आज नेपाल र माल्दिभ्स भिड्दै

काठमाडौं,असोज,१४-नेपालले आज माल्दिभ्ससँग भिड्दैछ।चीनमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा मङगोलियाविरुद्ध कीर्तिमानी जीत निकालेको नेपाल आइतवार माल्दिभ्ससँग भिड्न लागेको हो। खेल नेपाली समयअनुसार बिहान ६ः४५ बजे शुरू हुँदैछ।गत असो १० गते नेपालले मंगोलियाविरुद्ध कीर्तिमानी २७३ रनको जीत हात पारेको थियो।यसअघि चेक रिपब्लिकले सन् २०१९ मा टर्कीविरुद्ध सर्वाधिक २५७ रनको फराकिलो जीत हात पारेको थियो। […]

नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ती मगर गए अस्ट्रेलिया

काठमाडौं,असोज,१२-नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ती मगर पनि अष्ट्रेलिया पलायन भएका छन्।उनी देश छोडेर अष्ट्रेलियातर्फ प्रस्थान गरेको तस्वीर गोलनेपाल डटकमले सार्वजनिक गरेको छ।  एक दशक भन्दा लामो समयदेखि राष्ट्रिय टोलीका सदस्य रहेका विमल शुक्रबार अस्ट्रेलिया गएका हुन्।एन्फा एकेडेमीका उत्पादन उनले सन् २०१२ मा बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा डेब्यु गरेका थिए। उनी मच्छिन्द्र क्लबबाट सहिद स्मारक […]

मंगोलियामाथि नेपालको २ सय ७३ रनको शानदार जित

काठमाडौं,असोज,१०-नेपालले एसियन गेम्समा मंगोलियामाथि २ सय ७३ रनको फराकिलो जित निकालेको छ। हान्जाओमा पहिलो पटक अन्तराष्ट्रिय क्रिकेट डेब्यु गरेको मंगोलियामाथि नेपालले शानदार जित आत्मसाथ गरेको हो।  नेपालले प्रस्तुत गरेको ३ सय १५ रनको लक्ष्य पछ्याएको मंगोलिया ४१ रनमा समेटिएको छ।  मंगोलियालाई सस्तैमा समेट्न करन केसी, अभिनाश बोहरा, सन्दीप लामिछानेले समान दुई तथा सोमपाल कामी, दिपेन्द्र […]

दीपेन्द्रको टि-२० आईमा विश्व कीर्तिमान,९ बलमै ५० रन हाने

काठमाडौं,असोज,१०-नेपालका मध्यक्रम ब्याट्सम्यान दीपेन्द्रसिंहले पनि मंगोलियाविरुद्ध आक्रामक ब्याटिङ गर्दै विश्वकीर्तिमान बनाउने क्रममा ९ बलमै अर्धसतकीय इनिङ्स खेलेकाछन्। उनले १० बलमा आठ छक्काको सहयोगमा ५२ रन बनाए।यसअघि अन्तर्राष्ट्रिय टी-२० मा भारतका युवराज सिंहले इंग्ल्यान्डविरुद्ध १२ बलमा ५० रन बनाएका थिए।यसैगरी अस्ट्रियाका मिर्जा अहसनले १३ बलमा ५० रन जोडेका थिए । 

टी-२० आईमा कुशल मल्लको विश्व कीर्तिमान,३४ बलमै शतक प्रहार

काठमाडौं,असोज,१०-नेपालका  युवा ब्याटर कुशल मल्लले टी-२० क्रिकेट इतिहासमा सर्वाधिक छिटो शतक प्रहार गर्ने रेकर्ड बनाएका छन्।  १९औं एसियाली खेलकुदमा मंगोलियाविरुद्ध कुशलले ३४ बलमा शतक प्रहार गर्दै विश्व कीर्तिमान बनाएका हुन्। कुशल ४३ बलमा छक्का र चौकासहित १ सय १६ रनमा क्रिजमा छन्। यसअघि टी-२० मा सर्वाधिक छिटो शतक ३५ बलमा थियो। भारतका रोहित शर्मा, दक्षिण […]

