तरकारी वाली कुसुम श्रेष्ठको तस्विर कभरमा राखि उपन्यास पल्लवी पुसको पहिलो साता विमोचन हुने

रोशन घर्ती दाङ,मसिर ३० –पत्रकार एवं उपन्यासकार सविन प्रियासनको चौथो उपन्यास पल्लवी पुसको पहिलो साता विमोचन हुने भएको छ । दाङको घोराहीमा हुन लागि रहेको राष्ट्रिय शैक्षिक महोत्सवमा पल्लवी उपन्यासको विमोचन हुन लागेको हो । काठमाडौंको विएन पुस्तक संसारले प्रकाशन गर्न लागि रहेको पल्लवी उपन्यास सामाजिक विषय बस्तुमा आधारित रहेको छ । 15385395_ 352312985137692_ 4051206651222771782_o […]

दाङको डुरुवा ४ कोठरीमा हुने माघी महोत्सवमा नायीका रेखा थापा आउँदै

आर.के.शित्तल घोराही मसिर ३० –दाङको डुरुवा ४ कोठरीमा यहि पुष १२ गतेदेखी सञ्चालन   हुन लागेकोे माघी महोत्सवमा नायीका रेखा थापा दाङ आउनुहुने भएको छ । लागु औषध विरुद्धको सचेतना कार्यक्रमकालागी हुने महोत्सवमा लोकप्रीय नायीका रेखा थापा दाङ आउने आयोजकले बताएको छ । नायीका थापा कार्यक्रमका लागी पहिलो पटक दाङ आउन लाग्नुभएको हो । पुष १२ […]

कञ्चनपुरका ग्रामीण क्षेत्रमा छाउपडी प्रथा कायमै

कञ्चनपुर,मंसिर ३०-कञ्चनपुरका ग्रामीण क्षेत्रमा अझैं पनि छाउपडी महिनावारी भएका बेला गोठमा बस्नुपर्ने प्रथा कायमै रहेको छ । छाउपडी प्रथा अन्त्यका लागि भन्दै सरकारी तथा गैरसरकारी संघसंस्थाले सचेतनामूलक कार्यक्रम गर्दै आएपनि कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका र कृष्णपुर नगरपालिका अधिकांश ग्रामीण वस्तीमा छाउपडी प्रथा कायमै रहेको छ । छाउपडी प्रथा अन्त्यका लागि भन्दै स्थानीय महिला स्वास्थ्य स्वयम्सेविका […]

प्रधानमन्त्री र मन्त्रिहरुको सम्पत्ति विवरण सार्बजनिक , नेपालका प्रधानमन्त्री मध्य दाहाल सबैभन्दा गरिव

काठमाण्डौं,मंसिर २९- सरकारले प्रधानमन्त्री र मन्त्रिहरुको सम्पत्ति विवरण सार्बजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आज वेभसाइट मार्फत प्रधानमन्त्री, मन्त्रीहरु र राज्यमन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको हो । उक्त विबरण अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाललाई मन्त्रिपरिषदका सदस्यहरु मध्ये सबैभन्दा गरिव देखिएको छ । उहा पूर्वप्रधानमन्त्री सुशील कोइराला पछिकै नेपालको गरिब प्रधानमन्त्री देखिननु भएको छ ।श्रीमती […]

रोल्पामा आङ खस्ने रोगबाट पीडित महिलाको सङ्ख्या बढ्दै

रोल्पा,मंसिर २९-रोल्पामा आङ खस्ने रोगबाट पीडित महिलाको सङ्ख्या बढ्दै गएको देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय, रोल्पाले जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको घुम्ती स्वास्थ्य शिविरमा स्वास्थ्य जाँच गराएका महिलामध्ये अधिकांशमा सो समस्या देखिएको हो । अघिल्लो आवमा सो सङ्ख्या ५८ रहेकोमा गत आर्थीक वर्षमा एकसय आठ पुगेको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका पब्लिक हेल्थ नर्स आशा […]

