ए डिभिजन लिगमा : आर्मी, थ्रीस्टार र पुलीसको जीत

काठमाडौं,मंसिर,१०- आज भएको सहिद स्मारक ए डिभिजन लिग फुटबलको चौथो राउण्डको खेलमा संकटा क्लबलाई फराकिलो अन्तरले पराजित गर्दै आर्मी लिगको शीर्ष स्थानमा उक्लिएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा संकटालाई आर्मीले ५-१ गोलअन्तरले पराजित गर्न सफल भयो । आर्मीको जितमा टेकबहादुर बुढाथोकीले २, भरत खवास, सन्तोष तामाङ र दिनेश हेन्जमले गोल […]

गुरुवा गाउँ मेलामा कांग्रेस इकाईद्धारा पानी तथा प्राथमिक उपचार सेवा प्रदान

नेपालगञ्ज,मंसिर,८- बाँकेको गुरुवा गाउँमा जारी मेलामा नेपाली कांग्रेस इकाई समितिले पेय जल तथा प्राथमिक स्वास्थ्य उपचार सेवा प्रदान गरेको छ । जानकी गाउपालिका वडा नं. ५ गुरुवा गाउँमा शुक्रवारबाट शुरु भएको तीन दिने मेलामा दर्शकहरुलाई पानीको अभाव तथा चोट पटक लागेको तत्काल आवश्यक औषधीको अभाव हुन नदिन इकाई समितिले शुद्ध पेय जल तथा प्राथमिक उपचारको […]

खुल्ला वक्तृत्वकलामा शिक्षा कंडेल प्रथम

नेपालगञ्ज,मंसिर,७- बाँकेको खजुरा गाउँपालिका वडा नं.३ स्थित नेपाल राष्ट्रिय माध्यमिक बिद्यालयमा शुक्रबार आयोजना गरिएको वक्तृत्वकला प्रतियोगितामा शिक्षा कंडेल प्रथम भएकी छन । “वर्तमान अवस्थामा चर्पीको महत्व” बिषयक खुल्ला वक्तृत्वकला प्रतियोगितामा ६ कक्षामा अध्ययनरत शिक्षाले आठ जना प्रतिस्पर्धीलाई उछिन्दै प्रथम हुन सफल भएकी हुन । बिद्यालयको सहकार्य, बाल क्लबको संयोजन, प्लान इन्टरनेशनल नेपाल र गेरुवा ग्रामीण […]

नेपालगंजको बि-पि चोकमा बालाजी स्वीट हाउस संचालनमा

नेपालगन्ज,मंसिर,५- नेपालगन्ज उपमहानगरपालिका वडा नं ११ नेपालगन्ज मेडिकल कलेज नेपालगन्जको सामुन्ने लालाजिको पुरानो मिठाइँ पसल बालाजि स्वीट हाउस सञ्चालनमा अाएको छ । नेपालगन्ज उपमहानगरपालिका सुर्खेत रोड नजिकका ग्राहकहरुलाई मध्यनजर गर्दै मिठाइँ पसल सञ्चालनमा ल्याएको प्रदिप कुमार गुप्ता र हर्षित गुप्ता बताए । यस भेगका मिठाइँ , छोला भटौरा, छोलासमोसा खान त्रिभुवन चोकमा जानु पर्ने समस्या हटेको […]

बाँकेको नेपालगंजमा धुमधामका साथ मोहम्मद डे मनाउँदै

नेपालगन्ज,मंसिर,५- ईस्लामिक धर्मका अन्तिम प्रवक्ताका रुपमा मानिने मोहम्मद सल्लल्लाहो अलैह बसल्लम १४४० अौं हिजरी उत्सव नेपालगन्जमा पनि धुमधामका साथ मनाउँदै गरिएको छ । मोहम्मद डे प्रत्येक वर्ष जस्तै यस वर्ष पनि नेपालगन्जमा बाजागाजा सहित जुलुस निकाली शहर परिक्रमा गरेर मनाईरहेको छ । कोही पैदल, कोही गाडीमा त कोहीले मोटरसाइकलमा र्याली निकालेका छन् । ईस्लामिक क्यालेन्डर […]

