कीर्तिपुर मैदानमा फ्लडलाइट जडानका लागि १० करोड विनियोजन

काठमाडौं,चैत्र,१३-कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा रात्रिकालीन समयमा पनि खेल सञ्चालन गर्न मिल्ने गरी फ्लडलाइट जडानका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप)ले लागत मूल्यांकन सुरु गरेको छ । सरकारले आर्थिक वर्ष २०७९–०८० को बजेटमा कीर्तिपुर मैदानमा फ्लडलाइट जडानका लागि १० करोड रुपैयाँ विनियोजन गरेको छ ।राखेपका प्रशासन प्रमुख मधुसुदन बस्नेतले फ्लडलाइट जडानका लागि यही आर्थिक वर्षभित्र टेण्डर आह्वान […]

एसिसी प्रिमियर कपको खेल तालिका सार्वजनिक

  काठमाडौं,चैत्र,९-नेपालमा आयोजना हुने एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ। एसियन क्रिकेट काउन्सिल(एसिसी)ले बिहीबार सार्वजनिक गरेको खेल तालिका अनुसार उद्घाटन खेलमा नेपालले मलेसियाको सामना गर्नेछ । आगामी बैशाख ५ देखि १८ सम्म संञ्चालन हुने प्रतियोगिताका खेलहरु कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुनेछन् । कुल २४ खेल हुने […]

नेपाल संग लाओस २-० गोलले पराजीत

काठमाडौं,चैत्र,८-आज बुधबार देखी सुरु भएको प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगितामा नेपालले पहिलो खेलमै विजयी सुरुवात गरेको छ।नेपालले प्रतियोगितको उद्घाटन खेलमा लाओसलाई २-० ले हराउँदै विजयी सुरुवात गरेको हो । नेपाललाई जित दिलाउन अनन्त तामाङ र नवयुग श्रेष्ठले एक एक गोल गरे।३१ औं मिनेटमा नवीन लामाको कर्नरमा अनन्त तामाङले हेडरमार्फत सानदार गोल गर्दै नेपाललाई एक शुन्य गोलको […]

अनन्तको गोलमा लाओसविरुद्ध नेपाललाई १-० गोलको अग्रता

काठमाडौं,चैत्र,८-प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगितामा अन्तर्गत दशरथ रंगशालामा अहिले भैईरहेको लाओससँगको खेलमा नेपालले १-० गोलले अग्रता लिएको छ । ३१ औं मिनेटमा नवीन लामाको कर्नरमा अन्तत तामाङले शानदार हेडरमार्फत गोल गरेका हुन् ।नेपाली राष्ट्रिय टिमबाट सनिस श्रेष्ठले डेब्यु गरेका छन् । सशस्त्र प्रहरीको एपीएफ क्लबबाट व्यावसायिक फुटबल खेल्दै आएका सनिसले राष्ट्रिय टिममा परेपछिको पहिलो खेलमै […]

प्रधानमन्त्री कप थ्री नेसन्स कपमा आज नेपाल र लाओस भिड्ने

काठमाडौं,चैत्र,८-प्रधानमन्त्री कप थ्री नेशन्स फुटबल बुधबारदेखि काठमाडौंमा सुरू हुँदैछ।चैत १८ गतेसम्म चल्ने प्रतियोगितामा नेपाल, लाओस र भुटान सहभागि छन्।प्रतियोगिताको उद्घाटन खेलमा बुधबार नेपाल र लाओस भिड्नेछन्।यो खेल साँझ ६ बजे हुनेछ । घरेलु मैदानमा नेपाल लाओसविरुद्ध जित निकाल्ने योजनासहित मैदान उत्रनेछ।लाओस पनि जित निकाल्ने योजनासहित मैदान उत्रनेछ। नेपालले सन् २०१६ पछि पहिलोपटक लाओससँग खेल्न लागेको […]

नेपाल विश्वकप छनोटमा पुग्न सफल भएकोमा प्रधानमन्त्रीद्वारा खुशी व्यक्त

काठमाडौं,चैत्र,२-प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल विश्वकप क्रिकेट छनोटमा पुग्न सफल भएकामा खुशी व्यक्त गर्नुभएको छ । बिहीबार आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिवि क्रिकेट मैदानमा भएको खेलमा युएईलाई डीएल मेथडमा ९ रनले हराएपछि नेपाल विश्वकप छनोट चरणमा पुगेको हो। खेल सकिएको केहीबेरपछि ट्विटरमार्फत प्रचण्डले खुशी व्यक्त गर्दै खेलाडीहरुलाई बधाई दिनुभएको हो। ‘लिगका खेलहरुमा उच्च कौशलता […]

यूएईलाई हराउँदै नेपाल एकदिवसीय विश्वकप छनोट

काठमाडौं,चैत्र,२-नेपाल एकदिवसीय विश्वकप क्रिकेटको छनोटमा पुगेको छ।विश्वकप लिग–२ अन्तर्गत कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा बिहीवार सम्पन्न खेलमा यूएईलाई डकवर्थ लुईस नियम अर्थात !डीएल पद्दतिको) आधारमा ९ पराजित गर्दै नेपाल एकदिवसीय विश्वकपको छनोटमा पुगेको हो ।  खराब प्रकाशका कारण खेलको नतिजा डकवर्थ लुइस नियमका आधारमा गरिएको थियो।यस आधारमा नेपाललाई मौसमले पनि साथ दिएको देखिन्छ ।  ३११ रनको […]

विश्वकप क्रिकेट लिग टू: आज नेपालले युएईको सामना गर्ने

काठमाडौं,चैत्र,२-आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणत्मक सिरिजको अन्तिम खेलमा आज बिहीबार नेपालले युएईको सामना गर्दैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने घरेलु टोली र युएईबीचको खेल बिहान साढे ९ बजेबाट सुरु हुनेछ।यो खेल तीन वर्ष लामो आईसीसी विश्वकप लिग टु क्रिकेटको अन्तिम खेल हो । सात देश सहभागि लिग टु क्रिकेटमा बिहीबारको खेल जिते […]

‘ए’ डिभिजन लिग:आजबाट पाँचौं चरणका खेलहरु हुने

काठमाडौं,चैत्र,२-नयाँ सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा आज बिहीबारबाट पाँचौं चरणका खेलहरु सुरु हुँदैछन् । लिगको पाँचौं चरणको पहिलो दिन बिहीबार दुई खेलहरु हुनेछन्। जसमा एक खेल च्यासल मैदान र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ ।     च्यासलमा हुने खेलमा एफसी खुमलटार र रोयल ब्लु सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ। ललितपुरे डर्बी […]

सत्ता गठबन्धन दलको बैठक आज पनि बस्दै

काठमाडौं,चैत्र,२-सत्तारुढ दश दलीय गठबन्धनको बैठक बिहीबार पनि बस्ने भएको छ । शुक्रबार हुने उपराष्ट्रपति निर्वाचनका लागि सहमति गर्न बसेको गठबन्धनको बालुवाटारमा बुधबार साँझ बसेको बैठक निष्कर्षमा पुग्न सकेन । बैठक बिहीबार पुनः बस्नेगरी बिनानिष्कर्ष टुंगिएको हो । सत्ता गठबन्धनबाट उपराष्ट्रपतिको उम्मेदवार दुई जना उम्मेदवार रहेका छन् । जनता समाजवादी पार्टी (जसपा) का रामसहाय यादव र […]