काठमाडौं,वैशाख १०-नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ४५ पुगेको छ ।बुधबार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गरिएका ‘पीसीआर’ नमुनामध्ये तीनजनामा कोरोना संक्रमण देखिएसँगै संक्रमितको संख्या ४५ पुगेको हो । थपिएकाहरु तीनैजना पुरुष हुन् । २४ वर्षीय, ६० वर्षीय र ७२ वर्षीय पुरुष संक्रमित भएका हुन्।संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता […]
समाज
एकैदिन ११ जना कोरोना संक्रमित थपिएपछि उदयपुर जिल्ला ‘सिल’
उदयपुर,वैशाख,९-उदयपुरको भुल्केमा थप ११ जनामा कोरोना संक्रमण भएको पुष्टि भएसँगै प्रदेश नम्बर–१ सरकारले मंगलबार देखी नै पूरै जिल्लालाई चारैतिरबाट ‘सिल’ गर्ने निर्णय गरेको छ । उदयपुरबाट अन्य जिल्लामा कोरोना संक्रमण फैलिन नदिन यस्तो निर्णय गरेको प्रदेश सरकारका सामाजिक विकासमन्त्री जीवन घिमिरेले जानकारी दिनमभयो । उदयपुर जिल्लामा पूर्णरुपमा ‘लकडाउन’ गर्ने र जिल्लाका सबै नाका सिल गर्ने […]
नेपाल : लकडाउनको २९ औं दिन, संक्रमीतको संख्या ३२ पुग्यो
काठमाडौं,बैशाख,९- नेपाल सरकारले कोरोनाभाइरस रोकथामका लागी लागु गरेको लकडाउन मंगलबार २९ दिन पुगेको छ । कोरोनाभाइरस (कोभिड–१९) को रोकथामकालागि सरकारले गत चैत ११ गते यता लकडाउन गरेको थियो । लकडाउनका कारण दैनिक जिवन प्रभावित बनेको छ । अत्यावश्क काम र सेवाहरु बाहेकका सबै क्रियाकलापहरु बन्द छन् । मंगलबार पनि संघीय राजधानी काठमाडौं लगायतका शहरका सडकहरुमा […]
जापानमा कोरोनाले लियो २४८ जनाको ज्यान, ११,५०६ जना संक्रमीत
जापान,बैशाख,८-जापानमा कोरोना भाइरस (कोभिड–१९)का कारण सोमबार बिहान सम्म २ सय ४८ जनाको मृत्यु भएको छ । एकै दिनमा १३ जनाको निधन भए संगै मृतकको संख्या २४८ पुगेको हो । एकै दिन नयाँ ३७४ जनामा संक्रमित देखिएको छ ।अहिले सम्म जापानमा कोरोना भाईरस संक्रमितको संख्या ११ हजार ५ सय ६ जना पुगेको छ।पछिल्लो तथ्यांक अनुसार निको […]
कोरोना संक्रमित स्वस्थ भइ ‘डिस्चार्ज’ प्रधानमन्त्रीद्वारा बधाई
काठमाडौं, वैशाख,६-प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाभाइरस संक्रमति व्यक्ति स्वस्थ भइ अस्पतालबाट ‘डिस्चार्ज’ भएकामा उहाॅंको आरोग्यको कामना गर्नुभएको छ । नेपालकी दोस्रो कोरोना संक्रमित बिरामी उपचारपछि निको भएर शनिबार घर फर्किएकी हुन् ।काठमाडौंकी १९ वर्षीया ती युवती टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज भएकी थिइन् । प्रधानमन्त्री ओलीले उहाॅंको उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मीहरू लगायतलाई […]
भोका शिक्षक र विद्यार्थीलाई शिवपुरी माविको राहत
काठमाडौं,बैशाख,५-कोरोना भाइरसको त्रासको कारण मुलुक लकडाउनमा थियो । शिक्षक, विद्यार्थी र अभिभावक सबै होम क्वारेन्टाइनमा ।जब सरकारले बैशाख २ गते तेस्रो पटक लकडाउनको अवधी थप गर्यो । मुलुकभर खाद्यान्न अभावका समाचारहरु आउन शुरु भयो । काठमाडौंबाट खाद्यान्न अभावका कारण मानिसहरु हिडेरै कष्टसाथ आफ्ना गाउँ फर्किएका खबरहरु बाक्लिन थाले ।शिवपुरी मावि बालुवाटारका प्रधानाध्यापक दिवाकर दूरदर्शीले खाद्यान्न […]
वैशाख १५ गतेसम्म लकडाउन बढाउने सरकारको निर्णय
काठमाडौं,वैशाख,१५-सरकारले कोरोना भाइरस रोथामका लागि जारी राखेको लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ ।आज बसेको मन्त्रिपरिषद बैठकले लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो । सरकारले अन्तिम पटक थपेको लकडाउनको समयावधि भोलि सकिँदैछ । मुलुकभित्र कोरोना संक्रमित बढिरहेको र परीक्षणको दायरा अझ बढाउनुपर्ने भएकोले लकडाउन पुनः एक साताका लागि थपिएको हो । […]
सनसिटीमा बस्ने २ जनामा कोरोना संक्रमण: त्यहाॅं बस्ने सबैको परीक्षण गरिने
काठमाण्डौं,बैशाख,२-पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा बसेका एकै परिवारका तीन जना मध्ये दुई जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।एक जनाको पीसीआर परीक्षणमा कोरोना संक्रमण नभेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मंगलबार आएको रिपोर्टमा ८१ वर्षीय आमा र ५७ वर्षीय छोरामा कोरोना पोजिटिभ देखिएको थियो भने बुहारीको कोरोना नेगेटिभ देखिएको मन्त्रालयले पुष्टि गरेको […]
नयाँ वर्ष २०७७ साल आजबाट शुरु
काठमाडौं,बैशाख,१-नयाँ वर्ष २०७७ साल आजबाट शुरु भएको छ ।विक्रम संवत् अनुसार वर्ष २०७६ साललाई बिदा गरी वर्ष २०७७ साल आज(सोमबार)बाट सुरु भएको हो । विक्रम संवत हिन्दू पञ्चाङ्गमा आधारित पात्रो हो, जुन प्राचीन हिन्दू परम्परा, वैदिक समय र सूर्यसँग सम्बन्धित रहेको मानिन्छ । यो पात्रो नेपाल, भारत, श्रीलंका र बंगलादेशमा पनि प्रयोगमा रहेको छ । […]
कक्षा १२ र एसईईको परिक्षा बैशाखमा संगै हुने
काठमाडौँ,चैत,२३-आगामी बैशाखमा कक्षा १२ र एसईईको परिक्षा संगै गर्न सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । चैत ६ गतेबाट हुने एसईई परिक्षा कोरोना भाईरसका कारण रोकिएको थियो । बोर्डको निर्धारित समय तालिकाअनुसार नै आगामी बैशाख ८ गतेबाट कक्षा १२ को परीक्षा हुने बताएको छ। कक्षा ११ को परीक्षा भने बैशाख २१ गतेबाट हुनेछ । ‘एसईई परीक्षा बिहान र कक्षा १२ […]





