बाजुरामा बिद्यार्थीको लागि सोलार टुक्की वितरण

रमित बि.क. बाजुरा,जेठ,२४- बाजुराका दुर्गम क्षेत्रका जेहेन्दार तथा गरिव विद्यार्थीका लागि सोलार टुक्की वितरण गरिएको छ । २५ विद्यालयका १२ सय ७३ विद्यार्थीलार्ई मंगलवार देखि सोलार टुक्की वितरण गरेको जिल्ला वातावरण उर्जा तथा जलवायुपरिवर्तन शाखा बाजुराका ईञ्जिनियर तालवहादुर रावतले बताउनुभएको छ । बाजुराका साविकका रुगिन विच्छ्याँ ,साप्पाटा वाई जुकोट बाँधु,काँडा,जयवागेश्वरी,दहकोट,मार्तडी र आटिचौर गाविस लगायतका बिद्यालयका […]

नि:शूल्क शिक्षा नीति बिपरित दाङका विद्यालयमा भारी शूल्क

नरेश खड्का दाङ, जेठ,२३- ‘एक बोरा चामल किनूँला भने र जम्मा गरेको पैसाले छोराको नाम लेखाइदिएँ । नौ कक्षा उत्तीर्ण गरे र १० कक्षामा गएको छोराले सबैले नाम लेखाए, छिटो नाम लेखाइदे ऊ आमा भन्दै झगडा गर्न थाले पछि सेन्टर  स्कुलमा गएर नाम ले खाइदिएँ– नाम नभन्ने शर्तमा एक अभिभावकले भन्नुभयो । उहाँले चामल किन्न […]

आँखाको क्यान्सरबाट पिडित बालीकाको जिवन बचाउन अभियान शुरु

काठमाण्डाैं,जेठ,२२- आँखाको क्यान्सरबाट ज्यान नै जोखिममा परेरछि कालीकोटकी बालिका मन्सरा लुहारको जीवन बचाउनका लागि अभियान थालीएको छ । नेपाली युवाको अन्तर्रा्ष्ट्रिय सञ्जाल मिसन बेटर नेपालले मनसराको आँखाको शल्यक्रियाका लागि अभियान सुरु गरेको हो । कालीकोट रास्कोट नगरपालिका–७ निवासी रने लुहारकी चार वर्षीया छोरी मनसराको आँखामा केही महिना अगाडि सामान्य चोट देखिए पनि उपचारको अभावमा उक्त […]

आज विश्व वातावरण दिवस नेपालगंजमा विभिन्न कार्यक्रम गरि मनाईदै

मधुपौडेल, बाँके,जेठ,२२- आज विश्व वातावरण दिवस नेपालगंजमा पनि विभिन्न कार्यक्रम मनाईदै । कार्यक्रमको सुरुवात विहान विभिन्न सरकारी तथा गैरसरकारी संघ सस्थाको उपस्थितिमा नेपालगंजको पुष्पलाल चौक देखी विपि चोक हुदै नेपालगंज उपमहानगरपालिकाको प्रङगणमा पुगेर एक कार्यक्रम गरी समापन भएको थियो । जिल्ला प्रशासन कार्यलय बाँके प्रमुख रवीलाल पन्थको प्रमुख आतित्थ्यमा भएको समापन कार्यक्रमको अध्यक्षता उपमहानगरपालिकाका कार्यकारी […]

एकिकृत बस्ति विकास कार्यक्रम बाजुरामा पनि लागु

रमित,बि.क. बाजुरा जेठ,२२- एकिकृत बस्ति विकास कार्यक्रम बाजुरामा पनि लागु हुने भएको छ । जिल्लाका विभिन्न गाउँपालिका तथा नगरपालिकामा रहेका जोखिम तथा भिरालो जमिनमा रहेका बस्तिहरुलाई कसरी व्यवस्थित गर्ने,सबै भन्दा बढी जोखिममा रहेका बस्तिहरु र कम जोखिममा रहेका बस्तिहरुको बारेमा जानकारी लिईने भएको छ । बढी जोखिममा रहेका बस्तिहरु पुःन स्थापना कहाँ गर्ने सार्नेुपर्ने बस्तिहरु […]

