काठमाण्डौं,असोज,२३- एक टेलिभिजन कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवालाई नेताहरूको योग्यताबारे प्रश्न गरियो । देउवाले जंगिएर त्यसको जवाफ दिए । त्यो सन्दर्भ त्यतिवेला सामाजिक सञ्जालमा भाइरल नै भयो । यसरी नेता तथा मन्त्रीहरूको शैक्षिक योग्यता आमचासोको विषय हुने गरेको छ । डिग्री गरेका युवा देशमा रोजगारी नभएर खाडी जानुपरेका वेला नपढेको नेताले देश चलाउँदा देश पछि परेको […]
समाचार
राजपा का सहमहामन्त्री मिश्रद्वारा पार्टी परित्याग
बाँके,असोज,२३- राष्ट्रिय जनता पार्टी (राजपा) का सहमहामन्त्री रहेका बाँकेका पशुपतिदयाल मिश्र पार्टी छोडेर स्वतन्त्र भएको केही दिनमै बाँके क्षेत्र. न २ बाट सुर्य चिह्नमा चुनावी मैदानमा उत्रिने निर्णयमा पुगे । तीनजना बाहलवाला संसादलाई सिफारिस सुचीमा नपारेको एमाले बाँकेले मिश्रलाई भने एकल उम्मेदवाका रुपमा अघि सारेको छ । मिश्रलाई उम्मेदवार बनाउनु एमालेको बाध्यता होला त्यसले भुईचाले […]
जीप दुर्घटना : एक विदेशी पर्यटकको मृत्यु, ११ घाइते
लमजुङ, असोज २३- बेसीशहर–चामे सडक अन्र्तगत मनाङको तालबजारनजिकै जीप दुर्घटना हुँदा एक विदेशी पर्यटकको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्नपूर्ण पदमार्ग घुम्न आएका इजरायली नागरिक भेरिड यल्सर रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी अरु ११ जना घाइते भएका छन् । आइतबार साँझ लमजुङ सदरमुकाम बेसीशहरबाट मनाङतर्फ जाँदै गरेको ग १ ज ६०३४ नम्वरको […]
विश्वकप फुटबलका लागि पोल्याण्ड छानियो
काठमाडौं, असोज २३- मोन्टेनेग्रोलाई हराँउदै पोल्याण्ड अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छानिएको छ । युरोपेली समुह ई को खेलमा आइतबार राती मोन्टेनेग्रोलाई ४-२ ले हराँउदै पोल्याण्ड विश्वकपमा छानिएको हो । यही समुहका अन्य खेलहरुमा डेनमार्क र रोमानिया तथा काजखस्तान र अर्मेनियाले १-१ गोलको बराबरी खेलेका छन् । यो समुहबाट डेनमार्क प्ले अफ्मा छानिएको छ […]
झरना फेरि अर्को फिल्म बनाउदै
शिव पुन, दाङ,असोज,२२- नायिका एवं निर्देशक झरना थापाले आफ्नो नयाँ फिल्मको घोषणा गरेकी छिन् । झरनाले अब बनाउने फिल्मको नाम भागवत गीता रहेको छ ।आज चलचित्र पत्रकार संघ दाङले आयोजना गरेको सात्क्षाकार कार्यक्रममा बोल्दै नायिका झरनाले अहिले फिल्मको वर्कसप भइरहेको र यो वर्षको अन्त्य तिरबाट फिल्म फ्लोरमा जाने जानकारी गराइन । कार्यक्रममा बोल्दै झरनाले ए […]
आयल निगमका खड्कालाई निर्देशकबाट नहटाउन सर्वोच्चको अन्तरिम आदेश
काठमाडौं,असोज,२२- सर्वोच्च अदालतले आयल निगमका विवादास्पद कार्यकारी निर्देशक गोपाल खड्कालाई प्रमुखबाट बर्खास्त नगर्न आन्तरिम आदेश दिएको छ । पुनर्बहालीको माग गर्दै खड्काले दायर गरेको मुद्दामा न्यायाधीश पुरुषोतम भण्डारीको एकल इजलासले आज अन्तरिम आदेश दिएको हो । साथै खड्कालाई हटाउने मन्त्रिपरिषदको निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न आदेश दिदै हटाउनुको कारण पेश गर्न सरकारलाई आदेश दिएको हो […]
ओली प्रधानमन्त्री, दाहाल कार्यकारी राष्ट्रपति
काठमाण्डौं,असोज,२२- दशैं सुरुतिर नै पार्टी एकता प्रक्रिया अगाडि बढाउँदै आगामी चुनावमा तालमेल गर्ने सहमतीमा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुगिसकेका थिए। एमाले–माओवादी केन्द्रबीच मात्र होइन, वामपन्थी एकतामा नयाँशक्ति पार्टी र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमलाई समेत सामेल गर्ने सहमती अध्यक्ष दाहाल र नयाँशक्तिका संयोजक बाबुराम भट्टराईबीच फूलपाती (११ […]
दक्षिणपन्थी अवसरवादी गठबन्धनलाई वाम गठबन्धन भन्न सकिदैन् : वैद्य
पोखरा, असोज २२- नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले एमाले र माओवादी केन्द्रबीच बाम गठबन्धन नभई सत्तामा जाने गठबन्धनमात्र भएको आरोप लगाउनु भएको छ । आज पोखरामा सो पार्टीको पहिलो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उहाँले दक्षिणपन्थी अवसरवादी गठबन्धनलाई वाम गठबन्धन भन्न नसकिने बताउनु भएको हो । वाम गठबन्धनका नाममा कलंक भएको भन्दै वैद्यले सच्चा क्रान्तिकारी […]
इपिजी को पाँचौँ बैठक नेपाल-भारत सीमा व्यवस्थापनमा केन्द्रित
काठमाडाैं,असाेज,२२- नेपाल-भारत प्रबुद्ध समूह (इपिजी)को पाँचौँ बैठकमा १९५० को सन्धि, सीमा व्यवस्थापन र नेपाल–भारत जलस्रोत सहकार्यका विषयमा छलफल भइरहेको छ । हिजोदेखि राजधानीमा सुरु भएको बैठकले नेपाल र भारतबीच भएका सबै सन्धि-सम्झौता पुनरावलोकन गरी सरकारलाई सुझाब दिने इपिजीको नेपालका सदस्य सूर्यनाथ उपाध्यायले जानकारी दिनुभयो । बैठकमा दुवैतर्फ मजबुत सुरक्षा उपस्थिति रहेको, तर आवतजावत गर्ने सर्वसाधारणको […]
लोकतान्त्रिक र बाम गठबन्धनका दुबै कार्यदलको कुरो अझै मिलेन
काठमाडौं, असोज २२- लोकतान्त्रिक र बाम गठबन्धनका दुबै कार्यदलले अझै आफ्नो निर्णय दिन सकेका छैनन् ।दुबै कार्यदलले आफू टुंगोमा पुग्न नसकेको विषय शीर्ष नेताको तहमै लैजाने भएका छन् । लोकतान्त्रिक गठबन्धनको कार्यदल बैठकमा नेपाली कांग्रेसले बनाएको क्षेत्र निर्धारणसम्बन्धि प्रस्तावमा छलफल भइरहेको छ ।बैठकमा नेपाली कांग्रेसले पाउने क्षेत्र र अरु दलले पाउने क्षेत्रबारे अवधारणामा छलफल चलिरहेको […]










