कांग्रेस पदाधिकारी बैठक आज बस्दै, महाधिवेशन कार्यतालिका हेरफेर गर्ने

काठमाडौं,असार,१४-नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । पार्टी सभापति शेरवहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्न लागेको वैठकमा महाधिवेशन कार्यतालिका परिवर्तनका विषयमा छलफल हुने वताइएको छ । कांग्रेसले २०७७ साल फागुन ७ गतेबाट केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका तय गरेको थियो । तर, कोरोना संकटका कारण महाधिवशनको तयारीका कामहरु हुन सकेको छैन । महाधिवेशनका लागि गत चैतबाटै क्रियाशिल […]

नेपालका ७७ जिल्लामा कोरोना संक्रमण, थप ५५४ जना संक्रमित थपिए

काठमाडौं,असार,१३-नेपालमा शनिबार मात्र ५५४ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।योसँगै संक्रमितको कुल संख्या १२ हजार ३०९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा शनिबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालका ७७ ओटै जिल्लामा संक्रमण देखिएको जानकारी दिनुभयो । रसुवाका आठ महिला र एकजना पुरुषमा संक्रमण देखिएसँगै ७७ ओटै जिल्लामा […]

नेपाल छिर्‍यो सलह

बारा,असार,१३-विश्वका विभिन्न देशमा बालीनालीमा व्यापक क्षति पुर्‍याएको सलह नेपालमा पनि प्रवेश गरेको छ ।भारत हुँदै बारा भित्रिएको सलहले धानबालीमा क्षति गर्न थालेको छ । शनिबार बिहान प्रवेश गरेको सलह किराले जिल्लाका निजगढ, डुमरवाना, सिमरा क्षेत्रमा क्षति गर्न थालेको कृषि ज्ञान केन्द्र बाराका प्रमुख जितेन्द्र यादवले जानकारी गराउनुभएको छ । सामान्य मनसुनसँगै प्रवेश गरेको सलह दिउँसो […]

नेपालको जनसंख्या ३ करोड नाघ्यो

काठमाडौं,असार,१३–नेपालको जनसंख्या तीन करोड नाघेको छ। जनसंख्या घडीअनुसार शुक्रबारबाट नेपालको जनसंख्या ३ करोड नाघेको हो। केन्द्रीय तथ्यांक विभागको घडीमा शुक्रबार (असार १२ गते) नेपालको जनसंख्या तीन करोड ६ सय ३४ पुगेको छ। राष्ट्रिय जनगणना २०६८ को आधारमा यो जनसंख्या घडी निर्धारण गरिएको तथ्यांक विभागले जनाएको छ। विभागका निर्देशक ढुण्डिराज लामिछानेका अनुसार अन्तर्राष्ट्रिय सिद्धान्तअनुसार राष्ट्रिय जनगणना […]

थप ५९३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुग्यो

काठमाडौं,असार,१२-नेपालमा शुक्रबार थप ५९३ जनामा कोरोना (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ ।शुक्रबार संक्रमण पुष्टि भएका संक्रमितमा १०७ जना महिला र ४८६ पुरुष गरि ५९३ जनामा कोरोना पोजिटिभ देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा .जागेश्वर गौतमका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको जनाए ।कुल संक्रमितमध्ये १२ सय ४९ […]

नेकपा स्थायी समिति बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

काठमाडौं,असार,१२-प्रधानमन्त्री एवं सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली पार्टी स्थायी समितिको बैठकमा अनुपस्थित हुनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमै बसेको स्थायी समितिको बैठकको दोस्रो दिन प्रधानमन्त्री ओली बैठकमा अनुपस्थित हुनुभएको हो ।प्रधानमन्त्री अनुपस्थित भए पनि बैठक जारी रहेको र बैठकको अध्यक्षता पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्नुभएको छ । बिहान […]

नेकपा स्थायी कमिटी बैठकः प्रधानमन्त्री हुने सहमति छाडेर गल्ती गरें–दाहाल, बहुमतको खेल भयो–ओली

काठमाडौं,असार,१०-सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दुई अध्यक्ष बोलेर स्थगित भएको स्थायी कमिटी बैठकमा नेताद्वयले आ–आफ्ना गुनासा र पीडा व्यक्त गरेका छन् । प्रथम अध्यक्ष केपी ओलीले सरकारबाट भएका राम्रा कामको पार्टीबाट समर्थन हुन नसकेको गुनासो गर्दा द्वितीय अध्यक्ष पुष्पकमल दाहालले पटक पटक भएका सहमति र सम्झौता कार्यान्वयन नभएको पीडा व्यक्त गर्नुभएको थियो । […]

एकै दिन थपिए ६२९ संक्रमित, संक्रमितको जम्मा संख्या १० हजार ७ सय २८ पुग्यो

काठमाडौं,असार,१०-नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङ्गमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले पछिल्लो २४ घण्टामा एक सय १० महिलासहित ६ सय २९ जना नयाँ संक्रमित थपिएसंगै जम्मा संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको बताउनुभयो । पछिल्लो २४ घण्टामा […]

पूर्व प्रधानमन्त्रीसहित सबै दलका प्रमुखलाई राष्ट्रपतिले बोलाइन् शीतलनिवास

काठमाडौं,असार,१०-राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्रीसहित सबै दलका प्रमुखलाई शीतलनिवास बोलाउनु भएको छ । राष्ट्रपतिका स्वकीय सचिव डा. भेषराज अधिकारीले दिएको जानकारीअनुसार कोरोना महामारी, लकडाउन तथा यसबाट सिर्जित समस्याबारे छलफल गर्न राष्ट्रपति भण्डारीले सबै दलका अध्यक्ष एवं पूर्वप्रधानमन्त्रीहरूलाई आज बेलुका शीतलनिवास बोलाउनु भएको हो। ‘यो नियमित कार्यक्रमअन्तर्गत नै हो,’ डा. अधिकारीले भने, ‘राष्ट्रपतिज्यूले दलका नेतासँग भेटवार्ता नगरेको […]

नेकपाको स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौं,असार १०-नेकपाको स्थायी कमिटी बैठक आज बस्दैछ ।प्रधानमन्त्री निवास बालुटारमा बिहान ११ बजे बैठक बोलाइएको स्थायी कमिटी सदस्य बेदुराम भुषालले जानकारी दिनुभयो । स्थायी कमिटी बैठकमा एमसीसी, कोरोना महामारी र अन्य समसामयिक विषयमा छलफल गरिने नेकपाले जनाए पनि एजेन्डाबारे आधिकारिक टुङ्गो लागेको छैन । बैठकमा स्थायी कमिटीका ४५ सदस्यसहित आमन्त्रित सदस्यका रुपमा पार्टीको अनुशासन समिति, […]