आज प्रतिनिधिसभाको बैठक बस्दै, नागरिकता विधेयक पेश हुने

काठमाडौं,आषाढ,२४-प्रतिनिधिसभाको बैठक आज शुक्रबार बस्दैछ।मन्त्री तथा सांसदहरूले बैठकमा नागरिकता विधेयक पेश हुने बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै मन्त्री तथा सांसदहरूले फास्ट ट्रयाकबाट विधेयक पारित हुने बताउनु भएको थियो।उनीहरूले नागरिकता विधेयक सर्वसम्मत्तिबाट पारित हुनपर्नेमा जोड दिँदै त्यसका लागि नेताहरूले कोशिस गरिरहेको जानकारी दिनुभयो । वन तथा वातावरण मन्त्री प्रदीप यादवले संसदमा पेश गर्ने […]

अर्थमन्त्री शर्माद्वारा पदबाट राजीनामा,छानबिनका लागि ११ सदस्यीय संसदीय समिति गठन

काठमाडौं,आषाढ,२३-अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामाको घोषणा गर्नु भएको छ।  प्रतिनिधिसभाले आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएको र करको दर हेरफेर गरेको भन्दै छानबिनका लागि संसदीय विशेष समिति गठन गरेलगत्तै अर्थमन्त्री शर्माले राजीनामाको घोषणा गर्नु भएको थियो। त्यसलगत्तै विशेष समय लिएर बोल्दै उहाँले छानबिनका लागि मार्गप्रशस्त गर्न राजीनामा दिएको बताउनुभयो।‘एउटा संसदीय […]

मन्त्रिपरिषद् बैठकले बुधबार गरेका निर्णयहरु यी हुन्

काठमाडौं,आषाढ,२३-सरकारले विभूषण समितिको सदस्यबाट वरिष्ठ कलाकार मदनदास श्रेष्ठलाई हटाएर संगीतकार शम्भुजीत बास्कोटालाई नियुक्ति गरेको छ । अन्य सदस्य यथावत राख्ने गरी सरकारले विभूषण समितिको सदस्यबाट वरिष्ठ कलाकार मदनदास श्रेष्ठलाई हटाएर संगीतकार शम्भुजीत बास्कोटालाई ल्याउने निर्णय गरेको हो।बुधबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रिय बाल परिषद्को कार्यकारी […]

नागरिकता विधेयक फिर्ता लिने सरकारको निर्णय

काठमाडौं,आशाढ,२२-सरकारले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको छ।मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभामा रहेको नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको बताइएको छ । उक्त विधेयक २०७५ साउन २२ गते प्रतिनिधि सभामा दर्ता भएको थियो।यो विधेयकमाथि प्रतिनिधि सभाको राज्य व्यवस्था समितिमा छलफलपछि ०७७ असार ९ गते प्रतिनिधिसभामा समितिको प्रतिवेदन पेश भएको थियो । संसदमा पेश भइसकेपछि मन्त्रिपरिषदले […]

भारतीय दुतावासका सुरक्षा गार्डले आफैंलाई गोली हानी गरे आत्महत्या

काठमाडौ,आषाढ,२०-काठमाडौंस्थित भारतीय दूतावासमा कार्यरत एक भारतीय सुरक्षा गार्डले आफैंलाई गोली हानेका छन् । ड्युटीमै रहेको समयमा सोमबार विहान ९ बजेतिर उनले आफैंलाई गोली हानेर आत्महत्या गरेका हुन्।दुतावासको सुरक्षार्थ खटिएका ३२ वर्षीय दीपक सिंहले बोकेको राइफलले आफैंलाई गोली हानेका दुतावास स्रोतले जानकारी दिएको छ । घटना थाहा पाउने बित्तिकै नेपाल प्रहरी दुतावास पुगेको थियो । तर, […]

ओलीको अर्थमन्त्रीलाई प्रश्न-यति धेरै विवादास्पद हुँदा पनि लज्जाबोध हुँदैन ?

काठमाडौं,आषाढ,२०-प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्री जनार्दन शर्मालाई लज्जाबोध हुँदैन भन्दै प्रश्न गर्नुभएको छ । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष ओलीले दुनियाँले प्रश्न उठाउँदा पनि जेठ १४ गतेको फुटेज डिलिट गरेर कानूनको खिल्ली उडाएको बताउनुभएको छ । ‘दुनियाँले आवाज उठाएको छ, फुटेज डिलिट गरिएको छ, यो भन्दा बलमिच्याँइ के हुन्छ ?’ […]

जनता समाजवादीले ३ जना मन्त्री फेर्दै

काठमाडौं,आषाढ,२०-जनता समाजवादी पार्टी (जसपा) ले नयाँ मन्त्रीमा तीन जनाको नाम सिफारिस गरेको छ । जसपाले केही दिनअघि नै सरकारमा सहभागी मन्त्रीहरू फिर्ता गर्ने निर्णय गरेको थियो।हाल रहेका चार जना मन्त्रीमध्ये राजेन्द्र श्रेष्ठको मन्त्रालय फेरेर कायमै राख्ने र तीन जना नयाँ नाम सिफारिस गरेको हो । नयाँ मन्त्रीहरूमा इस्तियाक राइलाई भौतिक पूर्वाधार मन्त्री, मृगेन्द्रकुमार सिंहलाई कृषि […]

रोहिंग्या मुस्लिमलाई देश निकाला गर्न माग राख्दै वीरगंजमा प्रदर्शन

वीरगंज,आषाढ,२०-विश्व हिन्दू परिषद् नेपाल, पर्सा निकट युवाहरुद्वारा वीरगंजमा विरोध प्रदर्शन गरिएको छ।   रोहिंग्या मुस्लिमलाई नेपाल प्रवेश गराउने एवं शरण दिने विरुद्ध आइतवार बेलुका ४ बजे आयोजित उक्त विरोध र्याली माईस्थानबाट शुरु भई दुई नम्बर रोड, मिना बजार हुदै घण्टाघरमा गई कोणसभामा परिणत भएको थियो ।   र्यालीमा सहभागी युवाहरुले रोहिंग्या मुस्लिमलाई देश निकाला गर, […]

संघीय संसदका दुवै सदनको बैठक आज बस्दै, ओलीले सम्बोधन गर्ने

काठमाडौं,आषाढ,२०-संघीय संसदका दुवै सदनको बैठक आज (सोमबार) बस्ने भएको छ । प्रतिनिधिसभा बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने संघीय सचिवालयले जनाएको छ।बैठकमा विभिन्न विधेयक तथा प्रतिवेदनहरु पेश हुने भएका छन्।बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले बजेटसम्बन्धी विभिन्न विधेयकमा राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारी गराउने कार्यसूची रहेको छ। राष्ट्रिय सभामा उत्पति भएका औषधि तेस्रो संशोधन […]

प्रधानमन्त्रीसहित सत्तारुढ दलका शीर्ष नेताहरू निजगढ विमानस्थलको निरीक्षणमा

काठमाडौं,असार,१८-प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारूढ दलका शीर्ष नेताहरू बाराको निजगढमा निर्माणाधीन अवस्थामा रहेको अन्तरराष्ट्रिय विमानस्थल निर्माण क्षेत्रको निरीक्षणमा पुगेका छन् । उनीहरू शनिवार बिहान  नेपाली सेनाको हेलिकप्टरमार्फत त्यहाँ पुगेका हुन् ।  टोलीमा प्रधानमन्त्री देउवासँगै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत छन् । […]