नेपालले दियो मंगोलियालाई ३१५ रनको विशाल लक्ष्य

काठमाडौं,असोज,१०-१९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा नेपालले मङगोलियालाई ३१५ रनको विशाल लक्ष्य दिएको छ।टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा मात्र ३ विकेट गुमाएर ३१४ रन बनाएको हो। नेपालका लागि कुशल मल्लले सर्वाधिक १३७ रन बनाए।उनले मात्रै ५० बलमा १३७ रन बनाए।१३७ रन बनाउने क्रममा उनले ८ चौका र १२ छक्का प्रहार गरे।  यस्तै कप्तान […]

आज सन्दीप लामिछाने र सागर ढकाल चीन जादै

काठमाडौं,असोज,९-नेपाली राष्ट्रिय टोलीका क्रिकेटरद्वय सन्दीप लामिछाने र सागर ढकाल एसियन गेम्सका लागि आज चीन जाने भएको छ। अदालतमा मुद्दा विचाराधिन रहेकाले सन्दीप नेपाली टोलीसँगै चीन जान पाएका थिएनन्। ललित राजवंशी घाइते भएर एसियन गेम गुमाउने भएपछि सागर टिममा समावेश भएका थिए। भिषा समस्याका कारण सागर टिमसँग चीन जान पाएका थिएनन्। अदालतमा विचाराधिन मुद्दाको पेसी स्थगित […]

एसियाली खेलकुद बक्सिङमा थापाको जित

काठमाडौं,असोज,८-एसियाली खेलकुदको बक्सिङमा नेपालका रबिन थापाले जित निकालेका छन्।पुरुष ५१ केजी तौल समूहमा रबिनले इन्डोनेसियाका कोएबानु डियोलाई हराएका हुन्। राउन्ड अफ ३२ को खेलमा रबिनले डियोलाई ४-१ ले हराएका हुन्। नेपालकी मनीता श्रेष्ठ, प्रधान, जंगबहादुर सारु र १३ औं दक्षिण एसियाली खेलकुदकी स्वर्णधारी पुनम श्रेष्ठ इप्पोनका आधारमा पराजित भए। महिला ५७ केजीमुनि मनीता तुर्कमिनिस्तानकी मायसा […]

साफ यू-१९ च्याम्पियनसीप मालदिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं,असोज,८-नेपाल साफ यू-१९ च्याम्पियनसीप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। सोमबार दशरथ रंगशालामा भएको खेलमा माल्दिभ्सलाई ४-१ गोल अन्तरले हराउँदै नेपालले अन्तिम चारमा स्थान सुनिश्चित गरेको हो। दुई मध्ये एक खेलमा जित तथा एक खेलमा हार भोगेको नेपाल उपविजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो।नेपालले पहिलो खेलमा पाकिस्तानसँग १-० को गोल अन्तरले पराजय भोगेको थियो। पहिलो खेलमा […]

भारतलाई एसिया कपको उपाधि

काठमाडौं,भदौ,३१-भारतले एसिया कप क्रिकेटको उपाधि जितेको छ । सामान्य ५१ रनको लक्ष्यलाई ६.१ ओभरमा पूरा गर्दै भारतले एसिया कपको उपाधि जितेको हो।सामान्य रनको लक्ष्य पछ्याएको भारतले श्रीलंकामाथी १० विकेटले विजयी भयो।एसिया कपमा भारतको यो आठौं उपाधिसमेत हो। भारतलाई जिताउन टस जितेर पहिले ब्याटिङ रोजेको श्रीलंकाका ब्याटिङ लाइनअप ध्वस्त बनाउने क्रममा भारतीय फास्ट बलर मोहम्मद शिराजले […]