बाँकेमा अझै करिब ४०० शिक्षक अपुग

बाँके,माघ ८-बाँकेमा अझै करिब ४०० शिक्षक अपुग रहेका छन् ।सरकारले समय अनुसार शिक्षक कोटा थप्न नसक्दा शिक्षकहरु अपुग रहेको बाँकेका साहय जिल्ला शिक्षा अधिकारी गोरख बहादुर थापाले बताउनुभयो । रेडियो भेरी आवाजको नियमीत कार्यक्रम साझा बहसमा आज कुराकानी गर्दै थापाले अहिले शिक्षक सेवा आयोगले लिईरहेको परिक्षाबाट आउने नयाँ शिक्षकहरुपनि पुरानै कोटामा आउने भएकाले शिक्षक अभाव […]

बाँकेमा विद्युत चुहावटबाट ५० लाख रुपैंया जरिवाना असुली

बाँके,माघ,८-बाँकेमा विद्युत चोरी र चुहावट सिलसिला बढेपछि नेपाल विद्युत प्राधिकरण नेपालगंजले थालेको कारवाहबिाट झण्डै ५० लाख रुपैया जरिवाना असुल भएको छ । बेतहनी,बनकट्टी ,कम्दी जयसपुर,हिरमिनीया,लगायत जिल्लाका अन्य क्षेत्रबाट कटिया फसाउने विद्युत चोर २२० जनालाई गत वर्ष पक्राउ गरेको छ । उनीहरुबाट १९ लाख ८९ हजार १ सय ६७ रुपैया असुल गरिएको छ । चालु आर्थीक […]

इन्डिपेन्डेन्ट फिल्म फेस्टिभल भोली शनीबार हुने

मधुपौडेल बाँके,माघ ७-इन्डिपेन्डेन्ट फिल्म फेस्टिभलको भोली शनीबार हुने भएको छ । शनिबार ठिक ११बजेर ५९ मिनेटमा सुरु हुने आयोजकले जनाएको छ । फेस्टिफेलका लागि नेपालगंजमा सञ्चालीत हुने फिल्म निर्माता हरि थापा , ज्योती सिहं ठकुर , प्रदिप पोख्रल ,उपेन्द्र राज पाण्डे लगाएताको टिम आएको एक पत्राकार सम्मेलन मार्फत जानकारी गराएको छ । आज र भोली […]

सदरलाईन विस्तारको काम छिट्टै शुरु हुने

बाँके,माघ ७-नेपालगंज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले नेपालगंज सदरलाईन विस्तारको काम छिट्टै शुरु हुने बताउनु भएको छ । रेडियो भेरी आवाजको नियमीत कार्यक्रम साझा बहसमा आज कुराकानी गर्दै विस्तारका लागि समन्वय गर्न गठित २१ सदस्यीय समितिका संयोजक समेत रहनु भएका वैश्यले स्थानीयहरुले घर भत्काउन सहमती दिईसकेकाले अब विस्तारको काम शुरु हुने बताउनु भएको छ […]

फत्तेपुरबाट विद्युत चोरी गर्ने १३ जना पक्राउ

बाँके,माघ ७-नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र नेपालगजंले विद्युत चोरी गर्ने १३ जनालाई बिहिबार फत्तेपुर गाविसबाट नियन्त्रणमा लिएको छ । विद्युत चुहावट नियन्त्रण अभियान अन्तरगत खटिएको टोलीको अनुमती नलिएर विद्युत बाल्दै आएकलाई नियन्त्रणमा लिएको हो । विद्युत चोरी गर्नेहरुलाई विद्युतीय सामानसहित पक्राउ गरेर कारबाही गरिएको नेपाल विद्युत प्राधीकरण  नेपालगंज वितरण केन्द्रका प्रमुख उमेश कुमार झले बताउनुभयो […]