डडेल्धुरा जिल्लाका ग्रामीण क्षेत्रमा जाने अधिकांश सडक मापदण्ड विपरीत

डडेल्धुरा,मंसिर २९-डडेल्धुरा जिल्लाका ग्रामीण क्षेत्रमा जाने अधिकांश सडक मापदण्ड विपरीत रहेका छन् । सडकहरु निर्माण भई यातायत सुचारु अवस्थामा रहेको भए तापनि जिल्ला प्राविधिक कार्यालयलाई भने ती सडकका बारेमा कुनै जानकारी समेत नरहेको जनाइएको छ । जिल्लामा रहेका केही ग्रामीण सडकमा यातायात सञ्चालन गर्नका लागि जोखिमपूर्ण भए पनि यातायात व्यवसायीदेखि अन्य सरोकारवाला निकायले भने कुनै […]

एमालेले जनतालाई भ्रमित बनायो : पौडेल

तनहुँ मंसिर २५ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमालेले जनतालाई भ्रमित बनाएको आरोप लगाउनुभएको छ । शनिबार तनहुँमा ब्यास नगरपािलकाको बहुउद्देशीय भवनको उद्घाटन गर्दै पौडेलले संविधान संशोधन प्रस्तावको विरोध गरेर एमालेले जनतामा भ्रम छरेको आरोप लगाउनुभयो । संविधान कार्यान्वनका लागि तीन ठूला दल मिल्नुको विकल्प नभएको उहाँको भनाइ थियो ।

संविधानमा अपनत्व महसुस भए मानवअधिकार कार्यान्वयनमा सहज हुने : प्रचण्ड

काठमाण्डौ, मंसिर २५ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधानमा अपनत्व महसुस भए मानवअधिकार कार्यान्वयनमा सहज हुने बताउनुभएको छ संविधान संशोधनमार्फत कार्यान्वयनको चरणमा गएको मानवअधिकारका मान्यतालाई पनि कार्यान्वयन गर्न सहयोग गर्ने उहाँको भनाई छ । ६८औं अन्तर्रा्ष्ट्रिय मानव अधिकार दिवसका अवसरमा राष्ट्रिय मानवअधिकार आयोगले गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले संविधान संशोधन पनि कार्यान्वयनको एक भाग रहेकाले संशोधनमार्फत सबैलाई […]

झलारीमा ठगी गर्ने विरुद्ध १६ जनाको उजुरी

होम योगी कञ्चनपुर,मंसिर २१-विभिन्न प्रलोभन देखाएर ठगी गरेको आरोपमा झलारीमा रहेको सिनियर केयर सेन्टरका साखा प्रबन्धक हेमन्ती चौधरी विरूद्ध जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा उजुरी परेको छ । विभिन्न प्रलोभनमा ३५ लाख रूपयॉ ठगी गरेको भन्दै चौधरी विरुद्ध १६  जनाको उजुरी परेको प्रहरिले जनाएका छ । चौधरीले राम्रो काममा लगाइ दिने , वैदेशिक रोजगारीमा पठाइ दिने […]

कपिलवस्तुमा आन्दोलनको स्वरुप बुधबार देखि परिवर्तन हुने ।। सवै विद्यालयहरुमा पठनपाठन र परिक्षा संचालन गर्ने सहमति ।।

अराज सिंह बेल्बासे कपिलवस्तु मंसिर २१- प्रदेश नम्वर ५ बाट पहाडी जिल्लालाई अलग गराएको विरोधमा कपिलवस्तुमा संचालन हुदै आएको आन्दोलनको स्वरुप बुधबारदेखि परिवर्तित हुने भएको छ । कपिलवस्तु संघर्ष समितिको चारनम्बरमा मंगलबार बसेको संयुक्त वैठकले एक साता देखि हुदै आएको जिल्ला बन्द, हडताल जस्ता कार्यक्रमको स्वरुप परिवर्तन गर्ने निर्णय गरेको छ । जिल्लामा एक सातादेखि […]