पर्सा, पुस ५- पर्साको वीरगन्ज महानगरपालिका–२४ पटेल नगरस्थित सुपर ग्यास उद्योगमा भीषण आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ । ग्यास उद्योगमा आज बिहान ६ बजेतिर आगो सल्किएको प्रहरीले जनाएको छ । उद्योगभित्र कति मानिस थिए भन्ने अझै खुल्न सकेको छैन । आगो नियन्त्रणका लागि गएको वीरगन्ज महानगरपालिकाको एउटा दमकलसमेत जलेको छ । आगलागी भएसँगै त्यहाँ पुगेको […]
समाचार
प्रदेश प्रमुख तथा मुख्यमन्त्रीको वरीयता क्रम तोक्ने तयारी
काठमाडौं,पुस,५- सरकारले प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्री तथा सांसदलाई समेटेर नयाँ वरीयता क्रम निर्धारण गर्ने तयारी गरेको छ । यसअघि निर्धारण गरिएका वरीयता क्रममा उनीहरूलाई समेटिएको थिएन । गृह मन्त्रालयले नयाँ वरीयता क्रमको मस्यौदा तयार भइसकेको जनाउँदै अब बस्ने मन्त्रिपरिषद् बैठकमा पेस गर्ने जानकारी दिएको छ । गृह मन्त्रालयका सहसचिव हरिशरण पुडासैनीले वरीयता क्रमको मस्यौदा तयार […]
अख्तियारमा सबैभन्दा धेरै उजुरी शिक्षाका
काठमाडौं,पुस,५- सरकारले शिक्षा क्षेत्रको विकासका लागि बजेट तथा कार्यक्रमको सीमा बढाउदै लगेसँगै यो क्षेत्रमा भ्रष्टाचार पनि बढ्दै गइरहेको देखिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हालै सार्वजनिक गरेको वार्षिक प्रतिवेदनअनुसार शिक्षा क्षेत्रमा सबैभन्दा धेरै उजुरी परेको छ । प्रमाणपक्र सम्बन्धन तथा निर्माण प्रक्रियामा अनियमितता र भ्रष्टाचार बढेको भन्दै उजुरी परेको हो । आजको कारोबारमा खबर […]
स्थानीय तह-कामै नगरी सकियो आधा वर्ष
काठमाण्डौ.,पुस,५- लामो समयदेखि जनप्रतिनिधिविहीन रहेका स्थानीय तहले ६ महिनाअघि नेतृत्व पाए । यसअघि कर्मचारीका भरमा मात्र चलेकाले विकासका काम हुन नसकेको गुनासो व्यापक थियो । तर, प्रतिनिधि आउँदा पनि सर्वसाधारणलाई प्रत्यक्ष राहत पुग्ने खालका काम भएको देखिँदैन । कतिपय स्थानमा दलबीच विवादका कारण नियमित कामै अघि बढ्न सकेको छैन । विवाद र प्रतिनिधिबीच बेमेलले गाउँरनगरपरिषद्समेत […]
जुम्लाका दुई बस्ती छाउगोठमुक्त
जुम्ला,पुस,५- तिला गाउँपालिकाका दुई बस्ती जुम्ला जिल्लाकै पहिलो छाउगोठ मुक्त घोषणा भएका छन् । छाउगोठ मुक्त घोषणा भएका बस्तीमा यो गाउँपालिकाका वडा नं ३ को जोगीवाडा र वडा नं ४ को रावतवाडा गाउँ हुन् । ३५ घरधुरी रहेको ४ नं वडाको रावतवाडामा सोमबार आयोजित घोषणा कार्यक्रमको उद्घाटन निमित्त प्रमुख जिल्ला अधिकारी टेकबहादुर बुढ्थापा र ६१ […]
एमाले-माओवादी पद बाँडफाँडको कसरत
काठमाडौं,पुस,५- नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकतासँगै सिद्धान्त, नेतृत्व तथा पद बाँडफाँटको व्यवस्थापनबारे छलफल अघि बढेको छ । निर्वाचनलगत्तै पार्टी एकता गर्ने सहमतिसहित चुनावी तालमेल गरेका दुई दलले पार्टी एकतापछि नेतृत्व र अन्य पदीय बाँडफाँटको विषय कसरी टुंग्याउने भन्ने विषयमा छलफल अघि बढाएका हुन् । दुई दलका अध्यक्षबीच यो विषयमा छलफल अघि बढे […]
हिजो संसार जित्ने रायमाझी आज केशीका कारण पछुताउन बाध्य
सिर्जना बर्देवा/ ओखलढुंगा पौष, ४- हिजो संसार जित्ने चर्चित मोडल ओ.बी. रायमाझी आज पछुताउन बाध्य बनेका छन् । आफ्नो प्रेमिका सारिका केशीले धोका दिए पछि केशी कै कारण पछुताउन बाध्य बनेका हुन् । पछिल्लो समय निक्कै मार्मिक लोकदोहोरी गित “हिजो” सार्बजनिक भएको छ । एक पछि अर्को गर्दै म्युजिक भिडियो बजारमा आउने क्रम जारी रहदाँ […]
प्रतिनिधिसभा र प्रदेशसभा निर्बाचन संसारकै नमुनाः प्रमुख आयुक्त यादव
सिर्जना बर्देवा/ ओखलढुंगा,पौष ४- प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले नेपालमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव संसारकै नमुना भएको दाबी गर्नुभएको छ । मंगलबार ओखलढुंगा सदरमुकाममा आयोजित धन्यवाद ज्ञापन कार्यक्रमलाई सम्बोधन गर्दै आयुक्त यादवले एक साथ दुवै चुनाव सफलताका साथ सम्पन्न हुनु विश्वमै नमुना भएको दाबी गर्नु भएको हो । यादवले जिल्ला प्रशासन कार्यालयमा आयोजित कार्यक्रमलाई […]
देहरादुनमा ईण्डो नेपाल व्यापार मेला तथा पर्यटन महोत्सव हुने
इन्द्र कार्की /महेन्द्रनगर,४,पौष कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा दोस्रो ईण्डो नेपाल व्यापार मेला तथा पर्यटन महोत्सव भारतको देहरादुनमा हुने भएको छ । कञ्चनपुर उद्योग वाणिज्य संघले नेपाल सरकार वाणिज्य मन्त्रालय ,्व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रको प्रर्वद्धन तथा नेपाल उद्योग वाणिज्य महासंघको समन्वयमा नेपाल पर्यटन वोर्ड , भारत स्थित नेपाली राजदुतावासको सहयोगमा मेला तथा महोत्सव हुन […]
जिल्ला शिक्षा कार्यालय चैत्रदेखि खारेज
काठमाडौं, पुस,४- चार दशकदेखि सञ्चालनमा रहेका जिल्ला शिक्षा कार्यालयहरु आगामी चैत्र महिनादेखि खोजी हुने भएका छन् । देश संघीय संरचनामा गएलगतै हालै कार्यान्वयनमा आाएको स्थानीय सरकार सञ्चालन ऐनअनुसार ७५ जिल्लाका जिल्ला शिक्षा कार्यालयका संरचनाहरु सबै जिल्लाबाट खारेज हुने भएका छन् । स्थानीय सरकार संचालन ऐन २०७४ जारी भएको ६ महिनाभित्र बिषयगत कार्यालयहरु खारेजी हुने व्यवस्थाअनुसार […]









