काठमाडौं,फाल्गुन,२३-राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा नव प्रवेशी क्लब चर्च ब्वाइज युनाईटेडले लगातार दोस्रो जित निकालेको छ । एन्फा कम्प्लेक्समा सातदोबाटोमा मंगलबार अर्को नव प्रवेशी क्लब एफसी खुमलटारलाई ३–१ गोल अन्तरले हराउँदै चर्च ब्वाइजले लगातार दोस्रो जित निकालेको हो । चर्च ब्वाइजको जितमा आशिष चापागाईले दुई गोल गरे । एरिक विष्टले एक […]
खेल
जावलाखेल र सातदोबाटो विजयी,त्रिभुवन आर्मी र संकटाको बराबरी
काठमाडौं,फाल्गुन,२१-शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आईतबार भएको खेलमा जावलाखेल र सातदोबाटो विजयी भएका छन् भने त्रिभुवन आर्मी एफसी र संकटा क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् । लिग अन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा आर्मी र संकटाले गोलरहित बराबरी खेलेका हुन् ।जारी लिगमा गोलरहित बराबरीमा सकिएको यो पहिलो खेल हो । दुवै टोलीले खेलमा गोल […]
‘ए’ डिभिजन लिगमा आज आईतवार पनि तीन खेल हुँदै
काठमाडौं,फाल्गुन,२१-शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आईतवार तीन खेल हुँदैछन् । आइतबार एनआरटी र सातदोबाटो युथ क्लबबीच च्यासल मैदानमा साढे २ बजे खेल सुरु हुनेछ । त्रिभुवन आर्मी एफसी र संकटा क्लबबीच दशरथ रंगशालमा साढे २ बजे नै खेल सुरु हुनेछ । साविक विजेता मछिन्द्र एफसीले जावलाखेल युथ क्लबसँग दशरथ रंगशालमा साढे ५ बजे खेल्नेछ […]
नेपालका कप्तान किरण आबद्द पन्जाब हिरो आईलिग च्याम्पियन
काठमाडौं,फाल्गुन,२०-नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङ आबद्द पन्जाब एफसीले हिरो आईलिगको उपाधि जितेको छ । शनिबार भएको खेलमा राजस्थान एफसीलाई ४-० गोल अन्तरले हराउँदै पन्जाब च्याम्पियन बनेको हो । पन्जाबको जितमा यस त्रिपाठी, लुका मज्सिन, जुवान मेरा र ह्मिन्ग्थानमावाले एक एक गोल गरे । जितसँगै पन्जाबले २१ खेल ४९ अंक […]
“ए”डिभिजन लिग:एपिएफ र चर्च ब्वाईजको जित,मनाङ मर्स्याङ्दी र हिमालयन शेर्पको बराबरी
काठमाडौं,फाल्गुन,२०-शहीद स्मारक ए डिभिजन लिग फुटबलमा शनिवार भएको तिन खेलमा एपिएफ र चर्च ब्वाईजको जित निकालेको छ भने मनाङ मर्स्याङ्दी क्लब र हिमालयन शेर्पा क्लवले बराबरी खेलेका छन् । लिगको आफ्नो पहिलो खेलमा एपीएफले थ्रीस्टार क्लबलाई २–० ले हरायो ।दरशर रंगशालामा भएको खेलमा एपीएफलाई जिताउन मणिकुमार लामा र अर्मान्ड विडोमले गोल गरे । लामाले ७२औं र […]
‘ए’ डिभिजन लिगमा आज तीन खेल हुँदै
काठमाडौं,फाल्गुन,२०-शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शनिबार तीन खेल हुँदैछन् । शनिबार च्यासल मैदानमा दिउँसो साढे दुई बजे नेपाल पुलिस क्लब र ए डिभिजनको नवप्रवेशी चर्च व्याइज युनाइटेडबीच खेल हुँदा दशरथ रंगशालामा सोहि समयमै एपीएफ क्लब र थ्रीस्टार क्लब भिड्नेछन् । यसैगरी, साँझ साढे ५ बजे मनाङ्ग मर्स्याङ्दी क्लब र हिमालयन शेर्पा क्लबबीच दशरथ रंगशालामा […]
ए डिभिजन लिगमा एफसी खुमलटारको विजयी शुरुवात
काठमाडौं,फाल्गुन,१९-नवप्रवेशी एफसी खुमलटारले शहीद स्मारक ए डिभिजन लिगमा विजयी शुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको उद्घाटन खेलमा फ्रेण्ड्स क्लवलाई १–० गोल अन्तरले हराउँदै खुमलटारले सुखद् शुरुवात गरेको हो । खुमलटारको जितमा मेसुके ओलुमोउले निर्णायक गोल गरेका थिए । उनले ८९ औं मिनेटमा आएर गोल गरेका थिए । खेलको १८ औं मिनेटमा श्यामबाबु […]
पपुवा न्युगिनीलाई तीन विकेटले हराउँदै नेपाल विजयी
काठमाडौं,फाल्गुन,१९-नेपालले पपुवा न्यूगिनीलाई तीन विकेटले पराजित गरेको छ।आईसीसी विश्वकप लिग-२ अन्तर्गत शुक्रबार भएको खेलमा पपुवा न्यूगिनीले दिएको १८० रनको लक्ष्य पाएको नेपालले ४८ ओभरमा सात विकेट गुमाएर जित हासिल गरेको हो। नेपालका लागि आशिफ शेखलले ८६ रन प्रहार गरे। उनले १३० बलमा दुई चौका र एक छक्का प्रहार गरे।त्यस्तै, नेपालका लागि सन्दीप लामिछानेले ३५ र […]
नेपाल यू–१९ विश्वकपका लागि छनोट
काठमाडौं,फाल्गुन,१९-निर्णायक खेलमा यूएईमाथि ७ रनको रोमान्चक जित निकाल्दै नेपाल अर्को वर्ष श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट भएको छ । दीपेश कँडेलले ह्याट्रिक विकेट लिएपछि नेपाल सन् २०१६ यता पहिलो पल्ट उमेर समूहको क्रिकेट विश्वकप खेल्न लागेको हो । १९२ रनको लक्ष्य पाएको यूएईलाई नेपालले ४८ ओभरमा १८४ रनमा अलआउट गयो । नेपालका दीपेश कँडेलले […]
‘ए’ डिभिजन लिग आजबाट,पहिलो खेलमा खुमलटार र फ्रेन्ड्स भिड्ने
काठमाडौं,फाल्गुन,१९-सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको आज शुक्रबारबाट सुरु हुँदैछ । यसपाली ‘ए’ डिभिजन लिग तीन मैदान दशरथ रंगशाला, एन्फा कम्प्लेक्स र च्यासल मैदानमा हुनेछ । लिगको प्रत्यक्ष प्रसारण स्पेस फोरके टेलिभिजनबाट हुनेछ। खेल शीर्ष डिभिजनको लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ ।लिगको पहिलो खेलमा आज नवप्रवेशी एफसी खुमलटार र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ।दशरथ […]

