जापानी प्रधानमन्त्री आबेद्वारा संसद विघटन

जापान,असोज,१२- जापनका प्रधानमन्त्री सिन्जो आबेले एक वर्ष अवधि बाँकी छँदै संसदको तल्लो सदन विघटन गर्नु भएको छ । चाँडो चुनाव गराउँदा आफ्नो पार्टीलाई फाइदा हुने देखेर प्रधानमन्त्री आबेले संसद भंग गरेको बताइएको छ । निर्वाचनको मिति आगामी अक्टोबर २२ लाई तोकिएको छ ।उत्तर कोरियासँग भएको पछिल्लो तनावमा राष्ट्रका पक्षमा बलियो अडान राखेको भन्दै आबेप्रति जनलहर केही सुदृढ भएको […]

दशैंका बेला होस् वा अरु कुनै बेला मासु कति खाने ? कसरी खाने ?

डा. विवेकबन्धु रेग्मी/ काठमाण्डौं,असोज,१२- दसैं, तिहार, छठ र लोसार जस्ता चाडपर्वको बेला नेपालीहरुको भान्छामा विभिन्न परिकारका खानेकुरा पाक्छन । ती विभिन्न परिकार मध्ये प्रमुख मानिन्छ मासु । चाडपर्वको बेला नेपालमा मासुका विभिन्न परिकार बनाएर खाने चलन छ । तर मासु कति खाने ? कस्तो मासु खाने ? मासु खाँदा के–कस्ता कुरामा सावधानी अपनाउने ? भन्ने […]

वडादशैँको आठौं दिन आज महाअष्टमी पर्व

काठमाण्डौं,असोज ,१२- आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीले वडादशैँका रुपमा दुर्गा भवानीको पूजाआराधना गरी भव्यरुपमा मनाउँदै छन्। वडादसैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरिन्छ। महाअष्टमीका दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको छ। आजको दिन शास्त्रसम्मतरुपमा दशैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई […]

अतिबादीहरुले रकेट प्रहार गरेपछि अफगानिस्तानमा अमेरिकी हवाई आक्रमण

काठमाडौं, असोज १२- अफगानिस्तानमा अमेरिकी हवाई आक्रमणमा आम सर्वसाधारण मारिएका छन् ।अमेरिकी आक्रमणबाट कति मानिस मारिए भन्ने पुष्टी भने भैसकेको छैन । अमेरिकी रक्षा मन्त्री जेम्स मैटिस अफगानिस्तान पुगेको केही बेरमै अतिवादीहरुले काबुल विमानस्थलमा रकेट प्रहार गरेका थिए । अमेरिकी सेनाले हवाई मैदानमा रकेट प्रहार गर्ने विद्रोहीलाई निशाना बनाइरहेको अफगानी सेनाको समर्थनमा हवाई आक्रमण गरेको […]

नेपाल र ओमनबीच संयन्त्र स्थापना गर्ने सम्झौता पत्रमा हस्ताक्षर

काठमाडौं, असोज १२- नेपाल र ओमनबीच कूटनीतिकस्तरमा द्विपक्षीय संयन्त्र स्थापना गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । मस्टकस्थित ग्राण्ड ह्यात होटलमा गरिएको कार्यक्रममा नेपालका लागि ओमनका राजदूत शर्मिला पराजुली ढकाल र ओमनको परराष्ट्र मन्त्रालयका पश्चिम एशिया प्रमुख सेख हिलाह मर्हुन अल मम्मरीले हस्ताक्षर गरे । उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, श्रम तथा रोजगारमन्त्री फरमुल्ला मन्सूर, […]

ठूलो परिमाणमा भारतबाट नेपाल भित्र्याउन लागिएको तरवार बरामद

बाँके,असोज १२- भारतको अजमेरबाट रुपैडिया नाका हुँदै नेपाल भित्र्याउन लागिएको अवस्थामा भारतीय सुरक्षाकर्मीले ठूलो परिमाणमा तरवार बरामद गरेको छ । भारतीय संचारमाध्यमका अनुसार मंगलबार अजमेरबाट नेपाल आउँदै गरेको बसमा चेकजाँचका क्रममा ८१ थान तरवार फेला परेको थियो । बुधबार पनि अजमेरबाट नेपालतर्फ आउँदै गरेको बसबाट एक सय ५२ तरवार बरामद भएको बताइएको छ । तरवार […]

दशैमा सामर्थ्य नेपालद्वारा कैलालीका गरिव परिवारलाई राहत बितरण

भरत राज जैशि/ कैलाली,असोज १२- नेपालिहरुको महान चाड दशैं सबै नेपालीले खुसियालीका साथ मनाउने गर्दछन,तर देशभर खुसियाली मनाइरहदा देशका कुना काप्चामा त्यस्ता ठाउँ पनि नेपालिहरु छन,जसलाई खान लाउन हम्मे हम्मे परिरहेको हुन्छ । यसैलाई देखेर सामर्थ्य नेपालका पश्चिम नेपाल प्रमुख के पि खनालले आफ्नो सामाजिक सन्जाल (फेसबुकमा) कैलालीको लम्किचुहा नगरपालिकाका लाई प्रत्येक वार्ड १/१ जनालाई […]

वीरगन्ज महानगरपालिकाको मेयरमा फोरम नेपालका सरावगी विजयी

वीरगन्ज, असोज ११- प्रदेश नम्बर–२ मा भएको स्थानीय तह निर्वाचनअन्तर्गत् पर्साको वीरगन्ज महानगरपालिकामा संघीय समाजवादी फोरम नेपाल विजयी भएको छ । प्रदेश नम्बर–२ को एकमात्र महानगरपालिका वीरगन्जमा फोरम नेपालका मेयर पदका उम्मेदवार विजय सरावगीले नेपाली कांग्रेसका उम्मेदवार अजय द्विवेदीलाई पछाडि पार्दै विजय हासिल गरेका हुन् । बुधबार सार्वजनिक मतपरिणामअनुसार सरावगीले १९ हजार ३९३ मत प्राप्त […]

१०४ दिन पछि गोर्खाल्याण्ड आन्दोलन स्थगित

नयाँ दिल्ली, असोज ११- विगत सय दिनभन्दा बढी अवधिदेखि चलिरहेको गोर्खाल्याण्ड आन्दोलन र दार्जीलिङ बन्दको कार्यक्रम आन्दोलनकारीहरुले फिर्ता लिएका छन्। भारतको केन्द्रिय सरकारका गृहमन्त्री राजनाथ सिंहको आग्रहमा उक्त आन्दोलन र बन्दको कार्यक्रम फिर्ता गरिएको सरकारी अधिकारीहरुले बताएका छन्। दार्जीलिङ बन्द स्थगित भएपछि पहाडकी रानी भन्ने नामबाट परिचित दार्जीलिङ र आसपासका सबै ठाउँका जनजीवन बुधबार बिहानदेखि […]

दलहरुलाई उम्मेदवार छान्ने चटारो

 काठमाडौं, असोज १०- स्थानीय तह निर्वाचन सम्पन्न भएलगत्तै दलहरु आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारीमा जुटेका छन् ।दलहरु अहिले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार छनोटको गृहकार्यमा लागेका छन् । प्रमुख दलमात्र नभइ अन्य दल पनि मंसिरमा तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीमा जुटेका छन् ।प्रमुख दलहरुले आगामी निर्वाचनका लागि उम्मेदवार […]