बाँकेमा सोमबार विश्व वातावरण दिवस विभिन्न कार्यक्रम गरी मनाईने

 मधुपौडेल बाँके,जेठ,२१- बाँकेमा सोमबार विश्व वातावरण दिवस विभिन्न कार्यक्रम गरी मनाइदै छ । विषेश गरी “म प्रकृति सगै छु” भन्ने मुल नाराका साथ विश्व भर यो दिवस मनाइएको छ । बाँकेमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने भएको छ । नेपालगंज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यको अध्यक्षमा सम्पन्न एक छलफल कार्यक्रममा नेपालगंजमहानगर पालीकालाई […]

बाँकेमा रगत अभाव हुन नदिन नेपाल तरुणदलद्वारा रक्तदान

मधुपौडेल बाँके,जेठ,२०- नेपाली कांग्रेस निकटको नेपाल तरुणदल वडा नम्बर १८ कार्यसमितिद्वारा नेपालगन्जमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।पछिल्लो समयमा बिभिन्न सामाजिक संजाल तथा मिडियामा बाँकेमा रगतको अभाव भएको समाचार आएपछि तरुणदलद्वारा शनिबार रक्तदान गरिएको हो । कार्यक्रममा सय जनाले रक्तदान गरेको तरुणदलका नगर सभापति सन्दिप जंग शाहले जानकारी दिए थिए ।नगर सभापति शाहले सामाजिक कार्यमा […]

पूर्वाञ्चलका ७ सय ९२ मतदानस्थल सुरक्षाका दृष्टिले अति समवेदनशील

धनकुटा, जेठ १९- पूर्वाञ्चल क्षेत्रीय सुरक्षा समितिले दोस्रो चरणमा निर्वाचन हुने पूर्वाञ्चलका ७ सय ९२ मतदानस्थल सुरक्षाका दृष्टिले अति समवेदनशील रहेको ठहर गरेको छ । पूर्वका १६ वटै जिल्लाका जिल्ला सुरक्षा समितिबाट प्राप्त प्रतिवेदनका आधारमा ६० नगरपालिका, तीन उपमहानगरपालिका र १ सय आठ गाउँपालिकाअन्तर्गतका ७ सय ७५ मतदानस्थललाई समवेदनशील र ७ सय ६७ मतदानस्थललाई समान्यमा […]

भारतिय प्रहरी डोटी प्रहरीको नियन्त्रणमा

इन्द्र कार्की महेन्द्रनगर,जेठ,१९ अनधिकृत रुपले डोटी पुगेर नेपालीलाई पक्राउ गर्ने भारतीय प्रहरी टोली नेपाल प्रहरीको थुनामा परेको छ । डीएसपीको नेतृत्वमा रहेको टोली बुधबार मध्यराति नेपालीलाई अपहरण शैलीमा पक्राउ गर्ने भारतीय प्रहरी समूहलाई डोटी प्रहरीले थुनामा राखेको हो । भारतीय प्रहरी टोलीले डोटी दिपायल सिलगढी नगरपालिका–८ लडागडा निवासी लालबहादुर आउजीलाई मध्यरातमा पक्राउ गरेको थियो । […]

बाजुरामा पहिलो पटक छाला प्रशोधन केन्द्र

रमित बि.क. बाजुरा जेष्ठ १८- बाजुरामा पहिलो पटक छाला प्रशोधन केन्द्रको स्थापना गरिएको छ । हिजो नेकपा एमालेको उपाध्यक्ष भिम बहादुर रावलबाट उतm छाला प्रशोधन केन्द्रको उद्घाटन गर्नुभएको छ । जिल्लामा छाला प्रशोधन केन्द्रपहिलो पटक स्थापना गरिएको छ । छाला प्रशोधन केन्द्रमा ८० हजार घरेलु तथा साना उद्योग बाजुरा,६० हजार बडिमालिका नगरपालिकाको आर्थिक सहयोग र […]