एसिया कप : आज भारत र पाकिस्तान खेल्दै

काठमाडौं,भदौ,१४-एसिया कपमा आज शनिबार उपाधिका दुई प्रमुख दाबेदार भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ।खेल नेपाली समय अनुसार दिउँसो सवा ३ मा श्रीलंकाको पालेकेले क्रिकेट स्टेडियममा हुनेछ। भारतको रोहित शर्मा र पाकिस्तानको बाबर आजमले कप्तानी गर्ने गर्दछन्।पहिलो खेलमा नेपाललाई पराजित गरेकोपाकिस्तान भारतलाई हराउँदै सुपर फोर प्रवेश गर्ने पहिलो टिम बन्न चाहन्छ।  प्रतियोगिताको पहिलो खेल खेल्दै गरेको भारत […]

मेस्सीको कप्तानीमा इन्टर मायमी पहिलो पटक च्याम्पियन

टोकियो,जापान,भाद्र,३-इन्टर मायमी क्लव लिग्स कप २०२३ को च्याम्पियन बनेको छ । अर्जेन्टिनी स्टार लिओनेल मेस्सीको कप्तानीमा रहेको शनिबार सम्पन्न फाइनलमा नाशभिल एफसीलाई सडन डेथमा पराजित गर्दै इन्टर मायमीले इतिहासकै पहिलो उपाधि जितेको हो।निकै प्रतिस्प्रर्धा भएको खेलमा निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो। टाइब्रेकरमा नाशभिलका लागि रान्दाल लिएलले गरेको दोस्रो प्रहार गोलरक्षक […]

इन्टर मायमी लिग्स कपको सेमिफाइनलमा प्रवेश

काठमाडौं,साउन,२७-इन्टर मायमीले चार्लोट एफसीमाथि फराकिलो जितका साथ लिग्स कप २०२३ को सेमिफाइनलमा प्रवेश गरेको छ। कप्तान लिओनेल मेस्सीले लगातार पाँचौ खेलमा गोल गर्दै प्रभावशाली प्रदर्शन गर्दा इन्टर मायमीले ४-० को जितका साथ अन्तिम चारमा स्थान बनाएको छ।घरेलु मैदानमा मायमीका लागि जोसेफ मार्टिनेज, रोबर्ट टेलर र लिओनेल मेस्सीले १-१ गोल गरे!एक गोल भने आत्मघाती गोल भएको थियो। […]

एएफसी कप: मच्छिन्द्रको पारो एफसीमाथि ३-२ गोलको जित

काठमाडौं,साउन,२३-मच्छिन्द्र फुटबल क्लब एएफसी कप प्रारम्भिक चरणको छनोटमा जित निकाल्दै भारतीय क्लब मोहन बगानसँगको भेट पक्का गरेको छ। मच्छिन्द्रले मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पारो एफसीमाथि ३-२ को जित निकाल्दै दोस्रो चरणमा स्थान बनाएको हो।भुटानको शीर्ष डिभिजन च्याम्पियन पारोले गोल गर्दै अग्रता बनाए पनि जित निकाल्न सकेन।अब मच्छिन्द्रले दोस्रो चरणको खेलमा भारतीय क्लब मोहन बगानसँग अगस्ट […]

क्यानडा टी-ट्वान्टी लिगमा नेपाली अलराउन्डर दीपेन्द्रसिंह ऐरी आबद्ध मोन्ट्रियल टाईगर्स च्याम्पियन

काठमाण्डौं,साउन,२२-क्यानडा टी-ट्वान्टी लिगमा नेपाली अलराउन्डर दीपेन्द्रसिंह ऐरी आबद्ध मोन्ट्रियल टाईगर्स च्याम्पियन बनेको छ। नेपाली स्पिनर सन्दीप लामिछाने आबद्ध सर्रे जगुआर्सलाई ५ विकेटले हराउदै मोन्ट्रियल टाईगर्स च्याम्पियन भएको हो।  टस हारेको सर्रेले पहिला ब्याटिङ गर्दै २० ओभर खेल्दै जितका लागी मोन्ट्रियल टाईगर्स लाई १३१ रनको टार्गेट दिएको थियो। निकै रोमाञ्चक बनेको खेलमा मोन्ट्रियल टाईगर्सलाई २० ओभरको समाप्तीको अन्तिम […]

ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट लिए सन्यास

काठमाडौं,साउन,१९-नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्।शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मल्लले सन्यासको घोषणा गर्नु भएको हो। अन्तर्राष्ट्रिय क्रिकेटबाट पूर्णविराम लगाउँदै एउटा फरक यात्राको आरम्भ गर्ने समेत बताउनुभयो। पारस खड्काले नेपाली राष्ट्रिय टिमको नेतृत्व त्यागेपछि ज्ञानेन्द्र कप्तान बन्नु भएको थियो।२०७६ सालमा उनी राष्ट्रिय टिमको कप्तान बन्नु भएको थियो।

मेस्सीले डेब्यु खेलमा फ्री-किकमार्फत गोल गर्दा मियामीको जित

काठमाण्डौ,साउन,६-लिओनल मेस्सीले डेब्यु खेलमा नै फ्री-किकमार्फत गोल गर्दै इन्टर मियामीलाई  जित दिलाएका छन्। अर्जेन्टिनी फरवार्ड लिओनल मेस्सीकै निर्णायक गोलमा मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २-१ ले हराएको छ।खेलको ४४ औ मिनेटमा राबर्ट टेलरको गोलमा मियामीले खेलमा अग्रता बनाएको थियो।युरिएल अन्तुनाले ६५ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। दोस्रो हाफमा मैदान प्रवेश गरेका मेस्सीले […]

नेपाल फिफा अन्तराष्ट्रिय महिला फुटबल सिरिज २०२३ को च्याम्पियन

काठमाडौं,असार,३१-नेपाल फिफा अन्तराष्ट्रिय महिला फुटबल सिरिज २०२३ को च्याम्पियन बनेको छ। बंगलादेशको राजधानी ढाकाको कमलपुरस्थित विरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा भएको दोस्रो मैत्रीपुर्ण खेलमा बंगलादेशलाई हराउदै नेपाल च्याम्पियन बनेको हो। एको दोस्रो मैत्रीपुर्ण खेलमा गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय सिधै टाइब्रेकरबाट लिईएको थियो।टाइब्रेकरमा नेपाल ४-२ गोलले बंगलादेशलाई हराउदै विजयी भएको हो।यसअघि भएको पहिलो खेलमा […]

आज नेपाल र बंगलादेश बीचको दोस्रो मैत्रीपुर्ण खेल हुने

काठमाडौं,असार,३१-नेपालले आज बंगलादेश संग दोस्रो मैत्रीपुर्ण फुटबल खेल्दैछ।बंगलादेशको राजधानी ढाकास्थित वीरश्रेष्ठ सहिद सिपाही मोहम्मद मुस्तफा कमल रंगशालामा खेल नेपाली समय अनुसार साँझ ५ः१५ बजे सुरु हुनेछ। गत हप्ता बिहीवार भएको मैत्रीपूर्ण पहिलो खेल नेपाली महिला टिमले १-१ को बराबरीमा खेलेको थियो। बंगलादेशको गर्मी मौसमका कारण केहि कठिनाई भएपनि आक्रमण फुटबल खेल्ने नेपाली टोलीका मुख्य प्रशिक्षक अनन्त […]

एसिसी इमर्जिङ कपमा नेपालले आज पाकिस्तान ए सँग खेल्ने

काठमाडौं,असार,२९-एसिसी इमर्जिङ कपमा नेपालले आज पाकिस्तान ए सँग खेल्दैछ।खेल बिहान १०ः१५ मा कोलोम्बो क्रिकेट ग्राउन्डमा सुरु हुनेछ।नेपाल खेलमा उत्कृष्ट सुरुवात गर्ने सोचमा हुनेछ।नेपालको रोहित पौडेल र पाकिस्तानको मोहम्मद हरिसले कप्तानी गर्नेछन्। पाकिस्तानको आक्रामक ब्याटर हरिसको प्रदर्शन महत्वपूर्ण हुनेछ। नेपालका सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, करण केसी र आरिफ शेख टोलीमा छैनन्।त्यसैले आज टोलीमा युवा खेलाडीले मौका […]