पप्पु कन्स्ट्रक्सनलाई सम्पूर्ण ठेक्का प्रक्रियामा रोक

काठमाडौं,मंसिर,४- सरकारले पप्पु कन्स्ट्रक्सनलाई सम्पूर्ण टेण्डर प्रक्रियामा रोक लगाएको छ । सिक्टा सिँचाइ आयोजनाले ठेक्का सम्झौता अनुसार समयमै काम नसकेको भन्दै कोस्टाल पप्पु जेभीलाई कालोसूचीमा राख्न सिफारिस गरेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सम्पूर्ण टेन्डर प्रक्रियामा रोक लगाएको हो । कार्यालयले आज सार्वजनिक सूचना जारी गर्दै सिक्टा आयोजनाले गरेको उजुरी अध्ययन गर्दा […]

मुलुककै उत्कृष्ट करदाताको रुपमा नोबेल अस्पताल सम्मानित

काठमाण्डौं,मंसिर,२- स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक मध्ये मुलुकमै सवैभन्दा बढी आयकर तिरे वापत बिराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटललाई सम्मान गरिएको छ । आर्थिक बर्ष २०७३÷०७४ मा स्वास्थ्य तथा शिक्षा क्षेत्रमा मुलुककै उत्कृष्ट करदाताको रुपमा नोबेललाई सरकारको तर्फबाट सम्मानित गरिएको हो । ​सातौं कर दिवसको अवसरमा शनिवार राजधानीमा आयोजित कर दिवस समारोहमा अर्थमन्त्री डा.युवराज […]

धनकला कुँवरको नयाँ गीत ‘लाम त माया’ बोलको भिडीयो सार्वजनिक

काठमाडौं,मंसिर,१- पछिल्लो समय नेपालि गित सांगीत बजारमा नयाँ नयाँ गित आउने क्रम दिन प्रतिदिन बढ्दो छ । माया प्रेममा आधारित नयाँ नयाँ गितलाई शहर देखि गाँउ सम्मका यूवा वर्गले खुबै मन पराउने गरेका छन् । माया प्रेममा आधारित गितको उत्कृष्ट भिडीयो बनान सक्यो भने त्यो गितले नेपाली गित संगितको बजारमा अत्याधिक बिक्रि भएको पाईन्छ । […]

नेपालगंज शहरमा पनी हर्न निशेध

नेपालगन्ज,मंसिर,१- नेपालगञ्जलाई शनिवार देखि हर्न निषेधित शहर घोषणा गरिएको छ ।बढ्दो सवारी चापका कारण ध्वनि प्रदूषण बढेपछि नेपालगञ्जलाई ‘नो हर्न’ क्षेत्र घोषणा गरिएको हो । सीमा नाका जमुनाहबाट आज औपचारिक रुपमा हर्न निषेधित क्षेत्रको शुरुवात गरिएको छ । ‘हर्न निषेधित शहर, हामी सबैको रहर’ नारासँगै एक समारोहकाबीच निमित्त प्रमुख जिल्ला अधिकारी बिश्वराज न्यौपानेले हर्न निषेध कार्यक्रमको […]

नेपालगंजमा सार्वजनीक शौचालयको अभाव हट्दै

नेपालगन्ज,मंसिर,१- नेपालगन्जमा पर्याप्त सार्वजनीक सौचालय नहुँदा पैदल यात्रुलाई शौच गर्न समस्या छ । सार्वजनिक शौचालय नहुँदा स्थानीय र आगन्तुकले सास्ती खेप्दै आएका छन् । अब भने नेपालगन्ज शहरमा सार्वजनीक सौचालयको समस्या हट्ने भएको छ । नेपालगन्ज उपमहानगरपालिकाले ५९ लाखको लागतमा चार वटा घुम्ती सौचालय ल्याएसँगै सार्वजनीक सौचालयको समस्या हट्ने देखिएको हो । यसको सञ्चालन कसरी […]