बाँके,असार, ५- नेपालगन्ज उपमहानगरपालिकाका २३ वटै वडाका काँग्रेसतर्फका अध्यक्ष उम्मेदवारहरुले असार १४ गते हुने स्थानीय तह निर्वाचनमा एक ढिक्का भएर काँग्रेसको पक्षमा मतदान गर्न कार्यकर्ताहरुलाई आग्रह गरेका छन । पार्टीभित्र असन्तुष्टि भएपनि यो चुनाव प्रतिष्ठाको लडाई भएकाले काँग्रेसलाई जिताउनुको विकल्प नभएको वताए । काँग्रेस नेतृत्वमै संबिधान जारी भएकाले यसको कार्यान्वयनको जस अरुलाई दिन नसकिने भन्दै […]
समाचार
शिवसेनाका केन्द्रीय अध्यक्ष श्रेष्ठद्वारा पदबाट राजिनामा
बाँके, असार,५- नेपाल शिवसेनाका केन्द्रीय अध्यक्ष मनोज श्रेष्ठले पदबाट राजिनामा दिएका छन् । श्रेष्ठ आगामी असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा राप्रपा नेपालबाट नेपालगन्ज २ मा वडा अध्यक्षका उम्मेदवार हुन् । राप्रपा नेपालबाट वडा अध्यक्षको उम्मेदवार भईसकेपछि श्रेष्ठले शिवसेनाको केन्द्रीय अध्यक्षको पदबाट राजिनामा दिएका हुन् ।श्रेष्ठसँगै अन्य २ जना केन्द्रीय पदाधिकारीहरुले पनि पदबाट राजिनामा […]
निर्वाचन चिह्न आज प्रदान गरिने
काठमाडौं, असार, ६- दोस्रो चरणमा निर्वाचन हुने प्रदेश नम्बर–१, ५ र ७ का ३३४ स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएकालाई भोलि असार ६ गते मंगलबार आज निर्वाचन चिह्न प्रदान गरिने भएको छ । निर्वाचन आयोगकाअनुसार असार ४ गते उम्मेदवारी दिएका तर नाम फिर्ता लिन चाहनेलाई आज बिहान ८ बजेदेखि ११ बजेसम्मको समय प्रदान गरिएको छ भने […]
निर्वाचन आयोगले अनुगमन टोली परिचालन गर्ने
काठमाडौं, असार,५- निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तह निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन विशेष अनुगमन टोली परिचालन गर्ने बताएको छ । आयोगका सचिव गोपीनाथ मैनालीले आज निर्वाचन प्रचार–प्रसार र मौनअवधिमा आचारसंहिता उल्लंघन हुन नदिइने बताउनुभयो । उम्मेदवारको मनोनयन विवरण जिल्लाहरुबाट आउनेक्रम जारी रहेको र केही जिल्लाहरुमा सम्पर्कमाध्यममा समस्या आएकाले तथ्यांक आउन ढिलाइ भइरहेकोसमेत सचिव […]
राजपाले सरकारसँगको सहमतिमै स्वतन्त्र उम्मेदवार दिएको गृहमन्त्री शर्माको भनाई
बुटवल, असार, ५- स्थानीय तहको निर्वाचनको विषयमा आज बुटवलमा सुरक्षा गोष्ठी सम्पन्न भएको छ ।गृहमन्त्री जर्नादन शर्माको उपस्थितिमा रुपन्देहीसहित ६ जिल्लाका प्रमुखहरुको बैठक गरिएको हो । बैठकमा गृहसचिव लोकदर्शन रेग्मी, निर्वाचन आयुक्त सुधीरकुमार शाह, पश्चिमाञ्चल क्षेत्रीय प्रशासक बेगेन्द्र शर्मा पौडेल, नेपाली सेनाका रथी बलदेवराज महत, मुख्य अनुसन्धान निर्देशक दिलिपराज रेग्मीलगायतको सहभागिता रहेको थियो । बैठकपछि […]
