जापानले अफगानिस्तानबाट दूतावास कतार सार्ने

एजेन्सी,भदौ,१७-जापान सरकारले अफगानिस्तानमा रहेको आफ्नो दूतावासको काम कतारबाट गर्ने भएको छ । जापानका विदेश मन्त्री तेशिमित्सु मोतेगीले अफगानिस्तानमा रहेको जापानको दूतावासको काम कतारको राजधानी दोहाबाट गराउने तयारी भइरहेको पुष्टि गर्नुभएको हो । तालिबान विद्रोहीले अफगानिस्तानको सत्ता कब्जा गरेसंगै राजनीतिक अन्यौल सृजना भएकाले विदेशी कूटनीतिक निकायहरूले अफगानिस्तानबाट दूतावासको काम गर्न असहज भएको भन्दै आएका छन् । […]

नेपाल र भारत आज भिड्दै,खेल अपरान्ह ५:३० बजे सुरु हुने

काठमाडौं,भदौ,१७-नेपालले आज भारत संग मैत्रीपूर्ण फुटबल खेल्दैछ । यो खेल साँझ साँढे ५ बजे काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ । एन्फाले यो खेलमा रंगशालको झण्डै एक तिहाई क्षमता अर्थात ५ हजार १ सय दर्शकलाई रंगशालामै उपस्थित भएर खेल हेर्न दिने भएको छ । तर, खेल हेर्ने दर्शकले कोभिडको पूर्ण खोप लगाएको वा कोरोना परिक्षणको […]

जापानमा कोरोनाको खोप १० करोड ५९ लाख ७८ हजार बढीले लगाए

जापान,भदौ,१४-जापानमा आईतबार सम्म कोरोना भाइरसको खोप लगाउनेको संख्या १० करोड ५९ लाख ७८ हजार ५ सय ६९ जना पुगेको छ।कोरोना खोप लगाउनेको दर अहिले सम्मकै उच्च हो । जापानमा हाल १३ करोडको हाराहारीमा जनसंख्या रहेको छ ।  यहाँ पछिल्लो समय कोरोना भाईरस संक्रमित हुनेको संख्या पनि उच्च रहेको छ ।आईतबार मात्र १९ हजार ३ सय ११ […]

काबुल विस्फोट अपडेटःमृतकको संख्या १०३ पुग्यो,बढ्ने क्रम जारी

काठमाण्डौं,भदौ,११-अफगानिस्तानको राजधानी काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलनजिक भएका बम विस्फोटमा परी मृत्यु भएकाको संख्या १०३ पुगेको छ।  अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हमलामा ९० जना अफगानी नागरिक र १३ जना अमेरिकी सेनाको मृत्यु पुष्टि भएको हो। घटनामा १ हजार ३३८ जना घाइते भएका छन्। मिडिया रिपोर्टका अनुसार मृत्यु भएका ९० जना अफगानमा २८ जना तालिबानी छन्, जो […]

काबुल विमानस्थल विस्फोट:अमेरिकी सैनिकसहित मारिनेको संख्या ९० पुग्यो

काठमाडौँ,भदौ,११-अफगानिस्तानको काबुल विमानस्थलबाहिर भएका दुई श्रृंखलाबद्ध विस्फोटमा ज्यान गुमाउनेको संख्या ९० पुगेको छ ।पेन्टागनले मारिनेमा अमेरिकी सैनिकहरु पनि रहेको पुष्टि गरेको छ।विमानस्थलमा खटिएका १३ अमेरिकी सैनिकसहित ९० जनाभन्दा बढीले ज्यान गुमाएका हुन् । मारिनेहरुमा २८ जना तालिवान लडाकुसमेत रहेको तालिवानले जनाएको छ ।इस्लामिक आतंकवादी संस्था आईएसको सहयोगी संगठन आइएस खोरासानले विष्फोटको जिम्मा लिएको छ । […]

