काठमाडौं,असार,१८-नेपालमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।काठमाडौंमा कोरोना संक्रमण पुष्टि भएका ४८ दिने शिशुको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३१ पुगेको हो । श्वास–प्रश्वासमा समस्या आइ महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएका शिशुको बुधबार मृत्यु भएको थियो ।ती शिशुमा जन्मजात नै श्वासनलीमा समस्या रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर […]
Flash
बजेट अधिवेशन अन्त्य गरिनु दुःखद भएको कांग्रेसको ठहर
काठमाडौं,असार,१८-नेपाली कांग्रेसले संघीय संसदको जारी अधिवेशन एकाएक अन्त्य गरिएको घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ। अधिवेशन आह्वान र अन्त्य गर्ने स्थापित निश्चित प्रक्रिया लाई अवलम्बन नगरी, कोरोना सृजित चुनौती सामना गर्न प्रस्तुत संकल्प प्रस्तावदेखि एमसीसी हुँदै अन्य महत्वपूर्ण विधेयकहरुबारे निश्चित टुंगोमा नपुगी अधिवेशन अन्त्य गरिनु दुःखद भएको कांग्रेसले जनाएको छ। बिहीबार विज्ञप्ति प्रकाशित गरी कांग्रेसले यसबारेमा […]
संघीय संसदको बजेट अधिवेशन अन्त्य
काठमाडौं,असार,१८-राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको बजेट अधिवेशन अन्त्य गर्नुभएको छ । मन्त्रिपरिषदले गरेको सिफारिश अनुसार बिहीबार अपराह्न ५ बजेदेखि अधिवेशन अन्त्य गरेको सूचना उहाँले संघीय संसदलाई पठाउनुभएको छ । यसअघि बिहीबार विहान बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदको अधिवेशन अन्त्य गर्न राष्ट्रपति भण्डारीसमक्ष सिफारिश गरेको थियो । मन्त्रिपरिषदले संसद बैठक अन्त्यको निर्णय गर्नुपूर्व प्रधानमन्त्री ओलीले राष्ट्रपति […]
नेपालमा थप ४८२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १४ हजार ४६ पुग्यो
काठमाडौं,असार,१७-नेपालमा पछिल्लो २४ घण्टामा थप ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बुधबार स्वस्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ४८२ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताउनुभयो । आज संक्रमित हुनेमा ११७ जना महिला र ३६५ पुरुष रहेका छन्।यो सँगै नेपालमा कुल संक्रमितको संख्या १४ […]
प्रधानमन्त्रीलाई खुट्टा नकमाउन ओलीनिकट स्थायी समिति सदस्यहरुको सुझाव
काठमाडौं,असार,१७-प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओलीलाई खुट्टा नकमाईकन अहिलेको परिस्थितिको सामना गर्न उहाँनिकट स्थायी समिति सदस्यहरुले सुझाव दिएका छन् । बुधबार स्थायी कमिटीको बैठक हुन अगाडी प्रधानमन्त्री निवास बालुवाटारमा आफूनिकट स्थायी समिति सदस्य र मन्त्रीहरुसँग प्रधानमन्त्री ओलीले गरेको छलफलमा उनीहरुले खुट्टा नकमाउन सुझाव दिएका हुन् । कसैको चाहनाले प्रधानमन्त्री र पार्टी […]
नेकपा बैठक स्थगित, अर्को बैठक विहीबार
काठमाडौं,असार,१७-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक भोलि (बिहीबार) सम्मका लागि स्थगित गरिएको छ । बुधबार करिब एक घण्टा बसेको बैठक बिहीबार बस्ने गरी स्थगित गरिएको हो । काँग्रेस सांसदको निधनमा संघीय संसदको बैठकमा शोक प्रस्ताव पारित गर्ने कार्यक्रम भएकाले बैठक स्थगित गरिएको हो । नेपाली काँग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको बुधबार विहान शहीद गंगालाल […]
फर्किन टिकट नदिने विदेशी कम्पनीमा ५ वर्ष नेपाली श्रमिक नपठाइने
काठमाडौं,असार,१६-कोरोना संक्रमणको जोखिमका कारण रोजगारी गुमाएर फर्किनुपर्ने नेपाली श्रमिकलाई टिकट नदिने कम्पनीलाई ५ वर्ष प्रतिबन्ध लगाइने भएको छ। करार सम्झौताअनुसार फर्किने श्रमिकको टिकट खर्च रोजगारदाताले नै व्यहोर्नुपर्ने हुन्छ। तर सम्झौता कार्यान्वयन नगर्ने कम्पनीमा कम्तीमा ५ वर्ष श्रमिक नपठाउने तयारी सरकारले गरेको हो। श्रमिक उद्धारसम्बन्धी कार्यविधिमा कामदार स्वदेश फिर्ताको लागि टिकट खर्च नव्यहोर्ने रोजगारदाताको विवरण नेपाली […]
गण्डकी प्रदेशमा २४ घण्टामा थप ५३ जनामा कोरोना पुष्टि
पोखरा,असार,१६ –गण्डकी प्रदेशमा पछिल्लो २४ घन्टामा ५ जिल्लाका ५३ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश क्षयरोग केन्द्र पोखरा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र काठमाडौंमा भएको पिसिआर परीक्षणमा स्याङ्जा १०, तनहुँ १०, बागलुङ १४, पर्वत १३ र गोरखामा ६ जनामा कोरोना पुष्टि भएको हो । योसँगै प्रदेशभर ९ सय ४९ जनामा कोरोना संक्रमण देखिएको छ । […]
लकडाउन साउन ७ गतेसम्म लम्व्याउने सरकारको निर्णय
काठमाडौं,असार,१५-सरकारले अहिले कायम स्वरुपकै खुकुलो लकडाउनलाई आउने साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार राति सम्पन्न बैठकले लकडाउनलाई साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको एक मन्त्रीले बताउनुभयो । हवाइ उडान र सीमा नाका पनि साउन ७ गतेसम्म नै बन्द राखिने निर्णय भएको ती मन्त्रीले जानकारी दिनुभयो। गत जेठ २८ गते बसेको मन्त्रिपरिषद् […]
निजी क्षेत्रमा अख्तियार हुल्दैनौंः प्रधानमन्त्री ओली
काठमाडौं,असार,१५-प्रधानमन्त्री केपी शर्मा ओलीले नियमनको नाममा निजी क्षेत्रमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगाई नहुल्ने बचन उद्योगी व्यवसायीलाई दिनुभएको छ । नेपाल उद्योग परिसंघ (सीएनआई) को साधारण सभालाई सोमबार भिडियो सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले निजी क्षेत्रको नियमनका लागि अख्तियार आवश्यक नरहेको भन्दै त्यस्तो कानून नबनाउने बचन दिनुभएको हो । अख्तियार विधेयकमा निजी क्षेत्रको असहमतिबारे जानकार रहेको भन्दै […]





