नेपालगन्ज ,बैशाख, २४- प्राविधिक शिक्षा तथा व्यवसायी तालिम परिषद् अन्तर्गत भेरी प्राविधिक शिक्षालय नेपालगन्जको आयोजनामा अाज(मंगलबार) देखि लेवल एकको ३ सय ९० घण्टाको असिस्टेन्ट व्युटिसीयन (सौर्न्दर्यकर्मी) तालिम नेपालगन्जमा सञ्चालन भएको छ । नेपालगन्जको वडा नं ४ सेतु बि-क- चोक न्युरोडमा मा रहेको गुड न्यु अाई टि-सी- ट्रेनिङ एण्ड व्युटिसीयन तालिममा उक्त तालिम सञ्चालन हुन लागेको […]
स्वास्थ्य
थ्रेसरले हात काटियो परिवार कसरी पाल्ने चिन्ता लाग्छ : यादव
बर्दिया,बैशाख,२२- बर्दिया जिल्ला गुलरिया नगरपालिका वडा न २ खैरापुर बस्ने बालेराम यादवको गहुँ दल्लन गर्दा थ्रेसरले बायाँ हात काटिदा अहिले उनलाई अाफना परिवारलाई कसरी रासनपानी जुटाउने भनि चिन्तित बनेका छन् । अाफनो धन सम्पत्तिका नाममा १४ धुरमा खरले बनेको घरभन्दा अरु केही छैन् । अाफना दुई छोरा, तिन छोरी र श्रीमतीलाई अरुको घरमा खेती किसानी […]
अखिल नेपाल यातायात मजदुर संघले गर्यो वृहत् रक्तदान
नेपालगन्ज,बैशाख, १५- अखिल नेपाल यातायात मजदुर संघले वृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। १३० अौं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर आइतबार (आज) संघले नेपालगन्जमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । संघका जिल्ला अध्यक्ष प्रदिप कुमार छिनालको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो। नेपाल कम्युनिस्ट पार्टी प्रदेश नं ५ का सदस्य अक्कल बहादुर बम प्रमुख अतिथिको […]
चिकित्सक तथा कर्मचारीहरुले गरे डा- ललितेन्दु जेनाको श्रद्धाञ्जली सभा
नेपालगन्ज ,बैशाख,०८- गाडी दुर्घटनामा परी ज्यान गुमाएका डा. ललितेन्दु जेनाको आज(आइतबार) श्रद्धाञ्जली सभा गरिएको छ। शनिबार भारतको उडिसाको कटक भन्ने ठाउँमा गाडी दुर्घटनामा परी ज्यान गुमाएका डा.जेनाको आइतबार(आज) एक कार्यक्रम गरी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा कार्यरत चिकित्सक तथा कर्मचारीहरुले श्रद्धाञ्जली सभा गरेका हुन। डा- ललितेन्दु जेनाले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा […]
खेतमा बेहोस अबस्थामा भेटिएका किशोरको अस्पताल ल्याउँदा ल्याउँदै बाटोमा मृत्यु
नेपालगन्ज,चैत्र,१०- बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं १७ मा एक किशोर खेतमा बेहोस अबस्थामा भेटिएका निजलाई अस्पतालमा ल्याउदा ल्याउदै बाटोमा मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका १७ परसपुरमा अाफनो घर देखि ५ सय मिटर टाढा खेतमा सोही वडा निवासी वर्ष १९ का भोला पासी आइतबार साँझ ४ बजेतिर बेहोसी अवस्थामा भेटिएका थिए । उनलाई निजका भिनाजु […]
ट्युमर पिडित बोरीलाल अहिरको शिक्षण अस्पताल नेपालगन्जमा ६२ वर्ष पछि उपचार
नेपालगन्ज,चैत्र,१०- बाँके जिल्लाको नरैनापुर गाउँपालिका वडा नम्बर ६ निवासी ट्युमर पिडित ७२ वर्षिया बोरीलाल अहिरको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जद्वारा निशुल्क अप्रेसन गरिएको छ। आफ्नो बायाँ गालामा १० वर्षको उमेर देखि ट्युमर पिडित अहिरको चैत्र ८ गते शुक्रबार मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका टिमको सहयोगमा उपचार गरिएको आज (आइतबार) अस्पताल टिमले प्रेष विज्ञप्ती मार्फत […]
चैत्र १ र २ गते देवकोटा हेल्थकेयर नेपालगन्जमा डा.कविता अधिकारी आउँदै
नेपालगन्ज,चैत्र,०१- नेपालगन्जको पासङ्ल्हामु मार्ग स्थित देवकोटा हेल्थकेयर सेन्टर एवं निर्मल फार्मेसिमा आज(शुक्रबार ) र भोलि(शनिबार) वरिष्ठ स्त्री प्रसुती तथा नि:सन्तान रोग विशेषज्ञ डा. कविता अधिकारी आउँने हुनुभएको छ। डा. अधिकारी लामो समय देखि काठमाडौ स्थित थापाथली प्रसुती गृहमा कार्यरत हुनुहुन्छ। डा.द्वारा शुक्रबार र शनिबार देवकोटा हेल्थकेयर सेन्टरमा बिरामिहरुले निम्नलिखित सेवाहरु लिन सक्नेछन: >नि: सन्तान दम्पती(बाँझोपन) […]
व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्वन्धी जनचेतना अभिबृद्दि कार्यक्रम सम्पन्न
नेपालगन्ज,फाल्गुन,३०- श्रम तथा रोजगार कार्यालय नेपालगन्ज बाँकेको अायोजनामा अाज नेपालगन्जको न्यु ईन्द्रेणी होटल न्यु रोडमा व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्वन्धी स्थानीय स्तरमा जनचेतना अभिबृद्दि कार्यक्रम सम्पन्न भएको छ । श्रम तथा रोजगार कार्यालय बाँके नेपालगन्जका कारखाना प्रमुख हरिशरण चौलागाईंको अध्यक्षता , अखिल नेपाल ट्रेड युनियन महासंघ प्रदेश नं ५ का संयोजक दान बहादुर वलीको बिशिस्ट […]
अस्पतालद्वारा बिल काउन्टरकै नजिकबाट रगत कलेक्शन सेवा सुरु
नेपालगन्ज,फाल्गुन,२४- मध्य तथा सुदूर पश्चिमाञ्चल क्षेत्रमा अत्याधुनिक सेवा सुविधा सहितको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जले अाज देखि अस्पतालमा सेवा लिन अाएका सेवाग्राहीहरुको सुविधाका लागि अस्पतालको अो-पि-डि- को बिल काउन्टर नजिकैबाट रगत कलेक्शन शुरु गरेको छ । अस्पतालका डेपुटी निर्देशक डा- कुमार पोखरेलका अनुसार अस्पतालमा सेवा लिन अाएका सेवाग्राहीहरु प्रयोगशाला खोज्दै अलमलमा पर्ने गरेका र […]
मृगौला रोग सम्वन्धी वृहत् अन्तरक्रिया नेपालगन्जमा सम्पन्न
नेपालगन्ज,फागुन,११- बाँकेको नेपालगन्जमा मृगौला कसरी बचाउने, कस्ताकस्ता खानेकुराहरु खाने, कसरी मृगौला रोग लागेको छ भनेर पत्ता लगाउने लगाएत विविध विषयमा आज सेमिनार तथा वृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपालगन्जको होटल सिद्धार्थ हस्पिटालिटी एण्ड पार्टी प्यालेसको हलमा बिहान १० बजे देखि ११:४५ बजे सम्म छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको हो । काठमाण्डौं बाट नेशनल […]