टोकीयो,जापान,फाल्गुन,१८-जापानको आईची प्रिफेक्चरको नागोया शहरमा“तेस्रो यूनीटी एफसी फुटसल कप”हुने भएको छ । यूनिटी एफसीको आयोजनामा हुन लागेको उक्त फुटसल प्रतियोगीता अप्रिल २९ तारीख (बैशाख १६) गते शनिवारका दिन नागोया शहर स्थित हिगासीकोसासा ६० कोशिदोचो टोयोटा भन्ने स्थानमा हुने क्लवका खेलाडी च्याङ्बाले बिहानी अनलाईनलाई जानकारी दिनुभयो। उहाँका अनुसार “स्वास्थ्यको लागि खेलकुद” भन्ने मुल नारासहित प्रतियोगीताको आयोजना गर्न लागेको बताउनुभयो । […]
खेल
मेस्सीलाई फिफा प्लेयर अफ द इयर अवार्ड
काठमाडौं,फाल्गुन,१६-अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले फिफा प्लेयर अफ द इयर अवार्ड जितेका छन् । फिफा द बेस्ट अवार्ड २०२२ अन्तर्गत मेस्सीले पुरुषतर्फ प्लेयर अफ द इयर अवार्ड जितेका हुन् । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्डले फ्रान्सका केलियन एमबाप्पे र करिम बेन्जिमालाई पछि पार्दै अवार्ड जितेका हुन् । मेस्सीले अर्जेन्टिनालाई आफ्नो कप्तानीमा […]
क्रिकेट विश्वकप लिग टु : नेपालले आज पपुवा न्यु गिनीसँग खेल्ने
टोकियो,जापान,१५-आईसीसी क्रिकेट विश्वकप लिग टु आज सोबारबाट यूएईमा सुरु हुदैंछ।पहिलो खेलमा नेपालले पपुवा न्यु गिनी(पीएनजी)सँग खेल्दै छ । खेल नेपाली समय अनुसार पौने १२ बजे दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा सुरु हुनेछ । घरेलु मैदानमा स्कटल्याण्ड र नामिबिया सम्मिलित लिग टु को शृङ्खलामा उत्कृष्ट प्रदर्शन गर्दै सबै चार खेल जितेर उच्च मनोबलका साथ नेपाली टोली यूएई […]
प्रधानमन्त्री दाहालद्वारा क्रिकेट खेलाडीलाई बधाई
काठमाडौं,फाल्गुन,९-प्रधानमन्त्री पुष्पकमल दाहालले स्कटल्याण्डलाई पराजित गर्न सफल भएकोमा नेपाली क्रिकेट टोलीलाई बधाई दिनुभएको छ । मंगलबार भएको आईसीसी क्रिकेट विश्वकप लिग टू च्याम्पियन खेलमा नेपालले स्कटल्याण्डमाथि २ विकेटको रोमाञ्चक जित हात पारेको हो । सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री दाहालले क्रिकेट खेलाडीलाई बधाई तथा शुभकामना दिनुभएको छ ।
विश्वकप लिग-२ क्रिकेटमा स्कटल्यान्डमाथि नेपालको २ विकेटले विजयी
काठमाडौं,फाल्गुन,९-नेपालले विश्वकप लिग–२ क्रिकेटमा स्कटल्यान्डमाथि २ विकेटको रोमाञ्चक जित हात पारेको छ । मंगलबार कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको क्रिकेट मैदानमा भएको खेलमा स्कटल्यान्डले दिएको २१३ रनको लक्ष्य पछ्याएको नेपालले ४४ ओभर १ बलमा ८ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । नेपालका लागि कप्तान रोहित कुमार पौडेलले ९५ रनको अर्धशतकीय पारी खेले । १०१ बल खेलेका […]
महिला फुटबलमा नेपाल र भारत बिचको खेल बराबरी
काठमाडौं,फाल्गुन,७-नेपाली राष्ट्रिय महिला फुटबल टोलीले दोस्रो मैत्रीपूर्ण खेलमा घरेलु टोली भारतसँग बराबरी खेलेको छ । चेन्नईस्थित जवाहरलाल नेहरू स्टेडियममा शनिबार भएको खेलमा नेपालले भारतसँग गोलरहित बराबरी खेलेको हो । प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले पाएको अवसरलाई गोलमा परिणत गर्न सकेनन् । जसको कारण खेल गोलरहित बराबरीमा सकिएको हो । यस अघि पहिलो मैत्रीपूर्णमा नेपालले […]
राष्ट्रिय महिला फुटबल टोलीले भारतसंग भिड्ने
काठमाडौं,फाल्गुन,१६-नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज शनिवार दोस्रो मैत्रीपूर्ण खेलमा भारतसँग प्रतिस्पर्धा गर्दैछ । भारतको चेन्नईस्थित जवाहरलाल नेहरू स्टेडियममा नेपालले घरेलु टोली भारतको सामना गर्नेछ।नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार साँझ ७:१५ बजे सुरु हुनेछ । नेपाल दोस्रो मैत्रीपूर्णमा घरेलु टोलीलाई हराउने योजनासहित मैदान उत्रनेछ । भारत पनि नेपाललाई हराउने योजनामा […]
स्कटल्यान्डमाथि नेपालको जित
काठमाडौं,फाल्गुन,५-आईसीसी क्रिकेट विश्वकप लिग टु मा शुक्रबार शीर्ष स्थानको स्कटल्याण्ड ३ विकेटले पराजित गरेको छ ।दीपेन्द्र सिंह ऐरी र कुशल मल्लको उत्कृष्ट ब्याटिङ मद्दतमा नेपालले जित हासिल गरेको हो। दीपेन्द्र र कुशलले अर्धशतक प्रहार गरेपछि नेपालले २७५ रनको लक्ष्य ४७ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको हो । दीपेन्द्रले अविजित ८५ रन बनाउँदा कुशल ८१ […]
नेपालद्धारा नामिबियामाथी कीर्तिमानी जित
काठमाडौं,फाल्गुन,२-आईसीसी पुरुष क्रिकेट विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशी एकदिवसीय श्रंखलाको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध कीर्तिमानी जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाले दिएको २८६ रनको लक्ष्य नेपालले ४७.४ ओभरमा ८ विकेट गुमाएर पुरा गर्दै २८७ रन बनायो । जुन एकदिवसीय क्रिकेटमा हालसम्म नेपालले बनाएको सबैभन्दा ठूलो स्कोर हो । नेपालको जितमा कुशल भुर्तेलले […]
साफ यू–२० महिला च्याम्पियनसिपको उपाधीका लागी आज नेपाल र बंगलादेश भिड्ने
काठमाडौं,माध,२६-साफ यू-२० महिला च्याम्पियनसिपको उपाधिका लागि नेपालले घरेलु टोली बंगलादेशसँग खेल्दैछ । आज बिहीबार ढाकास्थित बीएसएस मोस्ताफा कमल स्टेडियममा नेपाली समय अनुसार साँझ पौने ६ बजे खेल हुनेछ । फाइनलमा घरेलु टोली विरुद्ध बदला लिँदै उपाधि जित्ने लक्ष्यमा नेपाल छ । पहिलो खेलमै नेपाल घरेलु टोली बंगलादेशसँग पराजित भएको थियो ।नेपालले भुटान र भारतलाई हराएर […]

