नेपालगन्ज २१ मंसिर-१६ दिने लैंगिक हिंसा विरद्धको अभियानको अवसरमा केआइ नेपाल, नेपालगन्ज र कुरिती अन्त्य समाज बाँकेले मानव बेचबिखन तथा लैगिक हिंसा विरुद्ध विषयक एक दिने अभिमुखिकरण कार्यक्रम आयोजना गरेको छ । बाँके जिल्ला भित्र मानव बेचबिखन विरुद्धको लागि गठन भएको महिला समूहहरुको लागि आयोजना गरिएको अभिमुखिकरण कार्यक्रममा ३५ जना महिलाहरुको सहभागिता रहेको थियो । […]
समाचार
नेपाल पत्रकार महासंघ बाँके शाखाले सदस्यता विरणमा मनपरी गरेको भन्दै , प्रेस युनियनद्वारा तालाबन्दी
बाँके,मंसिर २० –नेपाल पत्रकार महासंघ बाँके शाखाले सदस्यता विरणमा मनपरी गरेको भन्दै आज संघको कार्यालयमा तालाबन्दी गरिएको छ । महासंघले एकतर्फी रुपमा नयाँ सदस्यता सिफारिस गरेको भन्दै प्रेस युनियन बाँकेले आज तालाबन्दी गरेको हो । कार्यसमिति सदस्य र सल्लाहकारलाई थाहा नै नदिई व्यवसायिक पत्रकारलाई कुनै वास्ता नगरि बहुमतको आडमा राम्रा लाई भन्दा आफ्नालाई महासंघको सदस्यमा […]
जाजरकोटमा वातारणीय मूल्याङ्कनको काम नहुँदा सडक निर्माण कार्य अलपत्र
जाजरकोट,मंसिर २०-जिल्ला वन कार्यालय जाजरकोटले वन पैदावार वस्तुहरुमा गम्भीर क्षति हुने गरी सडक निर्माण कार्य भएको भन्दै काम रोकेपछि खलङ्गा–जुम्ला सडक निर्माण कार्य अलपत्र परेको छ । जिल्ला वन कार्यालयको निर्देशनमा इलाका वन कार्यालयले २०७० चैत २२ गते सडक निर्माणको काम रोकेको थियो। सडक निर्माणको म्याद गुज्रेपछि ठेकेदारले म्याद थपका लागि ताकेता गर्दा थप्न सडक […]
लैगिंक हिंसा बिरुद्धको १६ दिवशिय अभियानमा सञ्चारकर्मी र समुह अगुवाको सम्मान
अराज सिहं बेल्बासे कपिलवस्तु, मंसिर २० – लैगिंक हिंसा बिरुद्धको १६ दिवशिय अभियान २०७३ का अवसरमा कपिलवस्तुमा सञ्चारकर्मी र समुहका अगुवाको सम्मान गरिएको छ । साथी संस्थाको कपिलवस्तु शाखा अन्र्तगत सञ्चालित आस्था परियोजनाको आयोजनामा तौलिहवामा सम्मान गरिएको हो । लैगिंक हिंसा न्युनिकरणका लागी सञ्चार माध्यमबाट समाचार संप्रेषण गरी सचेतना प्रवाह गरेकोमा सञ्चारिका समुहकी जिल्ला अध्यक्ष […]
आमाको हत्या गर्ने दम्पतीलाई सर्वस्वसहित जन्मकैदको सजाय
जाजरकोट, मंसिर २०- आफ्नै आमाको हत्या गर्ने क्लिा–१ लैखमका वुद्धिबहादुरका श्रीमान्, श्रीमतीलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएको छ ।सक्ला–१ लैखमका वुद्धिबहादुर खत्री र उनकी पत्नी शर्मिला वली खत्रीलाई आफ्नै आमा देउमी खत्रीको हत्या गरेको अभियोगमा जिल्ला अदालत जाजरकोटका जिल्ला न्यायाधीश लिलाराज अधिकारीको एकल इजलासले आइतबार सर्वस्वसहित जन्मकैदको सजायको फैसला सुनाएको हो ।नलसिंहगाड जलविद्युत् आयोजना निर्माणका लागि […]