तालिबानले बन्द गरायो अफगानिस्तान-भारत सीमापार व्यापार

एजेन्सी,भदौ,३-अफगानिस्तान तालिबानले कब्जा गरेपछि त्यसको असर छिमेकी मुलुकमा पनि पर्न थालेको छ।  यसै क्रममा तालिबानले आफूसँग सीमापार व्यापार बन्द गरेको भारतले जनाएको छ।सामान्यतया दुई मुलुक (भारत र अफगानिस्तान) का मालवाहक गाडी पाकिस्तानको बाटो भएर ओहोरदोहोर गर्थे। फेडेरसन अफ इन्डियन एक्सपर्ट अर्गनाइजेसन (एफआईईओ) का अनुसार अब त्यस्तो गाडी आवतजावतमा रोक लगाइएको हो। योसँगै लाखौं डलरका सामान […]

अफगानिस्तानमा शान्ति,सुरक्षा र अमनचयन सुनिश्चित गर्न नेपालको आग्रह

काठमाडौं,भदौ,१-सरकारले अफगानिस्तानमा शान्ति, सुरक्षा र अमनचयनको सुनिश्चित गर्न आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले मंगलबार प्रेस विज्ञप्ति निकालेर सर्वसाधारणको शान्ति, सुरक्षा र अमनचयनको सुनिश्चित गर्न आग्रह गरेको हो । नेपालले अफगानिस्तान छाड्न चाहनेहरूलाई सडक मार्ग तथा हवाई मार्ग प्रयोग र सीमा पार गर्न दिन आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा सार्क सदस्य राष्ट्रको हैसियतमा […]

अफगानिस्तानबाट १० दिनमा फर्किए १६४ नेपाली

अफगानिस्तान,साउन,३२-तालिबानले आक्रमण बढाएपछि अफगानिस्तानबाट बितेका १० दिनमा १६४ जना नेपाली फर्किएका छन्। यस अवधिमा २ जना अफगानी नागरिक पनि नेपाल आएका छन्।  साउन २१ गतेदेखि ३२ गतेसम्ममा यो संख्यामा नेपाली फर्किएका हुन्। उनीहरु केही कतार र केही युएई हुँदै काठमाडौं आएका हुन्। अफगानिस्तानमा तालिबानले सत्ता कब्जा अभियान थालेपछि त्यहाँ रहेका आप्रवासीले देश छोड्न थालेका थिए। यो […]

मेस्सी पीएसजीमा अनुबन्धित

काठमाडौं,साउन,२७-अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा अनुबन्धित भएका छन् । पीएसजीले अर्जेन्टिनाका कप्तान मेस्सीलाई फ्री ट्रान्सफरमा अनुबन्ध गरिएको जनाएको छ ।३४ वर्षीय मेस्सीले पीएसजीसँग दुई वर्षको सम्झौता गरेका छन् । सम्झौता थप गर्नका लागि विकल्प समेत दिईएको छ ।मेस्सीले पीएसजीमा ३० नम्बरको जर्सी लगाउने छन् । ६ पटकको बालोन डी ओर […]

गैर-आवासीय नेपाली संघ जापानको अध्यक्षमा शिवप्रसाद पौडेल विजयी

जापान,साउन,१५-गैर-आवासीय नेपाली संघ (एनआरएनए) जापानको अध्यक्षमा शिवप्रसाद पौडेल विजयी हुनु भएको छ। आज शुक्रबार सम्पन्न भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको १० औं राष्ट्रिय महाधिवेशनबाट पौडेल निर्वाचित हुनु भएको हो । पौडेलले ३ हजार ३८ भोट पाउनु भएको थियो ।अध्यक्ष पदमा पौडेल संगै अनिता गुरूङ, नरेन्द्र बस्नेत दिनेश, सरोजकुमार खत्री र किरण बर्माले प्रतिस्पर्धामा गर्नु भएको थियो […]