति थप सहयोग गर्न लागेको हो । आजको काराेबारमा खबर छ ।
ओखलढुंगाका कृषकले पनि अब पेन्सन पाउने
सिर्जना बर्देवा/ ओखलढुंगा पौष २- ओखलढुंगाका कृषकले पनि अब पेन्सन पाउने भएका छन् । सिद्धिचरण नगरपालिका १, तलुवामा आयोजित एक अन्तरक्रिया कार्यक्रममा त्यहाँका वडाध्यक्ष केदारबाबु बस्नेतले यस्तो बताउनुभएको हो । राष्ट्रिय कृषक महासंघ नेपाल, जिल्ला कार्य समिति ओखलढुंगाको सहकार्यमा नमुना कृषक महिला समूह, तलुवाको आयोजनामा कृषिका सवालमा आधारित अन्तरक्रिया गरिएको हो । स्थानीय निर्वाचनका समयमा […]
ओखलढुंगामा पहिलो पटक प्याराग्लाइडिंगको परीक्षण उडान गरियो
सिर्जना बर्देवा / ओखलढुंगा पौष २- ओखलढुंगामा पहिलो पटक प्याराग्लाइडिंगको परीक्षण उडान गरिएको छ । बिग स्माइल प्याराग्लाइडिंग नेपाल पोखराका सिनियर पाइलट सागर क्षेत्रीले आज परीक्षण उडान गर्नुभएको हो । ओखलढुंगाको देउराली डाँडाबाट उडान गरेर रुम्जाटार परिसरमा अवतरण गरिएको थियो । परीक्षण उडानमा पाइलट क्षेत्रीसंगै स्थानीयबासी जिन्दल श्रेष्ठले पनि उडान गर्नुभएको छ । ओखलढुंगाको मौसम […]
निर्वाचन सम्पन्न भएको एक वर्षपछि स्ववियु निर्वाचनका निर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण
सिर्जना बर्देवा/ ओखलढुंगा पौष २- ओखलढुंगा क्याम्पस, ओखलढुंगाले स्ववियु निर्वाचनका निर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण गरेको छ । निर्वाचन सम्पन्न भएको झण्डै एक वर्षपछि निर्वाचितहरुलाई क्याम्पसले आज बल्ल प्रमाणपत्र वितरण गरेको हो । गत साल फाल्गुन २१ गते नै निर्वाचन सम्पन्न भएपनि विविध कारणले प्रमाणपत्र वितरणमा ढिलाइ भएको क्याम्पस प्रशासनले जनाएको छ । अनेरास्ववियुका जीवन कटवाल […]