कपिलवस्तु सदरमुकाम तौलिहवा निषेधित क्षेत्र घोषित
अराज सिहं बेल्बासे कपिलवस्तु, मंसिर २० – कपिलबस्तु प्रशासनले सदरमुकाम तौलिहवा क्षेत्रलाई आज बाट निषेधित क्षेत्र घोषणा गरेको छ । जिल्ला सुरक्षा समितिका अध्यक्ष एवं निमित्त प्रमुख जिल्ला अधिकारी भरत कुमार बुढाथोकीको अध्यक्षतामा आइतबार राति बसेको जिल्ला सुरक्षा समितिको बैठकले सोमबार बिहान ६ बजेदेखि लागु हुनेगरी तौलिहवा क्षेत्र लाइ निषेधित क्षेत्र घोषणा गरेको हो । […]
शितलहर र बाक्लो हुस्सु चलेपछि बाँकेको जनजीवन प्रभावित
बाँके,मंसिर २०-आईतबार देखि एक्कासी बढेको चिसोका कारण बाँकेको जनजीवन कष्टकर बन्दै गएको छ । शितलहरसंगै बाँक्लो हुस्सु चलेकोले बाँकेमा घाम लाग्न सकेको छैन । आजपनि यहाँ शितलहरसंगै बाँक्लो हुस्सु चलेकोले घाम नलाग्न सक्ने नुमान गरिएको छ । एक्कासी चिसो बढेपछी मानिसहरु नेपालगंज र ग्रामीण क्षेत्रमा आगो तापेर बसिरहेका छन् । चिसोबाट जेष्ठ नागरिक र वालवालीका […]
अपाङ्ग बहुआयमीक भवन निमार्ण स्थल उद्घाटन
बाँके,मंसिर १९ –२५ औं अन्तराष्ट्रिय अपाङ्ग दिवशको अवसरमा राप्ती पारीमा निमार्ण हुन लागेको भवनको उद्घाटन गरिएको छ । यस संस्थाद्धारा राप्ति पारी अपाङ्ग बहुआयमीक भवन निमार्ण स्थल २४ विगाह गंगापुर गाविसमा गरिएको उद्घाटन कार्यक्रममा पूर्व खानेपानी तथा सरसफाई राज्य मन्त्री तथा क्षेत्र नं २ का सभासद श्री दिनेश चन्द्र यादवले उद्घाटन गर्नु भएको थियो । […]
कर्मचारीको तलब कटाएर दलित अपाङ्गलाई सहयोग
जाजरकोट,मंसिर १८-जाजरकोटमा रहेको पहाडी क्षेत्र विकास अभियानको पहल कार्यक्रममा काम गर्ने कर्मचारीले आफ्नो तलब कटाएर दलित अपाङ्गलाई सहयोग गर्ने भएका छन् । जिल्लाको अति विकट नायकवाडा गाविस– ३ का अति गरिब परिवारका विद्यार्थी २६ वर्षीय मोहनीलाल कामीलाई ५८ हजार ५ सय रुपैयाँ सहयोग गरिएको पहल कार्यक्रमका संयोजक महेन्द्रविक्रम शाहीले जानकारी दिनुभयो । पहल कार्यक्रममा काम […]
क्रियाशिल पत्रकार महिलाको सण्डे क्लब कार्यक्रम नेपालगन्जमा सम्पन्न
नेपालगन्ज,मंसिर १७ –क्रियाशिल पत्रकार महिला बाँकेको आयोजनामा एकल महिलाको अवस्था, समस्या र चुनौतिका विषयमा सण्डे क्लब कार्यक्रम आज नेपालगन्जमा सम्पन्न भएको छ । द्धन्द्ध पिडित तथा एकल महिला संजाल बाँकेको संयोजनमा सम्पन्न भएको कार्यक्रममा संजालका अध्यक्ष एक माया बिकले एकल महिलाको अवस्था, समस्या र चुनौतिका विषयमा प्रकाश पार्नु भएको थियो । क्रियाशिल पत्रकार महिला बाँके […]