लिपुलेक विवाद : छाङरुमा यसरी पुग्यो सशस्त्र प्रहरी टोली, हेर्नुहोस् ६ फोटोमा

काठमाडौं,बैशाख,३१-भारतले सीमा मिचेर सडक निर्माण गरेको दार्चुलाको छाङरुमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट स्थापना गर्न टोली त्यहाँ पुगेको छ।सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक नारायणबहादुर थापासहितको टोली बुधबार छाङरु पुगेको हो। नेपाली सेनाको हेलिकोप्टरमा दुई पटकमा गरेर खलंगाबाट टोली छाङरु गएको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले बताए। छाङरुको बीओपीमा सशस्त्र प्रहरी निरीक्षक मिलिबहादुर चन्दको कमान्डमा २५ जना […]

नेपालमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २४३ पुग्यो

काठमाडौं,बैशाख,३१-नेपालमा कोरोना संक्रमितको संख्या २४३ पुगेको छ।बुधबार नयाँ थपिएका संक्रमितमा २४ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सहित बुधबार २६ जना नयाँ संक्रमित फेला परेका हुन् । नयाँ थपिएकाहरुमा १२ जना रुपन्देहीका छन् । जसमा ९ पुरुष र ३ जना महिला छन् । यसैगरी कपिलवस्तुका ८ जना पुरुष, पर्साका दुई पुरुष […]

सेनाको होलिकोप्टरबाट लिपुलेक उड्यो सशस्त्र प्रहरीको टोली

काठमाडौं,बैशाख,३१-दार्चुलाको कालापानी लिपुलेक आसपासको सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बलको टोली बुधबार बिहान त्यसतर्फ प्रस्थान गरेको छ। दार्चुलाको व्यास गाउँपालिका–१ स्थित छाङरुमा सीमा निगरानी चौकी (बिओपी) स्थापनाका लागि काठमाडौँबाट नेपाली सेनाको हेलिकप्टरमा सशस्त्रको टोली त्यसतर्फ गएको हो। सेनाको एमआई–१७ हेलिकोप्टर सशस्त्रको टोली दार्चुला प्रस्थान गरेको छ। सीमा निगरानी चौकीमा २५ जना सशस्त्र प्रहरी खटाइने जनाइएको […]

एक जिल्लाबाट अर्को जिल्ला जान नपाइने, सबै पास रद्द

काठमाडौं,वैशाख,३०-कोरोना भाईरसको प्रकोप बढ्दै गएपछि एक जिल्लाबाट अर्को जिल्ला जान पाउने गरी यस अघि जारी भएका सबै सवारी पास गृह मन्त्रालयले बिहीबारबाट लागू हुने गरी रद्द गरेको छ । यस्तै, कुनै जिल्लाबाट काठमाडौं कसैलाई पठाउनु परेमा सम्बन्धित प्रमुख जिल्ला अधिकारीले गृह मन्त्रालयको लिखित स्वीकृत लिएर मात्र पठाउन पाउने व्यवस्था गरिएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले बताउनुभयो […]

बाटोमा बुरुक्क उफ्रिदैमा भारत संगको सीमा समस्याको समाधान हुदैन: प्रधानमन्त्री ओली

काठमाडौं,बैशाख,३०-प्रधानमन्त्री केपी ओलीले बाटोमा उफ्रिएर भारतसँगको सीमा समस्या समाधान नहुनेमा सचेत गराएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले बाटोमा बुरुक्क उफ्रिएर र आवेशमा आएर यो समस्या समाधान हुँदैन भन्दै यसका लागि भारतसँग वार्ता गरिने बताएको एक मन्त्रीले बताए । बैठकमा मन्त्रीहरुलाई निर्देशन दिँदै ओलीले भने, ‘भारतसँग कुरा गरेर, वार्ताको माध्यमबाट समाधान खोज्नुपर्ने विषय […]

नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १९१ पुग्यो

काठमाडौं,बैशाख,३०-नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १९१ पुगेको छ । थपिएका संक्रमितमा पर्सामा मात्र ३९ जना छन् । त्यस्तै कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना छन् । थपिएका संक्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिनुभयो […]

रोल्पामा कोरोना परीक्षण गर्ने किट नभएपछि ७ हजार बढी जाॅंच नगरि घर पठाईयो

रोल्पा,बैशाख,३०-रोल्पा जिल्लामा स्वास्थ्य जाॅंत नगरी साढे ७ हजार जनालाई घर पठाईएको छ।रोल्पाका विभिन्न क्वारेन्टिनमा राखिएका व्यक्तिलाई स्वास्थ्य परीक्षण नै नगरी धमाधम घर पठाइएको हो । अहिलेसम्म त्यस्ता ७ हजार ७ सय २१ सर्वसाधारणलाई कोरोनाको परीक्षण नै नगरी घर पठाइसकिएकाे छ। कोरोना परीक्षण गर्ने किट अभाव भएपछि क्वारेन्टिनमा बसेकालाई स्वास्थ्य जाँच नगरी घर पठाउन थालिएको वडा नं […]

विदेशमा भएका नेपालीलाई भिसाको म्याद सकिए पनि समस्या नहुने

काठमाडौं,बैशाख,३०-सरकारले विभिन्न पेशा र व्यवसायमा विदेशमा गएका नेपालीको भिसाको म्याद सकिएकै कारणले कानूनी जटिलता व्यहोर्न नपर्ने जनाएको छ । विदेशमा कोरोना संक्रमित नागरिकलाई सम्बन्धित देशको नागरिकसरह नै उपचारको व्यवस्थाका लागि सम्बन्धित देशलाई आग्रह गरिएकाले उपचारमा समस्या नदेखिएको सरकारको दावी छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सबै ठाउँमा सहज अवस्था नभएपनि प्रवेशाज्ञाको म्याद सकिएर कानूनी झन्झट व्यहोर्नुनपर्ने […]

आज विश्व नर्सिङ दिवस : मन्त्री ढकालको स्वास्थ्यकर्मी लाई शुभकामना

काठमाडौं,बैशाख,३०-आज विश्व नर्सिङ दिवस । कोरोना भाइरसको संक्रमणका कारण मुलुक लकडाउन हुँदा यस वर्ष औपचारिक कार्यक्रमको आयोजना गरिएको छैन । दिवसका अवसरमा स्वाथ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोनाको महामारीका कारण आक्रान्त बनिरहेका बेला अग्रपंक्तिमा खटिएर सेवा दिइरहेका सम्पूर्ण नर्स, चिकित्सक तथा स्वाथ्यकर्मीलाई शुभकामना दिनुभयो । मन्त्री ढकालले आफू जोखिममा रहेर स्वाथ्य सेवामा खटिएका सम्पूर्ण स्वाथ्यमकर्मीलाई […]

लिपुलेक विवाद : हेलिकप्टर मार्फत छाङरुमा सुरक्षाफौज लैजाने सरकारको तयारी

काठमाडौं,बैशाख,२९-नेपाली भूमि लिपुलेकमा भारतले अतिक्रमण गरी सडक निर्माण गरेपछि सरकारले तत्काल सशस्त्र प्रहरीकाे बटालियन राख्ने तयारी गरेको छ।लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरेर भारतले तिब्बतको मानसरोवर जोड्ने सडक बनाएपछि नेपालमा त्यसको चौतर्फी विरोध भैरहेको छ ।  सोमबार बिहान बसेको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भन्नुभयो अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा ‘दुर्भाग्य नै भन्नुपर्छ, लामो समयम्म दार्चुलाको त्यो माथिल्लो क्षेत्र, […]