मेयर राणाले गरे नेपालगन्जमा कागजको झोला बनाउने उद्योगको उद्घघाटन

नेपालगन्ज, बैशाख,३- नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ मा सञ्चालनमा ल्याएको कागजको झोला बनाउने कम्पनी माझी प्रोडक्सनलाई अाज एक कार्यक्रम गरी नेपालगन्ज उपमहानगरपालिका का मेयर डा- धवल शमशेर राणाले उद्घघाटन गरेका छन् । नेपालगन्ज शहरलाई पलाष्टिक मुक्त बनाउने अभियानमा उपमहानगरपालिका लागिरहदा स्थानीय व्यापारी कुमार अधिकारीको टीमले उक्त उद्योग सञ्चालनमा ल्याएको हो ।जसमा सहकार्य मदन भट्ट , […]

आज देखि नेपालमा ‘पब्जी’ खेलमा प्रतीबन्ध

काठमाण्डौं,चैत्र,२८- आज देखि नेपाल सरकाले ‘पब्जी’ खेलमा प्रतिबन्ध लगाएको छ । पब्जी खेलका कारण विभिन्न घटना भएको भन्दै प्रहरीमा उजुरी परेपछि नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा पब्जी खेल्न प्रतिबन्ध लगाएको हो । प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको आग्रहमा प्राधिकरणले बिहीबार इन्टरनेट प्रदायकहरुलाई पब्जी खेल डाउनलोड र खेल्ने काम रोक्नका लागि निर्देशन दिदै पत्र पठाएको जानकारी […]

उडान नेपालले दियो ४९ जनालाई चित्रकला अभ्यास तालिम

नेपालगन्ज,चैत्र,२३- उडान नेपालले शुक्रबार ४९ जनालाई चित्रकला अभ्यास तालिम दिएको छ। युवाहरुको नेतृत्व तथा व्यक्तितब बिकास,हाम्रो उद्देश्य’ भन्ने मुख्य नाराका साथ सामाजिक कार्यका लागि स्थापित संस्था उडान नेपालको आयोजनमा शुक्रबार चित्रकला अभ्यास तालिम भएको हो।   नेपालगन्ज स्थित स्वस्तिक कटेजमा १२ बजे देखि २ बजे सम्म सन्चालित उक्त चित्रकला अभ्यास तालिम चित्रकार सागर क्षेत्रीद्वारा दिइएको […]

महोत्सवद्वारा जलबायु मैत्री कृषि तथा आइपिएम प्रविधिलाई सम्मान पत्र प्रदान

नेपालगन्ज,फाल्गुन,२९- नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा सम्पन्न प्रादेशिक महोत्सव २०७५ को समापनको दिन बुधबार महोत्सवले बिभिन्न स्टलहरुलाई सम्मान पत्र प्रदान गरेको छ। विभिन्न स्टलहरुको माँझमा प्राङ्गारीक तरकारी जलवायु खेती गर्नु पर्छ भन्ने मुख्य उद्देश्यका साथ महोत्सवको स्टल न.१७ मा आफ्नो प्रदर्शनी गरे बापत जलवायु मैत्री कृषि तथा आइपिएम प्रविधि स्टल पनि महोत्सवद्वारा सम्मानित भएको छ। […]

निम्जा सफ्टवेयर सर्विस प्रालिद्वारा अाश्रमलाई निशुल्क वेभसाईट प्रदान

नेपालगन्ज, फागुन, १९- नेपालगन्जमा रहेको निम्जा सफ्टवेयर सर्विस प्रा-लि- ले नेपालगन्जमा रहेको निलसागर असहाय अशक्त जेष्ठ नागरिक सेवा केन्द्रलाई निशुल्क वेभसाईट बनाएर प्रदान गरेको छ । आइतबार एक कार्यक्रम गरि उक्त सफ्टवेयर प्रा-लि- ले निलसागर असहाय अशक्त तथा जेष्ठ नागरिक सेवा केन्द्रकी अध्यक्ष सरिता शर्मा तथा उपाध्यक्ष अमन पौडेललाई सो वेभसाईटको प्रमाणपत्र हस्तान्तरण गरिएको सफ्टवेयरका […]

