मधुपौडेल बाँके,जेठ,२१- बाँकेमा सोमबार विश्व वातावरण दिवस विभिन्न कार्यक्रम गरी मनाइदै छ । विषेश गरी “म प्रकृति सगै छु” भन्ने मुल नाराका साथ विश्व भर यो दिवस मनाइएको छ । बाँकेमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने भएको छ । नेपालगंज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यको अध्यक्षमा सम्पन्न एक छलफल कार्यक्रममा नेपालगंजमहानगर पालीकालाई […]
समाचार
राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय समाजवादी फोरम नेपालले देउवा सरकारलाई समर्थन गर्ने
काठमाडौं, जेठ २१- राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाली काँग्रेशका सभापती शेरबहादुर देउवा नेतृत्वको सरकारलाई समर्थन गर्दै मतदान गर्ने निर्णय गरेको छ । नयाँ बानेश्वरमा आज दिउँसो बसेको राप्रपा संसदीय दलको बैठकले देउवा सरकारलाई समर्थन जनाउने निर्णय गरेको हो । उपप्रधानमन्त्री नपाएसम्म सरकारमा नजाने अडानमा रहेका राप्रपा अध्यक्ष कमल थापाले अन्ततः सरकारमा सहभागी हुने निर्णय गर्नु भएको […]
भरतपुरमा पुनः मतदान रोक्न सर्बोच्चमा रिट
काठमाडौं, जेठ २१- भरतपुर महानगरपालिका वडा नं.१९ मा पुनःमतदान गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।भरतपुरमहानगरपालिका वडा नं. १९ मा एमालेबाट वडा सदस्यका उम्मेद्वार गुन्जनमान विक र अधिवक्ता तुलसीराम पाण्डेले निर्वाचन आयोगको निर्णय बदर गर्न माग गर्दै आज सर्वोच्च अदालतमा रिट दर्ता गराएका हुन् । रिटमा च्यातिएका ९० मतपत्र बदर मानेर […]
संसद बैठक मंगलबारसम्मका लागी स्थगित
काठमाडौं,जेठ,२१- व्यवस्थापिका संसद बैठक स्थगित भएको छ । बिहान ११ बजेको लागि बोलाइएको बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको संसद सचिवालयले जनाएको छ । संसद अबरुद्ध खुलाउन दलहरूबीच अनौपचारिक छलफल भएको थियो ।अन्तत सहमति हुन नसकेपछि व्यवस्थापिका संसद सचिवालयले सुचना टांसेर प्रधानमन्त्रीको निर्वाचन मंगलबार ११ बजे सम्मका लागि सारेको जनाएको हो । प्रमुख प्रतिपक्षी दल […]
भ्रष्टाचार आरोपी चूडामणि शर्मालाई अदालत लगियो
काठमाडौं,जेठ,२१- भ्रष्टाचारको अभियोगमा पक्राउ परेका आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मालाई म्याद थपका लागि विशेष अदालतमा पेस गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सादा पोशाकका सुरक्षाकर्मी समेतको उच्च सुरक्षा घेरामा शर्मालाई आज म्याद थपका लागि विशेष अदालतमा पेस गरिएको हो। अदालत परिसरमा सुरक्षा घेरा भित्रैबाट विभागका महानिर्देशक शर्माले आफूले विद्यमान ऐन नियममा उल्लेखित व्यवस्थाअनुसार विधिसम्मत […]
रोनाल्डोको २ गोलपछि प्रतिष्ठित च्याम्पियन्स लिगको उपाधी रियल म्याड्रिडलाई
काठमाडौं, जेठ २१- क्रिस्टियानो रोनाल्डोको २ गोलको सहयोगले इटालियन क्लब युभेन्ट्सलाई ४–१ ले पराजित गर्दै रियल म्याड्रिडले युरोपको सबैभन्दा प्रतिष्ठित च्याम्पियन्स लिगको उपाधि जितेको छ। वेल्सको कार्डिफमा आज बिहान सम्पन्न फाइनल खेलमा रोनाल्डोले २० र ६४ मिनेटमा गोल गरेपछि इटालीका सबैभन्दा अनुभवी गोलरक्षक जियानलुइगी बुफोनको टोली स्तब्ध बन्न पुग्यो। पहिलो हाफको खेललाई १–१ गोलको बराबरीमा […]
‘डी सिने अवार्ड’मा २० विधामा ‘छक्का पन्जा’नायक(नायिकामा )को को परे (नामसहित)
काठमान्डौ,जेठ २१- यस बर्षको ‘नवौं डी सिने अवार्ड’ हेटौडामा हुने भएको छ । शनिबार हेटौडामा पत्रकार सम्मेलन गर्दै आयोजक संस्था ‘छायाँछवी क्रियशन’ले असार २२ गते हेटौडामा अवार्ड सम्पन्न गर्ने जनाएको छ । गतबर्ष प्रदर्शनमा आएका ८६ चलचित्रमध्ये ५५ चलचित्र यसवर्षको अवार्डमा सहभागी भएका छन् । २९ विधाका उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको हो । मनोयनमा […]
नयाँ प्रधानमन्त्रीका लागि आज संसदमा निर्वाचन हुदै
काठमाडौ,जेठ,२१- व्यवस्थापिका संसदमा आज मुलुकको ४० औं प्रधानमन्त्रीको निर्वाचन हुने भएको छ ।संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालीका अनुसार आज ११ बजे संसद्मा प्रधानमन्त्री निर्वाचनको प्रक्रिया अघि बढ्ने छ । प्रधानमन्त्री पदकालागि नेपाली कांग्रेसका सभापति शेर वहादुर देउवाको एकल उम्मेदवारी परेको छ । विपक्षी दल एमालेको अवरोध कार्यक्रम घोषणाअनुसार यथावत रह्यो भने प्रधानमन्त्री निर्वाचन प्रक्रियामा अवरोध […]
सुदूर सुपर स्टार अडिसन बाजुरामा गायन तथा नृत्य कला तर्फको प्रतिभा छनोट
रमित बि.क. बाजुरा,जेठ,२१- दोस्रो मेघा राउण्डको रियालीटी सो मार्तडीमा प्रस्तुत गरिएको छ । सुदूर सुपर स्टार छनाटका लागि मार्तडीमा दोस्रो मेघा राउण्ड अडिसन रियालीटी शो प्रर्दशन गरिएको हो । गायन र नृत्य तर्फका दुबै विधामा प्रतिभा छनोट गर्न रियालीटी शो प्रर्दशन गरिएको आयोजक ब्ल्याक एण्ड ह्वाईट प्रोडक्सन प्रा.लि. धनगढीमा कार्यक्रम संयोजक केशव बलायरले जानकारी दिनु […]
प्रधानमन्त्रीमा देउवा मात्रै उम्मेदवार
काठमाडौ,जेठ, २१- बहुमतीय प्रक्रिया अनुसार प्रधानमन्त्री पदका लागि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको मात्र उम्मेदवारी दर्ता भएको छ । संसद सचिवालयले मनोनयन दर्ताका लागि प्रकाशन गरेको कार्यतालिकाको समयसीमाभित्र काँग्रेस र नेकपा माओवादी केन्द्रको पूर्व समझदारीअनुसार देउवाको मात्र उम्मेदवारी दर्ता गर्नुभएको हो । प्रमुख विपक्षी दल नेकपा एमालेबाट वामदेव गौतमले उम्मेदवारी दिने चर्चा भए पनि उम्मेदवारी […]










