जापानमा १६,९३६ संक्रमीत पुग्दा, ११,४६० जना निको भए, ७,४२ को मृत्यु

जापान,जेष्ठ,३-जापानमा अहिले सम्म कोरोना भाइरस (कोभिड–१९) बाट १६ हजार ९ सय ३६ जना संक्रमीत भएका छन् । संक्रमीत भएका मध्य ११ हजार ४ सय ६० जना निको भईसकेका छन् । पछिल्लो समय निको हुनेको संख्या दिन प्रतिदिन बढिरहेको छ । संक्रमण हुनेको संख्या अहिले घट्दै गएको छ ।गएको २४ घण्टामा अर्थात शनिबार बिहान सम्म थप नयाॅं […]

राष्ट्रपति भण्डारीले आज सरकारको नीति तथा कार्यक्रम संसदमा पेश गर्ने

काठमाडौं,जेष्ठ,२-सरकारले आज आर्थिक वर्ष २०७७/७८ का लागि नीति तथा कार्यक्रम संघीय संसदमा पेश गर्दैछ । आज अपराह्न बस्ने संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छिन् । यसका लागि प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक अपराह्न ४ बजे संसद भवन नयाँ वानेश्वरमा बोलाइएको छ । नीति तथा कार्यक्रम प्रस्तुत हुनु […]

नेपालमा फेरी ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २ सय ५८ पुग्यो

काठमाडौं,जेष्ठ,२-कोरोना संक्रमित थप नौ जना थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परीक्षणमा थप नौ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिनुभयो । योसँगै नेपालमा कोरोना संक्रमित २ सय ५८ पुगेका छन् । संक्रमितमध्ये मकवानपुर निवासी ३७ वर्षीय पुरुष, बाँके नैनपुर-१,३ र ५ निवासी […]

जापानमा कोरोना लागेका १०,५१९ जना निको भए, १६,७८९ संक्रमित

जापान,जेठ,१-जापानमा अहिले सम्म कोरोना भाइरस (कोभिड–१९) लागेका मध्य १० हजार ५ सय १९ जना निको भएका छन् ।  पछिल्लो समय निको हुनेको संख्या बढिरहेको छ । केहि समय अगाडी २ सय देखि ६ सयको हाराहारीमा दिनैपिच्छे संक्रमण देखिने गरेकोमा त्यो अहिले घट्दै गएको छ ।बुधबार देखि बिहिबार बिहान सम्म थप नयाॅं ५३ जनामा संक्रमण देखिएको […]

नेपालमा थप १ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २४६ पुग्यो

काठमाडौं,जेठ,१-स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप एक जनामा कोरोना सङ्क्रमण भएको जनाएको छ  । मन्त्रालयका अनुसार नवलपरासी (बर्दघाट सुस्तापूर्व) देवचुली नगरपालिका–१२ का ४९ वर्षीय पुरुषमा सङ्क्रमण देखिएको हो । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा ती पुरुषमा कोरोना सङ्क्रमण देखिएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिनुभयो। सङ्क्रमित व्यक्ति स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको पनि मन्त्रालयले जनाएको छ […]

लिपुलेक विवाद : छाङरुमा यसरी पुग्यो सशस्त्र प्रहरी टोली, हेर्नुहोस् ६ फोटोमा

काठमाडौं,बैशाख,३१-भारतले सीमा मिचेर सडक निर्माण गरेको दार्चुलाको छाङरुमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट स्थापना गर्न टोली त्यहाँ पुगेको छ।सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक नारायणबहादुर थापासहितको टोली बुधबार छाङरु पुगेको हो। नेपाली सेनाको हेलिकोप्टरमा दुई पटकमा गरेर खलंगाबाट टोली छाङरु गएको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले बताए। छाङरुको बीओपीमा सशस्त्र प्रहरी निरीक्षक मिलिबहादुर चन्दको कमान्डमा २५ जना […]

नेपालमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २४३ पुग्यो

काठमाडौं,बैशाख,३१-नेपालमा कोरोना संक्रमितको संख्या २४३ पुगेको छ।बुधबार नयाँ थपिएका संक्रमितमा २४ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सहित बुधबार २६ जना नयाँ संक्रमित फेला परेका हुन् । नयाँ थपिएकाहरुमा १२ जना रुपन्देहीका छन् । जसमा ९ पुरुष र ३ जना महिला छन् । यसैगरी कपिलवस्तुका ८ जना पुरुष, पर्साका दुई पुरुष […]

सेनाको होलिकोप्टरबाट लिपुलेक उड्यो सशस्त्र प्रहरीको टोली

काठमाडौं,बैशाख,३१-दार्चुलाको कालापानी लिपुलेक आसपासको सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बलको टोली बुधबार बिहान त्यसतर्फ प्रस्थान गरेको छ। दार्चुलाको व्यास गाउँपालिका–१ स्थित छाङरुमा सीमा निगरानी चौकी (बिओपी) स्थापनाका लागि काठमाडौँबाट नेपाली सेनाको हेलिकप्टरमा सशस्त्रको टोली त्यसतर्फ गएको हो। सेनाको एमआई–१७ हेलिकोप्टर सशस्त्रको टोली दार्चुला प्रस्थान गरेको छ। सीमा निगरानी चौकीमा २५ जना सशस्त्र प्रहरी खटाइने जनाइएको […]

एक जिल्लाबाट अर्को जिल्ला जान नपाइने, सबै पास रद्द

काठमाडौं,वैशाख,३०-कोरोना भाईरसको प्रकोप बढ्दै गएपछि एक जिल्लाबाट अर्को जिल्ला जान पाउने गरी यस अघि जारी भएका सबै सवारी पास गृह मन्त्रालयले बिहीबारबाट लागू हुने गरी रद्द गरेको छ । यस्तै, कुनै जिल्लाबाट काठमाडौं कसैलाई पठाउनु परेमा सम्बन्धित प्रमुख जिल्ला अधिकारीले गृह मन्त्रालयको लिखित स्वीकृत लिएर मात्र पठाउन पाउने व्यवस्था गरिएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले बताउनुभयो […]

बाटोमा बुरुक्क उफ्रिदैमा भारत संगको सीमा समस्याको समाधान हुदैन: प्रधानमन्त्री ओली

काठमाडौं,बैशाख,३०-प्रधानमन्त्री केपी ओलीले बाटोमा उफ्रिएर भारतसँगको सीमा समस्या समाधान नहुनेमा सचेत गराएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले बाटोमा बुरुक्क उफ्रिएर र आवेशमा आएर यो समस्या समाधान हुँदैन भन्दै यसका लागि भारतसँग वार्ता गरिने बताएको एक मन्त्रीले बताए । बैठकमा मन्त्रीहरुलाई निर्देशन दिँदै ओलीले भने, ‘भारतसँग कुरा गरेर, वार्ताको माध्यमबाट समाधान खोज्नुपर्ने विषय […]