किसानको रोजाइमा आधुनिक मकै छर्ने `सिडड्रील´ मेसिन

नेपालगन्ज,फाल्गुन,१२- बाँके डुडुवा गाउपालिका ६ मा मकै छर्ने आधुनिक मेसिन ‘सिडड्रील’ को प्रदर्शनि गरीएको छ । आइतबार डुडुवामा मकै खेतिमा यान्त्रीकरण सम्बन्धि प्रदर्शनी तथा जनचेतना अभियान अन्तरर्गत सिमिट इम्टरनेशनल सिसा परियोजनाले उक्त आधुनिक मेसिनको प्रदर्शनि गरेको थियो । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना परियोजना कार्यनयन इकाई मकै जोनको आयोजना र सिमिट इन्टरनेशनल सिसा परियोजनाको सह सहकार्यमा […]

कम्युटर एसोसिएसन महासंघ नेपाल प्रदेश नं ५ द्वारा प्रत्रकार सम्मेलन

के-पी-घिमिरे/ नेपालगंज,असार,२३- कम्युटर एसोसिएसन महासंघ नेपाल प्रदेश नं ५ र बाँके क्यानको समन्वयनमा क्यान नेसनल अाईसिटी स्कलरसिप २०७५ को अाज बाँकेमा पत्रकार सम्मेलन गरेको छ । काठमाडौं स्थित लर्ड बुद्ध एजुकेशनल फाउन्डेसन क्याम्पसको अार्थिक सहयोगमा क्यानले उक्त स्कलरसिप कार्यक्रमको अायोजना गरेको हो । प्रदेश नं ५ क्यान महासंघका अध्यक्ष धुब्रराज शर्माको सभापतित्व, प्रमुख अतिथि क्यान फेडेरशन […]

जापानले दुनियाँकै सबैभन्दा शक्तिशाली ‘सुपरकम्प्युटर’ बनाउदै

बिहानी,साउन,२३- जापानले विश्वकै द्रुतगतिको सुपर कम्प्युटर बनाइरहेको छ । यदि यसमा सफल भयो भने जापान बौद्धिक अनुसन्धानको हब (केन्द्र) नै बन्ने आशा गरिएको छ । सुपरकम्प्युटरको गति १३० पेटाफ्लप्स रहनेछ ।यो भनेको एक सेकेण्डमा एक सय ३० मिलियन बिलियन अर्थात् १३० क्वाड्रिलियन क्यालकुलेसन गर्ने उच्च गति हो । कम्प्युटर आगामी २०१८ को अप्रिलसम्म बनाइने लक्ष्य […]

तीन महिनाभित्र १३ अर्ब कर नतिरे युटिएल बन्द हुने

काठमाडौं,साउन,५- डेढ दशकअघि नेपाल टेलिकमको प्रतिस्पर्धी कम्पनी बनाउने गरी दूरसञ्चार सेवा सञ्चालन अनुमति लिएको भारतीय लगानीको युनाइटेड टेलिकम लिमिटेड ९यूटीएल० ले तीन महिनाभित्र १३ अर्ब कर रुपैयाँ नतिरे उसको लाइसेन्स नै रद्द हुने अवस्थामा पुगेको छ । सरकारले ०५८ सालमा नेपाल टेलिकमको प्रतिस्पर्धी कम्पनी बनाउने गरी अनुमति दिएको भए पनि यूटीएलले अझैसम्म फ्रिक्वेन्सी र लाइसेन्स […]

छापा नेपाली विद्यार्थीले बनाए मंगलग्रहको उपग्रहमा बसोबासको नमूना

काठमाडौं,असार ८- मंगलग्रहको उपग्रहमा अन्तरिक्ष यात्री बसोबासका लागि नमूना तयार गर्ने प्रतिस्पर्धामा नेपाली विद्यार्थीहरू विजयी भएका छन्। मंगलग्रहको उपग्रह ‘फोबोस’ मा अन्तरिक्ष यात्री बस्न सक्ने वासस्थानको नमूना तयार गर्न अन्डरग्य्राजुएट तहका इन्जिनियरिङ विद्यार्थीबीच संसारभर गराइएको प्रतिस्पर्धामा नेपाली विद्यार्थीको समूह विजेता तीनमा छनोट भएको हो। अमेरिकन इन्स्टिच्युट अफ एरोनटिक्स एन्ड एस्ट्रोनटिक्स (एआइएए) ले आयोजना गरेको प्रतिस्पर्धामा […]