घुर्की देखाएर जनताको भविष्यमाथि खेलवाड नगर्न काँग्रेस नेता महतको चेतावनी
काठमाण्डाैं,असार, ५- नेपाली काँग्रेसका नेता रामशरण महतले आन्दोलनको घुर्की देखाएर मधेसका जनताको भविष्यमाथि खेलवाड नगर्न चेतावनी दिनु भएको छ । धनकुटामा आज आयोजित पत्रकार सम्मेलनमा नेता महतले आन्दोलनरत राजपालाई स्थानीय तहको निर्वाचनमा सहभागी गराउन सरकारले देखाएको अधिकतम लचकता र उदारतालाई कमजोरीका रुपमा नलिन आग्रह गर्नुभयो । उहाँले प्रजातन्त्रमा सबैको चित्त बुझाउन नसकिने भन्दै सारिएको मितिमा […]
विश्वभर शरणार्थीको संख्या हालसम्मकै उच्च भएकाे संयुक्त राष्ट्रसंघको तथ्याङ्क
एजेन्सी,असार, ५- विभिन्न कारण आफ्नो मूल बसोबास छोडेर बिस्थापित हुनेको संख्या विश्वभर हालसम्मकै उच्च भएको छ । संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी नियोगले सन् २०१६ सम्म विश्वभरमा शरणार्थी तथा आन्तरिक रुपमा बिस्थापित हुनेको संख्या ६ करोड ५६ लाख पुगेको जनाएको छ । राष्ट्रसंघले सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०१६ मा मात्रै बिस्थापित हुनेको संख्या ३ लाखले बढेको […]
स्कटल्याण्ड एबर्डिनमा नेपाली कक्षा सञ्चालनको तीन वर्ष पूरा
स्कटल्याण्ड, असार,५- बेलायतको स्कटल्याण्ड एबर्डिनमा नेपालीहरूको सामाजिक संस्था नेप्लिज हिमालयन एसोसिएसनले एबर्डिनबासी नेपाली बालबालिकाहरूलाई लक्षित गरी नेपाली भाषा पठन-पाठन कक्षा संचालन गरेको तीन वर्ष पूरा भएको छ। नेपाली भाषा, कला, संस्कृतिको ज्ञान दिने उद्देश्यले हरेक दुई सातामा दुई घण्टाको दरले एसोसिएसनले विगत तीन वर्षदेखि कक्षा सञ्चालन गर्दै आएको छ। एसोसिएसनले नेपाली अभिभावकहरूकै सहयोग लिएर स्वयंसेवक […]
बझाङमा काँडा गाँउपाली ५ बाट एमालेको विजयी सुरुवात
होम योगी, बझाङ, असार,५- नेकपा एमाले बझाङको काँडा गाँउपालीका ५ मा प्यानल निर्विरोध निर्वाचित भएको छ । काडाँ गाउँपालिका ५ मा एमालेका वडा अध्यक्ष धन्नजय बोहराको प्यानल निर्विरोध निर्वाचित भएको स्थानीय गोरख बहादुर बोहराले बताए । आईतबार भएको मनोनय दर्तामा काडाँ गाउँपालिका ५ बाट अन्य दलको उम्मेदवारी उम्मेदवारी नपरेपछि एमालेका वडा अध्यक्ष पदका उम्मेदवार धन्नजय […]
नक्कली सिआइवी बनी काठमाडौंमा लुटपात गर्ने दाङका कुलानन्द र आसिका पक्राउ
नरेश खड्का, दाङ, असार ,५- सिआइवी प्रहरी हुँ भन्दै काठमाडौं उपत्यकाभित्र ठगी र अपहरण धन्दा मच्चाउने गिरोहलाई प्रहरीले पक्रेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले गिरोहलाई राजधानीका विभिन्न स्थानबाट पक्रेको हो । पक्राउ पर्नेमा साविक सैघा–६ दाङका ३१ वर्षीय कुमानन्द भन्ने कोमानन्द खड्का, दाङ घोराही–३ की १९ वर्षिया शुरु केसी भनिने असिका परियार, […]










