“ए”डिभिजन लिग:सातदोबाटो,हिमालयन शेर्पा र मनाङ मर्स्यादी क्लव विजयी

काठमाडौं,फाल्गुन,२४-शहीद स्मारक ए डिभिजन लिगमा बुधबार भएको खेलमा सातदोबाटो युथ क्लब विजयी भएको छ। एपीएफ क्लबलाई  १-० गोलले पराजित गरेको हो। लिगमा सातदोबाटोको यो लगातार दोस्रो जित हो भने एपीएफको पहिलो हार हो।सातदोबाटोले पहिलो खेलमा एनआरटीलाई पराजित गरेको थियो।एपीएफले पहिलो खेलमा थ्रीस्टारलाई हराएर शानदार सुरुवात गरे पनि दोस्रो खेलमा पराजित भयो । च्यासल मैदानमा भएको […]

तिलोत्तमा फुटबल प्रतियोगिता चैत ४ गतेदेखि

बुटवल,फाल्गुन,२४-बुटवलमा दुई दशकभन्दा बढी समयदेखि सञ्चालन हुँदै आएको ‘तिलोत्तमा गोल्ड कप’को २२औँ संस्करण आगामी चैत ४ गतेदेखि बुटवलमा हुने भएको छ । बुटवल–११ देविनगरस्थित एन्फा टेक्निकल सेन्टरको खेलमैदानमा प्रतियोगिता सञ्चालन हुनेछ । विभागीय तथा ए डिभिजन क्लबसहित अन्य प्रतिष्ठित फुटबल टिमबीच हुने प्रतियोगिताको विजेताले तिलोत्तमा गोल्डकपमा हालसम्मकै सर्वाधिक रु ११ लाख ११ हजार एक सय […]

प्यालेस्टाइनमाथि नेपालको ६-० गोलको सानदार जित

काठमाडौं,फाल्गुन,२४-एएफसी यू-२० महिला एसियन कप छनोटको पहिलो खेलमा नेपालले सानदार जित निकालेको छ । फैजल अल हुसेनी अन्तराष्ट्रिय रंगशालामा बुधबार भएको खेलमा नेपालले आयोजक प्यालेस्टाइनलाई ६-० गोल अन्तरले हराएको हो ।     नेपालको सानदार जितमा दिपा शाहीले ह्याट्रिक गोल गरिन् । गरिमा राईको नाममा दुई गोल रह्यो । नेपालले एक गोल आत्मघाती उपहार  पायो । […]

अञ्जन र अरुणा वर्षका उत्कृष्ट खेलाडी

काठमाडौं,फाल्गुन,२३-अञ्जन बिष्टले यस वर्षको पुरुष वर्ष खेलाडीको अवार्ड जितेका छन्।बजाज पल्सर एनएसजेएफ स्पोर्टस अवार्ड २०७८ अन्र्तगत फुटबर अञ्जनले यो अवार्ड जितेका हुन् । २०७८ सालको प्रदर्शनका आधारमा अन्जनले यो अवार्ड पाएका हुन् ।उनलाई बजाजका अभिमन्यु गोल्छाले अवार्ड प्रदान गरेका हुन् । यस्तै, वर्ष महिला खेलाडीको अवार्ड नेपाली राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीले जितेकी […]

चर्च ब्वाइजको लगातार दोस्रो जित, थ्री स्टार र फ्रेन्ड्सले बराबरी खेले

काठमाडौं,फाल्गुन,२३-राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा नव प्रवेशी क्लब चर्च ब्वाइज युनाईटेडले लगातार दोस्रो जित निकालेको छ । एन्फा कम्प्लेक्समा सातदोबाटोमा मंगलबार अर्को नव प्रवेशी क्लब एफसी खुमलटारलाई ३–१ गोल अन्तरले हराउँदै चर्च ब्वाइजले लगातार दोस्रो जित निकालेको हो । चर्च ब्वाइजको जितमा आशिष चापागाईले दुई गोल गरे । एरिक विष्टले एक […]

जावलाखेल र सातदोबाटो विजयी,त्रिभुवन आर्मी र संकटाको बराबरी

काठमाडौं,फाल्गुन,२१-शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आईतबार भएको खेलमा जावलाखेल र सातदोबाटो विजयी भएका छन् भने त्रिभुवन आर्मी एफसी र संकटा क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् । लिग अन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा आर्मी र संकटाले गोलरहित बराबरी खेलेका हुन् ।जारी लिगमा गोलरहित बराबरीमा सकिएको यो पहिलो खेल हो । दुवै टोलीले खेलमा गोल […]

‘ए’ डिभिजन लिगमा आज आईतवार पनि तीन खेल हुँदै

काठमाडौं,फाल्गुन,२१-शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आईतवार तीन खेल हुँदैछन् । आइतबार एनआरटी र सातदोबाटो युथ क्लबबीच च्यासल मैदानमा साढे २ बजे खेल सुरु हुनेछ । त्रिभुवन आर्मी एफसी र संकटा क्लबबीच दशरथ रंगशालमा साढे २ बजे नै खेल सुरु हुनेछ । साविक विजेता मछिन्द्र एफसीले जावलाखेल युथ क्लबसँग दशरथ रंगशालमा साढे ५ बजे खेल्नेछ […]

नेपालका कप्तान किरण आबद्द पन्जाब हिरो आईलिग च्याम्पियन

काठमाडौं,फाल्गुन,२०-नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङ आबद्द पन्जाब एफसीले हिरो आईलिगको उपाधि जितेको छ । शनिबार भएको खेलमा राजस्थान एफसीलाई ४-० गोल अन्तरले हराउँदै पन्जाब च्याम्पियन बनेको हो ।     पन्जाबको जितमा यस त्रिपाठी, लुका मज्सिन, जुवान मेरा र ह्मिन्ग्थानमावाले एक एक गोल गरे । जितसँगै पन्जाबले २१ खेल ४९ अंक […]

“ए”डिभिजन लिग:एपिएफ र चर्च ब्वाईजको जित,मनाङ मर्स्याङ्दी र हिमालयन शेर्पको बराबरी

काठमाडौं,फाल्गुन,२०-शहीद स्मारक ए डिभिजन लिग फुटबलमा शनिवार भएको तिन खेलमा एपिएफ र चर्च ब्वाईजको जित निकालेको छ भने मनाङ मर्स्याङ्दी क्लब र हिमालयन शेर्पा क्लवले बराबरी खेलेका छन् ।  लिगको आफ्नो पहिलो खेलमा एपीएफले थ्रीस्टार क्लबलाई २–० ले हरायो ।दरशर रंगशालामा भएको खेलमा एपीएफलाई जिताउन मणिकुमार लामा र अर्मान्ड विडोमले गोल गरे । लामाले ७२औं र […]

‘ए’ डिभिजन लिगमा आज तीन खेल हुँदै

काठमाडौं,फाल्गुन,२०-शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शनिबार तीन खेल हुँदैछन् । शनिबार च्यासल मैदानमा दिउँसो साढे दुई बजे नेपाल पुलिस क्लब र ए डिभिजनको नवप्रवेशी चर्च व्याइज युनाइटेडबीच खेल हुँदा दशरथ रंगशालामा सोहि समयमै एपीएफ क्लब र थ्रीस्टार क्लब भिड्नेछन् । यसैगरी, साँझ साढे ५ बजे मनाङ्ग मर्स्याङ्दी क्लब र हिमालयन शेर्पा क्लबबीच दशरथ रंगशालामा […]