भारतमा एकैदिन २ लाख ६८ हजार बढीमा कोरोना संक्रमण पुष्टी

काठमाडौं,माघ,२-भारतमा कोरोना संक्रमण अझै पनि तिब्र रूपमा फैलिइरहेको छ । त्यहाँ पछिल्लो २४ घन्टामा २ लाख ६८ हजार ८ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, पछिल्लो २४ घन्टामा ४ सय जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख ८५ हजार ७ सय ५२ नाघेको छ […]

आज माघे संक्रान्ति पर्व मनाईदै

काठमाडौं,माघ,१-सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने संक्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) संक्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ।यसैले आजको दिन देवघाट, त्रिशुली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान […]

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण

काठमाण्डौं,पुष,२४-नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कोरोना संक्रमण भएको छ।शुक्रबार साँझ परीक्षण गर्दा अध्यक्ष प्रचण्डलाई कारोना संक्रमण पुष्टि भएको हो। प्रचण्डको सचिवालयको तर्फबाट छोरी गंगा दाहालले सामाजिक सञ्जाल मार्फत् प्रचण्डलाई कोरोना संक्रमण भएको जानकारी दिनुभएको हो । ‘अध्यक्ष कमरेड प्रचण्डको स्वास्थ्यमा केहि असहजता देखिएकोले हिजो बेलुकी पीसीआर परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको […]

४ दिनमै दोब्बरले वृद्धि भयो संक्रमण, तेस्रो लहरको दोस्रो चरण शुरु

काठमाण्डौं,पुस,२२-नेपालमा कोभिड-१९ को तेस्रो लहर ओमिक्रोन भेरिन्टको संक्रमण दिनप्रतिदिन उकालो लागिरहेको छ । दैनिक संक्रमण संख्या २०० हाराहारीमा झरिसकेको नेपालमा अहिले फेरी दैनिक ५०० भन्दा धेरैमा संक्रमण देखिन थालेको छ । पुस १८ गतेको तथ्याङ्कमा जम्मा २१६ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि भने हरेक दिन संक्रमितको संख्या उकालो लागिरहेको छ । […]

नेपालमा थप ५४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौं,पुष,२२-नेपालमा विगत २४ घण्टामा थप ५४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार दिएको जानकारी अनुसार उक्त अवधिमा ७ हजार २०९ पीसीआर परीक्षणमा ४७८ जना र ४ हजार ८९० एन्टिजेन परीक्षणमा ६२ जना गरी कुल ५४० जनामा भाइरसको संक्रमण देखिएको हो । त्यस्तै, सोही अवधिमा देशभर १ जना कोरोना […]

सुदूरपश्चिममा ४२ प्रतिशतलाई कोरोनाविरुद्धको खोप

कैलाली,पुष,१-सुदूरपश्चिम प्रदेशमा लक्षित उमेर समूहका ४२ प्रतिशत अर्थात् सात लाख ५१ हजार ८११ नागरिकले कोरोना विरुद्धको पूर्ण मात्राको खोप पाएका छन् । लक्षित उमेर समूहका ५५ प्रतिशत अर्थात् ९ लाख ६ हजार १७४ व्यक्तिले पहिलो मात्राको खोप पाइसकेका छन् । अठार वर्ष उमेर माथिका नागरिकलाई लक्षित समूहमा राखिएको छ । प्रदेशमा सो वर्ष उमेर समूहभन्दा […]

थपिए ४१६ जना कोरोना संक्रमित, २७० जना संक्रमणमुक्त

काठमाडौं,कार्तिक,२९-नेपालमा विगत २४ घण्टामा ४१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार दिएको जानकारी अनुसार सो अवधिमा १२ हजार ४०२ जनाको परीक्षण गर्दा ४१६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार सो अवधिमा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण […]

चीनबाट आयो कोरोनाविरुद्धको अनुदानको १६ लाख डोज खोप, स्वास्थ्यमन्त्रीलाई हस्तान्तरण

काठमाडौं,कात्तिक,१७-चीनले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको सिनोफार्म खोपको १६ लाख मात्रा नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । बुधबार नेपाल आइपुगेको उक्त खोप चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्यमन्त्री विरोध खतिवडालाई हस्तान्तरण गर्नुभएको हो । शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएलगत्तै कोरोना विरुद्धको थप १६ लाख डोज खोप अनुदानमा दिने चिनियाँ घोषणा अनुरुप उक्त खोप नेपाल आएको हो […]

पछिल्लो २४ घण्टामा थपिए ४६९ संक्रमित, ११ जनाको मृत्यु

काठमाडौं,कात्तिक,१६-पछिल्लो २४ घण्टामा देशभर ४६९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ११५ पीसीआर परीक्षणमा ४२२ र ३ हजार १७२ एन्टिजेन परीक्षणमा ४७ जना गरी ४६९ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ ।त्यस्तै, गत २४ घण्टामा ५ सय […]

थपिए ५४९ जना कोरोना संक्रमित, ५६९ जना संक्रमणमुक्त

काठमाडौं,कार्तिक,१२-नेपालमा विगत २४ घण्टामा ५४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार दिएको जानकारी अनुसार ७ हजार १४५ ओटा नमूनाको पीसीआर परीक्षण गर्दा ४९० जना र २ हजार ६०१ ओटा नमूनाको एन्टिजेन परीक्षण गर्दा ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सो अवधिमा कोरोना संक्रमणबाट थप छ जनाको […]