आदर्श मावि नेपालगन्जद्वारा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न।

  नेपालगन्ज, माघ २५ आदर्श मावि नेपालगन्जमा शुक्रबार हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ। बिद्यालयको आयोजनामा सम्पन्न उक्त हाजिरी जवाफ प्रतियोगितामा जम्मा ८ समुहले सहभागिता जनाएका थिए।जसमध्ये होटल म्यानेज्मेन्ट १२ प्रथम, कम्प्युटर साइन्स द्वितीय र बिज्नेस स्ट्डिज समुह तृतीय भएका थिए। बिद्यालयको वार्षिक कार्यतालिका अनुसार विभिन्न अतिरिक्त कार्यक्रम गर्दै आएको र त्यसै अनुरुप विद्यार्थीहरुको अतिरिक्त […]

नेपालकै ठूलो पाँचौ एजुकेसन फेर नेपालगन्जमा हुँदै ।

नेपालगन्ज , माघ २५। नेपालकै ठुलो पाँचौ एजुकेसन फेर नेपालगन्जमा सम्पन्न हुने भएको छ। स्वदेशी शिक्षा सबैको इच्चा` भन्ने मुल नाराका साथ नेपालगन्जमा पहिलो पटक नेपालकै ठूलो पाँचौ एजुकेसन फेर हुने भएको छ। देश प्रादेशिक संरचनामा गए लगत्तै यो एजुकेसन फेर पनि प्रत्येक प्रदेशमा हुन लागेको हो। यसका लागि नेपालगन्जमा भने फाल्गुन १० र ११ गते […]

ओखलढुङ्गामा आफ्नै बुहारीले गरे ससुराको हत्या

ओखलढुङ्गा,माघ,२४- ओखलढुङ्गामा बुहारीले आफ्नै ससुराको हत्या गरेकी छन् । सिद्धिचरण नगरपालिका–४ रुम्जाटारकी ३० वर्षिय तारादेवी गुरुङले करीब ७५ वर्षका आफ्ना ससुरा रामकाजी गुरुङको हत्या गरेकी हुन् । आपसी घरायसी अंशवण्डाको विवादका क्रममा तारादेवीले आज विहान आगो फुक्ने फलामको ढुंग्री टाउकोमा प्रहार गर्दा गुरुङको घटनास्थलमै ज्यान गएको ओखलढुंगा प्रहरी प्रमुख पुष्पराज मल्लले बताए । चौकी नजिकै […]

फाल्गुन ३ गते सार्वजनिक बिदा दिईने

बुटवल,माघ,२४- प्रदेश नं ५ ले फाल्गुन ३ गते प्रदेश स्थापना दिवसको उपलक्ष्यमा सार्वजनिक विदा निर्णय गरेको छ । नेपाल सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका शाखा अधिकृत माधब शर्माले हस्ताक्षर गरी निकालिएको सूचनामा प्रदेशको मन्त्री परिषदले मिति २०७५र१०र१४ गते बैठक बसी विदा निर्णय गरेकाले विदा दिएको उक्त सूचनामा बताईएको छ ।

जिफन्ट र अन्टुफको समायोजन छिट्टै गर्छौ : बिनोद श्रेष्ठ

नेपालगन्ज , माघ, २४ नेपाल ट्रेड युनियन महासंघ जिफन्ट र अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुफ अब छिट्टै समायोजन हुने दुबै महासंघका समायोजन समितिका संयोजक बिनोद श्रेष्ठले बताउनु भएको छ । अाज बाँकेको नेपालगन्जमा योगदानमा अाधारित सामाजिक सुरक्षा योजना अन्तरक्रिया कार्यक्रम पछि दुबै युनियनका अगुवा नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै उहाले २०७६ सालको शुरुआत सम्ममा […]

कृषिको आधारमा घरेलु उद्योग र पर्यटनलाई अगाडी बढाइने छ :मन्त्रि गिरी

खजुरा,माघ,२४- कृषिमा आधारीत रहेका बहुसङख्यक नागरीकहरुको जिवन स्तर र आर्थिक अवस्था माथि नउठाइकन कृषिको प्रगती सगै कृषिको आधारमा उद्योग र पर्यटनलाई अगाडि बढाउन नसकिने उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय प्रदेश नं. ५का उद्योग मन्त्रि लिला गिरीले बताउनुभएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय राष्ट्रपति […]

योगदानमा आधारित सामाजिक सुरक्षा कोष सम्वन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपालगन्ज, माघ, २४ नेपाल सरकारले लागु गरेको योगदानमा अाधारित सामाजिक सुरक्षा सम्बन्धि अन्तरक्रिया कार्य्यक्रम अाज बाँकेको नेपालगन्जमा सम्पन्न भएको छ ।सामाजिक सुरक्षा कोष र श्रम अञ्चल कार्यालय बाँकेको संयुक्त अायोजनामा अाज उक्त कार्यक्रम भएको थियोे । कार्यक्रमको अध्यक्षता श्रम अञ्चल कार्यालय बाँकेका प्रमुख हरि शरण चौलागाईं , प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिका कि उप प्रमुख उमा […]

सिन्धुलीमा जिप दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं,माघ,२४- सिन्धुलीको फिक्कल गाउँपालिका–२, चण्डी भञ्ज्याङमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ९ जना घाइते भएका छन् । दुर्घटनामा तीन जनाको अवस्था गम्भीर छ । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका अनुसार बा१५च ९४२२ नम्बरको जिप सडकबाट करिब दुई सय मिटर तल खस्दा उनीहरुको घटनास्थलमै मृत्यु भएको थियो । गम्भीर घाइतेहरुको खुर्कोट […]

यूनाईटेड एजुकेसनद्वारा क्रीकेटर अभिनास बोहरालाई भव्य सम्मान

नेपालगन्ज,माघ,२४- यसै साता सम्पन्न युएई बिरुद्धको मैत्रीपूर्ण टि-२० अन्तर्राष्ट्रिय शृंखलामा प्लेयर अफ दि सिरिज घोषित अभिनास बोहरालाई नेपालगन्जको मुक्तिपुरमा अवस्थित यूनाइटेड एजुकेसन एकेडेमी मुक्तिपुर १२ नेपालगन्जले बिहिबार स्वागत सहित भव्य सम्मान सम्मान गरेको छ। प्राचार्य बिकास ब्रद्रचार्या,निर्देशक गणेश पाठक, शिक्षक तरुण बद्रचाय,सतानन्द उपाध्यय लगायतले खादा ओढ्ाएर सम्मान गर्नु भएको थियो । बोहोरा नेपालगन्ज १२ निबासी […]

म्यान्चेष्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा

  काठमाडौं, माघ,२४- म्यान्चेष्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।गएराति भएको खेलमा एभर्टनलाई पराजित गर्दै म्यान्चेष्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको हो । डिसेम्बर १६ पछि सिटी पहिलो पटक शीर्ष स्थानमा उभिन सफल भएको हो । लामो समय शीर्ष स्थान कब्जा गरेको लिभरपुलले लगातार बराबरी खेलपछि सिटीले शीर्ष स्थानमा आफुलाई […]