दुबईमा नेपाली युवतीको हत्या

काठमाडौं,जेठ,२२- यूएईको दुबाईमा भोताङ-८ सिन्धुपाल्चोककी २५ बर्षीया लप्साङ तामाङको मे २० मा हत्या भएको नेपाली दूतावासले जनाएको छ । हत्यामा संलग्न आशंकामा भोताङ ८ कै बुले तामाङलाई पक्राउ गरिएको छ । घटनाको छानबिन भइरहेकाले प्रहरीले पूर्ण विवरण उपलब्ध गराएको छैन । लप्साङको शव ‘इमिरेट्स हिल’मा फेला परेको दूतावासले जनाएको छ । आजको कान्तिपुरमा खबर छ […]

वैदेशिक रोजगारका नाममा मिर्गौलाको अवैध कारोबार

काठमाडौं,बैशाख ४ नेपालमा मानव अङ्ग मिर्गौला ९किड्नी०को अवैध कारोबार जटिल समस्याका रूपमा देखा परेको छ ।  वैदेशिक रोजगारका नाममा मानव बेचविखन तथा ओसारपसारसँगै मिर्गौला पनि विक्री वितरण हुने पाइएको छ। विशेष गरी समाजका अशिक्षत, गरिब तथा मजदुरहरूलाई आर्थिकलगायत विभिन्न प्रलोभन देखाई दलालहरूले नै वैदेशिक रोजगारका नाममा भारत पुर्‍याई मिर्गौला विक्री गर्न लगाउने गरेको सम्बद्ध अधिकारीहरूले […]

वैदेशिक रोजगारी जानेका परिवारलाई पाँच रोगमा उपचार खर्च

काठमाडौँ, चैत १४- वैदेशिक रोजगारीमा रहेका परिवारका सदस्यलाई गम्भीर रोग लागेको अवस्थामा उनीहरुलाई समेत सरकारले आर्थिक सहयोग प्रदान गर्ने भएको छ। क्यान्सर, मृगौला प्रत्यारोपण, मुटुको शल्यक्रिया, पार्किन्सन र अलमाइजरसहित पाँच किसिमको रोग लागेमा वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले बढीमा ५० हजार रुपैयाँसम्मको आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको हो। बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले पहिलो चरणमा […]

२२७ नेपाली विदेशी जेलमाः नौ नेपालीलाई मृत्युदण्डको फैसला

 काठमाडौं,चैत, १४- नेपाली वैदेशिक रोजगारी गएका ४३ लाख ८९ हजार जना रहेको वैदेशिक रोजगार विभागको तथ्यांक उल्लेख छ । वैदेशिक रोजगारीमा गएकामध्ये दुई सय २७ जना नेपाली विभिन्न मुलुकको जेलमा छन् ।हत्या, बलात्कार, लागुऔषध कारोबार लगायत गम्भीर अभियोगमा उनीहरूले जेलजीवन बिताइरहेका हुन् । तीमध्ये केहीलाई मृत्युदण्डको सजाय सुनाइएको छ, केही ब्लडमनी तिर्न नसकेर जेलमा छन् […]

अमेरिका हिँडेका तीन सय भन्दा बढी नेपाली मेक्सिकोमै रोकिए

एजेन्सी ,फागुन ५ –अमेरिका प्रवेशको आशमा हवाई, स्थल र जलमार्ग हुँदै महिनौ लगाएर मेक्सिको पुगेका तीनसय भन्दा बढी नेपाली अमेरिकी र मेक्सिकोको सीमामा अड्किएका छन् । अमेरिकास्थित नेपाली दूतावासलाई प्राप्त जानकारी अनुसार मानव तस्करहरुको पछि लाग‍ेर उनीहरु २३ महिनासम्म समय लगाएर त्यहाँ आइपुगेका हुन् । सामान्य पढेलेखेकादेखि स्नातकोत्तर गरेकासम्मले अमेरिका आउन त्यस्तो बाटो रोजेका हुन् […]

सिमानाका हुँदै खाडीमुलुक जाने महिला तथा बालबालिकाको सङ्ख्या बढ्दै

बाँके,माघ,९-बाँके जिल्लाको नेपाल–भारत सीमानाका प्रयोग गरी रोजगारका लागि अवैधरुपमा भारत तथा खाडीमुलुक जाने महिला तथा बालबालिकाको सङ्ख्या प्रत्येक वर्ष बढ्दै गएको छ । विगत एक वर्षको अवधिमा भारत र खाडीमुलुक गएर हराएका मध्यपश्चिमाञ्चलका करिब ७३१ महिला तथा बालबालिकाका आफन्तले यहाँस्थित माइती नेपालको कार्यालयमा खोजीका लागि दिएको निवदेनको चाङले पनि अवैधरुपमा रोजगारका लागि खाडीमुलुक जाने महिलाको […]

एक बर्षभित्र युएईमा ६४ जना नेपालीले ज्यान गुमाए

लाल बहादुर ढेंगा, दुबई,युएई,पुस १२-वैदेशिक रोजगारीका लागि युएई पुगेका ६४ नेपालीले ज्यान गुमाएका छन् ।  नेपाली रोजगार दाताहरुलाई खाडी मुलुकहरुमध्ये युएई एउटा राम्रो गन्तव्यको थलो बन्दै गएको छ । युएईमा प्रवेश पाउनका लागि मुख्य रुपमा ४ प्रकारका भिसाको सुविधा रहेको छ । जसमा ईम्प्लोमेन्ट भिसा, भिजिट भिसा, टुरिष्ट भिसा र ट्राजिट भिसा हो । तर, […]

महिला,पुरुष वैदेशिक रोजगारीमा विदेशीन थालेपछि गाउँ नै खाली हुँदै

जाजरकोट,पुस २- जाजरकोट जिल्लामा वैदेशिक रोजगारी र भारतमा कमाइका लागि महिला तथा पुरुष गएपछि गाउँ नै खाली हुँदै गएका छन् । युवा रोजगारीका लागि गएपछि जाजरकोटका दुरदराज गाउँ पुरुष विहीन अवस्थामा पुगेका छन् । मान्छे मर्दा, बिरामी हुँदा र अन्य सामाजिक काममा अहिले पुरुष नहुँदा निकै समस्या हुने गरेको पञ्चभयार माविका शिक्षक वीरबहादुर खत्रीले बताउनुभयो […]