पूर्व अर्थमन्त्री देखि उद्योगी ब्यबसायीले दिए बजेट बारे यस्तो प्रतिक्रिया

काठमाण्डौ,जेठ,१५-  पूर्व अर्थमन्त्री एवम् एमाले नेता भरतमोहन अधिकारीले व्यापार घाटा न्यूनिकरण गर्न बजेटमा कुनै व्यवस्था नगरिएको प्रतिक्रिया दिनु भएको छ । पूर्व अर्थमन्त्री अधिकारीले कृषिमा लगानी बढाएर मात्रै व्यापार घाटा कम गर्न सकिने भन्दै सरकारले कृषिका लागि छुटयाइएको बजेट अपुग भएको पनि स्पष्ट पार्नु भयो । उहाँले गरिवी हटाउने, कृषिमा उत्पादन बढाएर मात्रै मुलुकको व्यापार […]

भेरीको शेयर सदस्य भेटघाट कार्यक्रम कोहलपुर ८ पिपरिमा

 मधुपौडेल, बाँके,जेठ,१५- भेरी सहकारी बित्तीय संस्था लि. नेपालगंज बांकेको पकेट यरिया मानिने कोहलपुर-८ , पिपरिमा शेयर सदस्य भेटघाट तथा जिज्ञासा , सुझाव संकलन कार्यक्रम ग्रीन हेभेन कटेजमा संन्थाका संस्थापक सदस्य हालका संचालक सदस्य पदम बाहादुर भन्डारिज्युको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रममा पुराना र नयाँ सदस्य बिच एकै थलोमा भेटघाट, परिचय भएको थियो भने संस्थाका […]

निर्वाचन आयोगले आकस्मिक बैठक बोलायो

काठमाडौं, जेठ,१५- निर्वाचन आयोगले आकस्मिक बैठक बोलाएको छ । भरतपुरको मतगणनाका बेला भएको घटना र प्रमुख दलहरूको सहमति अनुसार एक हप्ता निर्वाचन कार्यक्रम सार्न सकिन्छ वा सकिँदैन भन्ने विषयमा परामर्श गर्न आकस्मिक बैठक बोलाएको हो । आयोगको कान्तिपथस्थित कार्यालयमा अहिले केहीबेरपछि बस्ने बैठकमा भरतपुर महानरको मतगणनामा भएको अप्रिय घटनाका विषयमा छलफल हुनेछ । आयोगका अनुसार […]

१२ खर्ब ८० अर्ब रुपैयाँ हाराहारीको बजेट आउने

काठमाडौं, जेठ, १५- सरकारले आज आर्थिक वर्ष २०७४÷७५ को बजेट सार्वजनिक गर्ने भएको छ । व्यवस्थापिका संसदको आज बस्ने बैठकमा सरकारका तर्फबाट उपप्रधान तथा अर्थमन्त्री कृष्ण बहादुर महराले आगामी आर्थिक वर्ष २०७४÷७५ का लागि तयार पारेको आय व्ययसहितको बजेट प्रस्तुत गर्नुहुने छ । जेठ १५ गते संसद्मा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधानअनुसार सरकारले आज बजेट […]

संविधानपछिको पहिलो गणतन्त्र दिवस मनाईंदै

काठमाडौं, जेठ, १५- आज १० औं गणतन्त्र दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संविधानसभाको पहिलो बैठकले विसं २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा प्रत्येक वर्ष जेठ १५ गते विविध कार्यक्रम गरीे गणतन्त्र दिवस मनाइन्छ । झन्डै अढाइ सय वर्षको इतिहास बोकेको शाह वंशीय राजतन्त्रलाई बिदाइ गर्दै नेपालमा गणतन्त्र स्थापना […]

द्र्रुतमार्गले हिमाल पहाड र मधेसी मनसँग जोड्छ: प्रधानमन्त्री दाहाल

काठमाडौं, जेठ,१४- प्रधानमन्त्री पुष्पकमल दाहालले काठमाडौं निगजढ द्रुतमार्गले हिमाल र पहाडलाई मधेसी मनसँग जोड्ने बताउनु भएको छ । आज बिहान बाराको निजगढमा एक समारोहबीच द्रुतमार्ग निर्माणको शिलान्यास गर्दै प्रधानमन्त्री दाहालले द्रुतमार्ग निर्माणले देशलाई एकतामा जोड्ने र भेदहरु हटाउने बताउनु भएको हो । कार्यक्रममा प्रधानमन्त्री दाहाले द्रुतमार्ग दुरगामी महत्वको भएको, यसले देशको भाग्य र भविश्य निर्धारण […]

थर्ड एलायन्सद्धारा रमजानको शुभ कामन व्यक्त

रन्जीता ढकाल थापा, बाँके,जेष्ठ, १४- मुसलमान समुदायको महान पर्व रमजान पर्व आज देखि शुरु भएको छ । एक महिनासम्म चल्ने रमजानमा मुसलमान धर्मावलम्बीहरुले उपवास बस्ने गर्दछन । जसलाई ‘रोजा’ भनिन्छ । आजबाट सुरु भएको रोजाको तराई मानव अधिकार रक्षक संजाल (थर्ड एलायन्स)ले रमजान पर्वको अवसरमा मुस्लिम समुदाय तथा अन्य समुदायलाई शुभकामना व्यक्त गरेको छ । […]

प्रदेश नं. ७ मा ठूला उद्योग खुल्ने क्रम तीव्र

काठमाडौं, जेठ,१४- पछिल्ला केही वर्षयता प्रदेश नं. ७ मा ठूला उद्योग खुल्ने क्रम तीव्र भएको छ । चामल, खाने तेललगायत परम्परागत साना उद्योगमा निर्भर यो प्रदेशमा पछिल्लो एक दशकमै चामल र तेल लगायत मैदा, चिनी, बिस्कुट, दानाका ठूला उद्योगसमेत खुलेका छन् । पछिल्ला केही वर्षमा कञ्चनपुरमा दुईवटा ठूला चिनी उद्योग खुलेका छन् जसको लगानी करिब […]

अव पशुलाई पनि ८ घन्टाभन्दा बढी काममा लगाउन नपाइने

काठमाडौं,जेठ ,१४- पशुलाई मानिसले आफूखुसी जति समय पनि काममा लगाउने प्रवृत्तिलाई सरकारले बन्देज लगाउने कानुन ल्याएको छ । पशुपक्षी विकास मन्त्रालयले पशु कल्याण निर्देशिका, ०७३ जारी गर्दै पशुलाई अधिकतम ८ घन्टा मात्रै काममा लगाउन पाइने प्रावधान ल्याएको हो । त्यति मात्र होइन, वृद्धावस्थामा पुगेको पशुलाई कामबाट निवृत्त गरी पशुधनीले उचित हेरचाह गर्नुपर्ने प्रावधानसमेत निर्देशिकामा समेटिएको […]

प्रधानन्यायाधीशको महाभियोग प्रस्ताव आज फिर्ता हुने

काठमाडौं,जेठ, १४- प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद्मा दर्ता भएको महाभियोग प्रस्ताव फिर्ता लिने, स्थानीय चुनावमा भएको धाँधलीबारे छानबिन गर्न संसदीय समिति गठन गर्ने र थपिएका स्थानीय तहको संख्या कार्यान्वयन नगर्न सर्वोच्चको आदेशको सम्मान गर्ने तीन प्रमुख दलबीचको सहमतिपछि प्रमुख विपक्षी एमालेले संसद्को अवरोध फिर्ता लिएको छ । सिंहदरबारमा तीन दलका शीर्ष नेताबीचको सहमतिपछि शनिबार बसेको संसद् […]