बाँके,पुस ४-बाँकेमा कृषि तथा वनसम्बन्धि उद्योग दर्ता हुने क्रम बढेको छ । आर्थिक वर्ष २०७२–०७३ मा मात्र बाँकेमा ४ सय ८ वटा कृषि तथा वन सम्बन्धि उद्योग दर्ता भएका छन् । साना किसानले समेत उद्योग दर्ता गरेर ब्यवसाय सञ्चालन गर्न थालेपछि कृषि तथा वन सम्बन्धि उद्योग दर्ता गराउनेको संख्या बढेको हो । कृषि ब्यवसाय बढाउन […]
समाचार
घाँस काट्न वनमा जाँदा लडेर घाइते भएकी कुँवर मृत्यु
जुम्ला,पुस ४-घाँस काट्न वनमा जाँदा लडेर घाइते भएकी ताम्ती–१ सर्मीकी कुशम कुँवरको उपचार गर्दै गर्दा ज्यान गएको छ । उहाँ गर्भवती हुनुहुन्थ्यो । गएको शनिबार घाँस काट्न वनमा गएको बेला पुलेखोला भिरबाट लडेर घाइते भएकी कुँवरको उपचारको क्रममा आज बिहान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ज्यान गएको प्रहरी नायव उपरीक्षक गुरुविष्णु काफ्लेले जानकारी […]
समाजिक सद्भावका लागी सबै संयमित हुनुपर्नेमा एक कार्यक्रमका वक्ताहरुको जोड
बाँके,पुस ४-सामाजीक सद्भाव र सामुहिक सुरक्षाका लागी सबै संयमित हुनुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । नेपालगन्जमा सम्पन्न सामाजीक सद्भाव र सामुहिक सुरक्षा विषयक कार्य समिक्षा तथा छलफल कार्यक्रममा सो कुरामा जोड दिइएको हो । युएन डि पि को सहयोग र बागेश्वरी असल शासन क्लव र सुरक्षा मानव अधिकार अनुसन्धान केन्द्रको आयोजनामा कार्यक्रम सम्पन्न […]
मटेहियामा मंसिर २७ गते दुईपक्षबिच भएको झडपमा घाइतको उपचारको क्रममा निधन
बाँके,पुस ४-बाँकेको मटेहियामा मंसिर २७ गते दुईपक्षबिच भएको झडपमा घाइते भएका एक जनाको उपचारको क्रममा निधन भएको छ । लक्ष्मणपुर–५ का मौलाना बजहुल कम्मर खाँको काठमाडौंको शिक्षण अस्पतालमा आज बिहान ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी राईले जानकारी दिनुभयो । यसअघि यो घटनामा नरैनापुर–३ का मेनेजर खानको शिक्षण अस्पताल नेपालगञ्जमा उपचारको क्रममा ज्यान […]
स्वतन्त्र पत्रकार संघ बाँके शाखाको पहिलो बैठक सम्पन्न
बाँके,पुस ३ –स्वतन्त्र पत्रकार संघ बाँके शाखाको पहिलो बैठक आज सम्पन्न भएको छ । स्वतन्त्र पत्रकार संघ बाँके शाखाका अध्यक्ष नमस्कार शाहको अध्यक्षतामा बैठक बसेको थियो । संघको शाखा बाँकेमा स्थापित भएपछि आज पहिलो बैठक बसेको हो । आज बसेको पहिलो बैठकले संघमा आवद्ध सदस्यहरुलाई कार्ड र ज्याकेट एक हप्ता भित्रमा वितरण गर्ने निणर्य गरेको […]
मानव बेचविखन विरुद्धको दुइदिने कार्यशाल नेपालगंजमा शुरु
मधुपौडेल नेपालगंज पुस ३- मानव बेचविखन कसरी रोक्न सकिन्छ भन्ने विषयको कार्यशाला नेपालगंजमा सुरु भएको छ । युनिसेफ, माइती नेपाल नेपालगंज, मानव बेचविखन विरुद्धको जिल्ला कार्य समिति बाके , र सिओ को सयुक्त सहकार्यमा भैरहेको कार्यशालामा नेपाल तथा भारतबाट जो चेलीबेटि बेच विखनको विरुद्धमा लागेका प्रतिनिधिहरुको उपस्थिति रहने कुरा माइती नेपाल नेपालगंज का क्षेत्रीय […]
जोखिममा यात्रा गर्न बाध्य यात्रु
बझाङ, पुस ३ – बझाङको चैनपुरबाट कैलालीको अत्तरियासम्म जोखिम मोलेर यात्रा गर्नु परेको यात्रुले बताएका छन् । बझाङबाट खोड्पेसम्मको यात्रा कहाली लाग्दो भएको यात्रुको भनाई छ ।एक लेनको घुमाउरो सडक र ठाउँठाउँमा मोड भएकाले यो खण्डमा यात्रा गर्न निकै कठिन छ । साँघुरो र घुमाउरो सडकका ठाउँठाउँमा खाल्डाखुल्डी मर्मतमा समेत सम्बन्धित निकायले ध्यान नदिँदा दुर्घटनाको […]
दाङमा यातायात, बजार, कलकारखाना बन्द,शैक्षिक संस्था भने खुले
दाङ, पुस ३- सरकारले संविधान संशोधनको लागि गरेको प्रस्तावको विरोध गर्दै एनेकपा एमालेले गरेको बन्दका कारण दाङ जिल्लमा आज पनि यातायात, बजार, कलकारखाना भने बन्द रहेका छन् । तर शैक्षिक संस्था भने बिहानैदेखि खुलेका छन् । बन्दकर्ताले शैक्षिक संस्था खुल्न दिने भनेपछि शैक्षिक संस्था खुलेका हुन् । सरकारले संसदमा दर्ता गराएको पाँच नम्बर प्रदेश सीमाङ्कन […]
अन्तर्राष्ट्रिय आप्रवासन दिवसःनेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदै
काठमाडौं, पुस ३ – आज डिसेम्बर १८ अर्थात् अन्तर्राष्ट्रिय आप्रवासन दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइदैछ ।सुरक्षित आप्रवासनका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट आइतबार विभिन्न कार्यक्रम गरिंदैछ । सन् १९९० मा विश्व आप्रवासी कामदार र उनीहरुका परिवारको हक अधिकार संरक्षणका लागि संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय महासन्धि पारित गरेको थियो ।सोही दिनको सम्झनामा हरेक […]
शौचालय नभए पनि स्थानीय निकायबाट पाउने सेवा सुविधाबाट बञ्चीन नगर्न उच्च अदालतको आदेश
बाँके ,पुस ३ –शौचालय नभएकै कारण स्थानीय निकायबाट पाउने सेवा सुविधाबाट सर्वसाधारणहरुलाई बञ्चित नगर्न उच्च अदालत तुलसिपुर,नेपालगंज इजलासले परमादेश आदेश जारी गरेको छ । महिला कानुन र विकास मञ्च तथा आईएचआरसी बाँकेको सहकार्यमा जेष्ठ नागरिक जगदिश प्रसाद तिवारीले जिल्ला विकास समिति गत असार २२ गते मुद्दा दायर गरेका थिए । उक्त रिटका सुनुवाई गर्दै उच्च […]