हुलाकी राजमार्गको मन्त्रीद्धारा शिलान्यास

बाँके,माघ ६-बाँकेको राप्तीपारिस्थीत बघौडाबासीको सपना चाडै सकार हुने भएको छ । लामो समयदेखि अवरुद्ध हुँदै आएको हुलाकी सडकको निर्माण कार्य प्ररम्भ हुने भएपछि राप्तीपारी ९ गाविसका बासिन्दालाई आवत जावत सहज हुने भएको छ । सदरमुकाम नेपालगंज सम्म आवत जावतका लागि एक मात्र विकल्प हुलाकी सडक अलपत्र पर्दा यहाँका बासिन्दाले बषैंदेखि दुःख कष्ट बेहोर्दै आएका थिए […]

बाँकेको बनकटवा गाविसलाई बालमैत्री बनाउन प्रतिबद्धता

बाँके,माघ ६-बाँकेको बनकटवा गाविसलाई बालमैत्री गाविस बनाउन प्रतीबद्धता व्यक्त गरिएको छ । बुधबार सक्सेस फोरमले आयोजना र यूनिसेकको सहकार्यमा आयोजीत गाविस स्तरीय सरोकारवालाहरु बीच अभिमूखिकरण कार्यक्रमका वक्ताहरुले गविसलाई बालमैत्री बनाउन सबैले प्रयास गर्नुपर्ने बताएका हुन । सक्सेसन फेरमका महासचिव वामदेव पोखरेलले सञ्चालन गरेको कार्यक्रममा वनकटवा गाविस सचिव दिपक पौडेल,उढारपुर गाविस सचिव कृष्ण बहादुर रोकाण,यूनिसेफका स्रोत […]

ग्याँस नपाएपछि एक्लै आन्दोलन गर्ने पक्राउ

बाँके,माघ ६-ग्याँस नपाएपछि आक्रोशित एक यूवाले एक्लै टायर बालेर आन्दोलन गर्न खोजेपछि प्रहरीले उहाँलाई उक्राउ गरेको छ । सरकारले खाना पकाउने एलपी ग्याँसको मुल्य घटाएपछि नेपालगंजमा बिगत १ साता देखि ग्याँसको कृतिम अभाव रहेको छ । ग्याँस नपाएपछि अक्रोशित भएका सितापुरका रमेशबाबु ददेलले धम्बोझी चोकमा टायर बालेर आन्दोलन गर्न खोजेपछि पक्राउ गरिएको छ । प्रहरीले […]

रोल्पामा दश नयाँ झोलुङ्गेपुल निर्माण सुरु

रोल्पा , माघ ५-रोल्पामा यस आवमा १० वटा नयाँ झोलुङ्गे पुलको निर्माण कार्य थालिएको छ । एक करोड ८० लाख, ७० हजार विनियोजन गरी पुलको निर्माण कार्य सुरु गरिएको जिल्ला प्राविधिक कार्यालय रोल्पाले जनाएको छ ।१० ओटै पुलजिल्ला विकास समितिमार्फत विकास सरोकार समाज ९डिकोस० रोल्पाको प्राविधिक तथा सामाजिक सहयोगमा निर्माण गर्न लागिएको जिल्ला प्राविधिक कार्यालय […]

एकै गाविसका पैँतिस जनामा ‘सिकल सेल’

बाँके,माघ ५ – बाँकेको टिटिहिरीया गाविसका ३५ व्यक्तिमा ‘सिकल सेल’ रोग देखा परेको छ ।कोहलपुरस्थित राष्ट्रिय सेवा दल वार्षिक क्याम्पले  बाँकेको टिटिहिरिया गाविसमा आयोजना गरेको चेतनामूलक स्वास्थ्य शिविरमा परीक्षणका क्रममा शङ्कास्पद ५३ जनामा गरिएको सिकल सेल स्कीन टेष्टमा ३५ जनामा सो रोग देखिएको भेरीअञ्चल अस्पतालका डा राजन पाण्डेले बताउनुभयो ।अधिकाशं थारु समुदायका मानिसमा देखिने उक्त […]