चर्चित र्‍यापर ‘यमबुद्ध’ सदाका लागि अस्ताए

काठमाडौं, माघ २ – यम बुद्ध भनेर चिनिने २९ वर्षीय चर्चित र्‍याप गायक अनिल अधिकारीको लण्डनमा रहस्यमय मृत्यु भएको छ। मोरङ घर भएका अधिकारी लण्डन साउथ हयारोस्थितमा श्रीमतीसँगै  बस्दै आउनु भएको थियो ।  अधिकारी स्थानीय समय अनुसार शनिबार बिहान ३ बजे बाथरुममा मृत भेटिनु भएको हो । अधिकारीका जेठान रेश मरहठ्ठाले घटनाको पुष्टि गर्नु भएको […]

एलपी ग्यासको मूल्य घटेपछि व्यवसायीद्धारा कृत्रिम अभाव सिर्जना

बाँके,माघ १-नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य घटाएपछि व्यवसायीले कृत्रिम अभाव सिर्जना गरेका छन् । आयल निगमले गत माघ १९ गते मध्यपश्चिमका बाँके, बर्दिया र दाङ तथा सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा ग्यासको खुद्रा मूल्य प्रतिसिलिन्डर एक हजार दुई सय ७५ रुपैयाँ कायम गरेको छ । रूपन्देही र नवलपरासीमा प्रतिसिलिन्डिर एक हजार तीन सय […]

कुटपिट गरि हत्या गरेको अभियोगमा कचनापुरका पुरण बिक पक्राउ

बाँके,माघ १-कुटपिट गरि हत्या गरेको अभियोगमा बाँकेको कचनापुर–७ बस्ने ४१ बर्षीय पुरण बिकलाई प्रहरीले पक्राउ गरेको छ । उनले हिजो मादक पदार्थ सेवन गरी आफ्नै पत्नी ४२ बर्षीया सिता बिकलाई हत्या गरेका प्रहरी वयानमा उल्लेख छ ।सामान्य वादविवादका कारण कुटपिट गर्दा उनकी पत्नीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

काग तिहार मनाईयो :आज सुदूरपश्चिममा

बाँके,माघ १- सुदूरपश्चिममा शनिबार काग तिहार मनाईएको छ । कात्तिकमा पर्ने तिहारमा कागको पूजा गर्ने प्रचलन रहिआएको भएपनि सुदूरपश्चिमका पहाडी जिल्लामा भने अलिक फरक ढंगले काग तिहार मनाईन्छ । स्थानीय भाषामा “नरहरी” भनिने यस चाड माघे संक्रान्तिका दिन मनाइन्छ । सुदूरपश्चिमका जिल्लामा पुसे तिहार अर्थात माघे सक्रान्तिमा कागलाई सेल रोटी र अन्य मिठापरिकारहरु खुवाउने चलन […]

मध्य र सुदूरपश्चिमका पहाडी जिल्लामा चेली तिहारको रौनकता

बाँके,माघ १-मध्य र सुदूरपश्चिमका पहाडी जिल्लामा आजबाट चेली तिहारको रौनकता छाएको छ । माघ महिनालाई धर्मी महिनाका रुपमा मान्ने यहाँका बासिन्दाले यस महिनाभर छोरी बहिनीलाई माइती घरमा बोलाएर र आफै उनीहरुको पोइली घरमा भेट्न गएर मीठा खाने कुरा र दान दक्षिणा दिए पछि धर्मप्रप्ती भएको अनुभुती गर्ने प्रचलन रहेको छ ।  यस क्षेत्रका बाजुरा बझाङ्ग, […]

माघी पर्वको अवसरमा ठाकुरद्वारामा यस वर्ष पनि ठुलो मेला

बर्दिया,माघ १-माघी पर्वको अवसरमा बर्दिया राष्ट्रिय निकुञ्ज नजिक ठाकुरद्वारामा यस वर्ष पनि ठुलो मेला लागेको छ । मेलाको पहिलो दिन आज हजारौ दर्शकहरुले मेला भरेका छन । मेलामा विभिन्न परिकारका साथै लक्ताकपडा तथा घरायशि सामानाहरु राखिएका छन । साथै मेला विभिन्न स्टलहरु वनाएर सास्कृतिक कार्यक्रम समेत गरिएको छ ।ठाकुरवावा मन्दिर दर्शनका साथै स्थानिय कलाकारहरुको समुहहरुले […]

थारु समुदायले नयाँ वर्षका रुपमा माघि पर्व धुमधामका साथ मनाउँदै : अन्य समुदायले पनि माघेसंक्रान्ती मनाए

बाँके,माघ १-आज माघ १ गते । पश्चिम तराइका थारु समुदायकाले आजको दिनलाई नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवम् खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँदै छन् । सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारु समुदायको माघी पर्व पर्दछ । आजदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ । माघ […]

वागेश्वरी गाविसको २६ औंं गाँउ परिषद सम्पन्न

मधुपौडेल बाँके,पुस २९- वागेश्वरी गाविस खजुराले २६ औंं गाँउ परिषद स्वीकृति वजेट निति तथा कार्यक्रम सार्वजानिकरण गर्दै  आज सम्पन्न गरेको छ । बागेश्वरी गाविसको प्रङगणमा सम्पन्न समारोह भएको कार्यक्रमको सभापतित्व गाविस सचिव उत्तम सिंह सोडीले गर्नुको थियो भने प्रमुख अतिथिमा स्थानिय विकास अधिकारी हरी प्याकुरेल रहनु भएको थियो । कार्यक्रममा स्थानिय राजनितिक दलका प्रतिनिधि ,स्थानीय […]

सामुदायिक रेडियोले समाजको आवाज बोल्न सक्नु पर्ने नव निर्वाचित प्रदेश उपाध्यक्ष खरालको भनाइ

अराज सिहं बेल्बासे, चन्द्रौटा,पुस २९-रेडियो प्रसारक संघ (अकोराब) प्रदेश नम्बर ५ का उपाध्यक्ष राजु खराललाई व्यापार संघ कपिलवस्तुले सम्मान गरेको छ । जिल्लाको चन्द्रौटास्थित रेडियो समानताका स्टेशन म्यानेजर तथा व्यापार संघका सल्लाहकार समेत रहेका खराललाई संस्थाले एक कार्यक्रमको आयोजना गरी शुक्रबार सम्मान गरेको हो । कार्यक्रमका बीच व्यापार संघका जिल्ला अध्यक्ष महादेव पोखरेलले दोसल्ला, कदरपत्र […]

नेपाली सुपरहिट चलचित्र छक्का पन्जा अब युटुबमा मज्जाले हेर्नुहोस् ।

काठमाण्डौं,पुस २९- नेपाली चलचित्रको क्षेत्रमा छोटो समयमा नै निकै लोकप्रिय बन्न सफल नेपाली चलचित्र छक्का पन्जा अब युटुबमा हेर्न सकिन्छ ।‘छक्का पन्जा’ले अधिकांश हलमा हिन्दी चलचित्रलाई समेत विस्थापन गर्दैै नयाँ व्यापारिक रेकर्ड समेत बनाएको छ । ”भगवानले बिहे गरेकी केटीलाई रोजै पिट्न पाउनुपर्ने सर्त पनि बिबाह नगर्ने योजनाको सिलसिला हो तर चम्पा ( प्रियंका कार्की […]