खुमबहादुरको गृह जिल्ला दाङमा सबै उम्मेद्वार उनि निकटका

नरेश खड्का, दाङ, असार,१- नेपाली कांग्रेसले दाङमा मेयर र उपमेयरका उम्मेद्वार बुधबार टुङ्गो लगाएको छ। तुलसीपुर उप–महानगरपालिकाको मेयरमा कांग्रेसले पूर्वसांसद गेहेन्द्र गिरीलाई उम्मेदवार बनाएको छ। गिरी नेपाली कांग्रेस दाङको दुई कार्यकाल सभापति भइसकेका नेता हुन्। पार्टीको १३औं महाधिवेशनमा तुलसीपुर नगरको सभापतिमा निर्वाचित उनी महाधिवेशन प्रतिनिधिमा आउन नसक्दा जिल्लामा फेरि छाउने चाहानामा भने ब्रेक लागेको थियो। […]

काग्रेसले दाङमा उम्मेद्वार टुंग्यायो

नरेश खड्का, घोराही, असार,१- नेपालि काग्रेसले दाङको घोराही, तुलसिपुर उपमहानगरपालिका र लमही नगरपालिकामा पार्टिको तर्फवाट उठ्ने मेयर÷उपमेयरको टुंगो लगाएको छ । केही दिन यता लगातार बसेको काग्रेसको कार्र्य सम्पादन समितिको बैठकले घोराही, तुलसिपुर उपमहानगरपालिका र लमही नगरपालिकामा उठाउने आधिकारीक उम्मेद्वारको टुंगो लगाएको हो । काग्रेसले घोराहीमा काग्रेस नेता भुपबहादुर डाँगिलाई मेयरको उम्मेद्वार बनाएको छ भने […]

आजदेखि कक्षा ११ को परीक्षा सुरु

नरेश खड्का, दाङ, असार, १- आजदेखि सुरु हुने कक्षा ११ को परीक्षामा राप्तीबाट एक्काइस हजार बढी विद्यार्थीले सहभागिता जनाउँदै छन् । नियमित र आंशीकतर्फ गरी २१ हजार २ सय ७४ जनाले सहभागिता जनाउन लागेको राष्ट्रिय परीक्षा बोर्ड शाखा कार्यालय दाङले जनाएको छ । जसअनुसार नियमिततर्फ १६ हजार ५ सय २५ र आंशीकतर्फ ४ हजार ४ […]

चार दलको बैठक निष्कर्ष्विहीन, राजपा सँग आज पनि छलफल गरिने

काठमाण्डौ,असार,१– प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) सहित मुख्य तीन दल र राष्ट्रिय जनता पार्टी (राजपा) का शीर्ष नेताहरुको बैठक बिनानिष्कर्ष टुङ्गिएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा संविधान संशोधन, स्थानीय तहको सङ्ख्यामा वृद्धि र राजपालाई निर्वाचनमा सहभागी गराउनेलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न हिजो बेलुका बसेको बैठकले आज पुनःबस्ने गरी बिनानिष्कर्ष टुङ्गिएको हो । बैठकमा (एमाले) […]

काँग्रेसले तीनवटा प्रदेशमा उम्मेदवार टुङ्गो लगायो

काठमाडौ,असार, १ असार १४ गते हुने दोस्रो चरणको निर्वाचनका लागि नेपाली काँग्रेसले २ नम्बर प्रदेशबाहेक अन्य प्रदेशको उम्मेदवारको टुङ्गो लगाएको छ । पार्टीको केन्द्रीय पदाधिकारीको बुधबार बसेको बैठकले प्रदेश नंं। १, ५ र ७ का उम्मेदवारको टुङ्गो लगाएको पार्टी केन्द्रीय सचिवालयले जानकारी दिएको छ । एकभन्दा बढी आकाङ्क्षी रहेको विराटनगर र दाङको उम्मेदवार पनि टुङ्गो […]

बैतडीमा ३ जना म्यादी प्रहरीलाई बरखास्त

होम योगी, बैतडी, जेठ,३१- मदिरा सेवन गरेर अनुशासन विपरीत काम गरेको भन्दै बैतडीमा ३ जना म्यादी प्रहरीलाई बरखास्त गरिएको छ । बरखास्त हुनेमा बैतडीको सूर्नया गाउँपालिकाका रामसिंह महरा, नरेन्द्र सिंह ऐरी र धर्म बहादुर मडै रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरिक्षक हेरम्ब शर्माले बताए । उनीहरुले आवासगृहमा राति मदिरा सेवन गरेर प्रहरी अनुशासन […]

नेपालगञ्ज उप महानगरपालिका वडा नं ८ मा काग्रेसको सम्पर्क कार्यालय सन्चालन

नेपालगन्ज,जेष्ठ ३१- नेपालगञ्ज उप महानगरपालिका वडा नं ८ मा नेपाली काँगे्रस क्षेत्रीय कार्यसमितको निर्वाचन प्रचार प्रसार तथा सम्पर्क कार्यालय सञ्चालनमा ल्याइएको छ । नेपाली काँगे्रसका केन्द्रीय सदस्य किशोर सिंह राठौरले कार्यालयको उदघाटन गर्दै काँगे्रसले सबैको अधिकार सुनिश्चित गर्न लामो संघर्ष गरेको भन्दै समग्र विकासका लागि स्थानीय तहको निर्वाचनमा मतदान गर्नु आहवान गर्नु भयो । उहाँले […]

संचार क्षेत्र बाट आएका गायक जि.एम र मोडल थापाले लोक दोहोरिमा राज गर्दै

सिर्जना बर्देवा, ओखलढुङगा,जेठ,३१- पछिल्लो समयमा गायक तथा मोडलको नाम लिने हो भने अग्र स्थानमा आउने नाम हो मोडल बुद्धबिर थापा र गायक गोपाल नेपाल जि.एम, लोक सांगितीक बजारमा हजारौं दर्शक स्रोताका मन मुटुका ढुकढुकी हुन् जि.एम र थापा । यी दुई जनाको नाम नलिने र नचिन्ने सायदै भेटिदैन । यी जोडीका पृष्ठभुमि जान्न चाहाने दर्शक […]

दैलेखमा बस दुर्घटना, १० जनाको मृत्यु

काठमाडौं,जेठ,३१- कालिकाटको जितेकाँडाबाट महेन्द्रनगरका लागि छुटेको बस दैलेखको आठवीस नगरपालिका४ मा नैनाल भन्ने ठाउँमा दुर्घटना भएको छ ।ना ४ ख २९९८ नम्बरको बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । दु्र्घटनामा मृत्यु हुनेहरूमा ७ जना पुरूष, २ जना महिला र एक जना बालिका रहेको दैलेखका प्रमुख जिल्ला अधिकारी प्रकाश अधिकारीले जानकारी दिए । प्रमुख […]

क्षेत्र नं.३को चुनावी बैठक सम्पन्न

भानुभक्त बस्नेत घोराही,जेठ,३१ राप्रपाको क्षेत्र नं.३को चुनावी बैठक सम्पन्न भएको छ । क्षेत्र नं.३का अध्यक्ष नरबहादुर बुढाथोकीको अध्यक्षतामा बैठक भएको हो । बैठकमा आफ्ना मुद्धाहरु कसरी जनता समक्ष ल्याउने भन्ने विषयमा केन्द्रित रहेर छलफल गरिएको थियो । बैठकमा महँगो चुनावी खर्चलाई कसरी सरलीकृत गर्ने,राप्रपा जनसेनामा समर्पित हुने प्रतिबद्धता समेत व्यक्त गरीएको हो । बैठकमा घोराही […]