काठमाडौँ, जेठ,१७- भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा च्यातिएका मतपत्रको संख्या गनेर रिपोर्ट पठाउन निर्वाचन आयोगले निर्देशन दिएको छ। पहिलो चरणको स्थानीय तह निर्वाचन अन्तर्गत भरतपुर महानगरपालिका वडा नं. १९ को मतगणना गर्ने क्रममा मतपत्र च्यातिएको विषयमा आयोगको आज बसेको बैठकले चितवनका मुख्य निर्वाचन अधिकृतलाई उक्त निर्देशन दिएको हो। आयोगबाट खटिएको अनुगमन टोलीको जेठ १७ गतेको प्रतिवेदनको […]
समाचार
भरतपुरको मत गन्न माग गर्दै एमालेद्वारा सदन अवरुद्ध
काठमाण्डाैं, जेठ,१७- नेकपा एमालेले भरतपुर महानगरपालिकाको मत गणना तत्काल सुरु गर्नुपर्ने माग गर्दै आजको व्यवस्थापिका संसद बैठक अवरुद्ध गरेको छ । सभामुख ओनसरी घर्तीले आजको व्यवस्थापिका संसद बैठक प्रारम्भ भएको जानकारी गराए लगत्तै एमाले सांसदले उठेर विरोध जनाएका थिए । बैठकमा समय लिएर बोलेका एमाले सांसद सुरेन्द्र पाण्डेले मतपत्र च्यात्ने नेकपा माओवादी केन्द्रको क्रियाकलापलाई पराजित […]
नेपालको संघीय सरकारमा अब प्रधानमन्त्रीसहित १८ मन्त्री मात्रै हुने
काठमाण्डाैं,जेठ, १७- नेपालको संघीय सरकारमा अब प्रधानमन्त्रीसहित १८ मन्त्री मात्रै हुने भएका छन् । अधिकार सम्पन्न संघीय प्रशासनिक पुनः संरचना समितिले आज संसदको राज्यव्यवस्था समितिमा पेश गरेको प्रतिवेदनमा १८ मन्त्रालयको प्रस्ताव गरिएको छ । सरकारले गत वैशाख २१ गते सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीको संयोजकत्वमा अधिकार सम्पन्न समिति गठन गरेको थियो । समितिमा एमाले सांसद […]
दोस्रो चरणको चुनाव असार १४ गते गर्ने निर्णय
काठमाडौं,जेठ,१७- सरकारले दोस्रो चरणको स्थानीय चुनाव आगामी असार १४ गते गर्ने निर्णय गरेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले असार १४ गते चुनाव गर्ने निर्णय गरेको हो । यसअघि जेठ ३१ गतेलाई तोकिएको चुनावलाई सारेर असार ९ गते पुर्याइएको थियो । ९ गते मुस्लिम समुदायको महान पर्व परेको भन्दै चुनाव पाँच […]
भरतपुर मतगणनाको अनुसन्धान छानबिन समितिले सक्यो
काठमाडौं, जेठ,१७- गत ३१ वैशाखमा भएको मतदानमा झन्डै एक लाख १२ हजार भरतपुरवासीले मतदान गरे । करिब एक लाख आठ हजार मत सुरक्षित गनियो । गणना गर्न बाँकी अन्तिम चार हजार मत निर्णायक हुनेवाला थियो । तर, सो मतगणना हुनै पाएन । एकाएक मतपत्र च्यातिएपछि अब वडा नं. १९ मा पुनः मतदान कि मतगणनालाई निरन्तरता […]
राजपालाई निर्वाचनमा जान भारतको आग्रह
काठमाडौं,जेठ, १७- निर्वाचन विथोल्ने गरी आन्दोदनको घोषणा गरेको राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) लाई निर्वाचनमा सहभागी हुन भारतीय पक्षले आग्रह गरेको छ । राजपाका नेताहरुसँग व्यक्ति टेलिफोन संवादमा पनि भारतीय नेताहरुले निर्वाचनमा सहभागी हुन आग्रह गर्दै आएका छन् । साथै मंगलबार भारतीय राजदूत मञ्जिव सिंह पुरीले पनि निर्वाचनमा जान आग्रह गरेका छन् । आजको नेपाल […]
असार ९ गते रमजान पर्छ भन्ने आफूहरुलाई हेक्का नभएको प्रधानमन्त्रीको भनाई
काठमाडौं,जेठ, १६- स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि सरकारले तोकेको असार ९ गतेका दिन मुस्लिम समुदायको मूख्य पर्व रमझान चाड पर्ने भएकाले निर्वाचनको मितिमा पूनर्विचार गर्न माग गर्दै मुस्लिम प्रतिनिधिहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन पत्र बुझाएका छन् । मुस्लिम समुदायको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री ले भन्नुभयो, ‘आज तपाईहरुलाई मैले नै यहाँ बोलाएको हुँ । हिजो […]
बाजुराको कोल्टीमा सेनाको विमान दुर्घटना
काठमाडौं,जेठ,१६– नेपाली सेनाको कार्गो विमान आज मध्याह्न बाजुराको कोल्टी विमानस्थल छेउमै दुर्घटना हुँदा पाइलट कैलाश गुरुङको मृत्यु भएको छ । अवतरण गर्ने क्रममा कल साइन एन ए ०४८ विमान कोल्टी विमानस्थलको धावनमार्ग नजिकैको दुर्घटनामा पर्दा नेपाली सेनाका सुबेदार पूर्णबहादुर खड्का र अनिता आले गम्भीर घाइते हुनुभएको छ । गम्भीर घाइते पाइलट गुरुङको उपचारका क्रममा कोल्टी […]
नेपालगंजमा जिवनजलविक्री वितरण कार्यक्रम शुभारम्भ
मधुपौडेल, बाँके,जेठ,१६- मध्ये र सुदुरपश्चिमका लागि विकट जिल्ला तथा गाउँ वस्तीका जनताहरुलाई जिवनजलको अभावले मृत्यु हुन नपरोस भन्ने उदेश्यका साथ नेपालगंजमा जिवनजलविक्री वितरण शुभारम्भ कार्यक्रम भएको छ । सात वर्ष देखी बन्द अवस्थामा रहेको नेपाल औषधि लिमिटेडले सरकारी अनुदान प्राप्त गरे पछि सो कार्य सुरुवात गरेको हो । पुर्ण सरकारी स्वामित्वमा रहेको लिमिटेडले सुरुका दिनहरुमा […]
सात वर्षमा १७ हजार मेगावाट विजुली
काठमाडौ,जेठ,१६- १० वर्षमा १० हजार मेगावाट विजुली उत्पादन गर्ने घोषणा कार्यान्वयन नहुदै सरकारले सात वर्षमा १७ हजार मेगावाट विजुली उत्पादन गर्ने उदघोष गरेको छ । अर्थमन्त्री कृष्णवहादुर महराले सोमवार संसदमा पेश गरेको वजेटमा सात वर्षभित्र १७ हजार मेगावाट विजुली उत्पादन गर्ने महत्वाकांक्षि घोषणा भएको हो । ०६५ सालमा प्रधानमन्त्री भएका वेला दाहाल सरकारले १० वर्षमा […]










