थप ५७० जना कोरोना संक्रमित,१ हजार ९९३ जना संक्रमणमुक्त

काठमाडौं,फागुन,५-नेपालमा विगत २४ घण्टामा थप ५७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने थप ६ जनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार दिएको जानकारी अनुसार उक्त अवधिमा मुलुकभर ९ हजार ७८९ ओटा नमूना परीक्षण गरिएको थियो । मन्त्रालयका अनुसार उक्त अवधिमा ७ हजार २८ जनाको पीसीआर परीक्षण गर्दा ३६४ र २ हजार […]

प्रतिनिधिसभाको बैठक आज दिउँसो बस्दै

काठमाडौं,फागुन,४-प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा एमसीसी सम्झौता अनुमोदनका लागि टेबल हुन सक्ने अनुमान गरिए पनि बैठकको कार्यसूचिमा भने एमसीसी टेबल गर्ने विषय परेको छैन । सभामुख अग्नि सापकोटाले बैठक अघि कार्यब्यवस्था परामर्श समितिको बैठक राखेकाले उक्त बैठकबाट एमसीसी टेबल गर्ने कार्यसूचि थपिने सक्ने बताइएको छ । यद्यपी सत्ता घटकहरुबीच […]

पिएसजी संग रियल म्याड्रिड १-० पराजित

एजेन्सी,फागुन,४-युइएफए च्याम्पियन्स लिग अन्तरगतको प्रि-क्वाटरफाइनलको पहिलो लेगमा सेन्ट जर्मेन (पिएसजी) ले स्पेनिस क्लब रियल म्याड्रिडलाई पराजित गरेको छ । इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा युवा फरवार्ड केलियन एमबाप्पेको गोलमा पिएसजीले जित निकालेको हो ।पिएसजीले घरेलु मैदानमा रियललाई पहिलो लेगमा १-० ले पराजित गरेको हो । एमबाप्पेले इन्ज्युरी समयमा सव्सिच्युट ब्राजिली फरवार्ड नेयमार जुनियरको ब्याकहिल […]

ग्लोबल छनोटका लागि नेपालको अन्तिम टोलीको घोषणा

काठमाण्डौं,फागुन,३-आसन्न ग्लोबल छनोटका लागि नेपालको अन्तिम टोलीको घोषणा भएको छ। मंगलवार नेपाल क्रिकेट संघले नवनियुक्त मुख्य प्रशिक्षक पुवुदु दासानायकेको १४ सदस्यीय टोली सार्वजनिक गरेको हो। नवनियुक्त कप्तान सन्दिप लामिछानेको नेतृत्वमा पूर्व कप्तान ज्ञानेन्द्र मल्ल, पूर्व उपकप्तान दिपेन्द्र सिंह ऐरि, शरद भेषावकर, कुशल भुर्तेल, मोहम्मद आसिफ सेख, मोहम्मद आरिफ सेख, अभिनाष बोहरा, जितेन्द्र कुमार मुखिया, कमल […]

च्याम्पियन्स लिग : आज पिएसजी र रियल म्याड्रिड भिड्ने

एजेन्सी,फाल्गुन,३-युइएफए च्याम्पियन्स लिगमा आज मंगलबार रातिबाट प्रि-क्वाटरफाइनलको चरण अन्तर्गत पहिलो लेगको दुई खेल हुँदैछ । निकै प्रतिक्षित खेलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) र स्पेनिस क्लब रियल म्याड्रिड भिड्दै छन् । खेल पिएसजीको मैदान पार्क डेस प्रिन्सेसमा नेपाली समयअनुसार राति १:४५ बजे सुरु हुनेछ । स्टार खेलाडीले भरिएको फ्रेन्च लिग वानको शीर्षस्थानमा रहेको पिएसजी […]

ज्ञानेन्द्र शाही नेतृत्वको अभियान राष्ट्रिय प्रजातन्त्र पार्टीमा समाहित हुने

काठमाण्डौं,फाल्गुन,३-ज्ञानेन्द्र शाही नेतृत्वको ‘हाम्रो नेपाल, हाम्रो नेपाली अभियान’ राष्ट्रिय प्रजातन्त्र पार्टीमा समाहित हुने भएको छ। मंगलबार बसेको राप्रपा पदाधिकारी बैठकले शाही नेतृत्वको सो अभियानलाई पार्टीमा समाहित गर्ने निर्णय गरेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताउनुभयो। समान विचार भएका अन्य दलसँग पार्टी एकताका लागि गठित महामन्त्री धवल शमशेर राणा नेतृत्वको वार्ता समितिले सो अभियानसँग एकता गर्ने प्रस्ताव […]

आज नेपाल र आयरल्यान्डबिच प्रतिस्पर्धा हुने

काठमाडौं,फाल्गुन,२-नेपाली राष्ट्रिय क्रिकेट टिमले विश्वकप छनोट खेल अघिको अभ्यास खेलका रुपमा रहेको चार देश सम्मिलित टी-२० सिरिजको अन्तिम खेलमा आज (सोमबार) आयरल्यान्डसँग प्रतिस्पर्धा गर्दै छ। ओमान स्थित अमरेत क्रिकेट मैदानमा दिउँसो ३:४५ मा सुरु हुने खेलमा नेपाल सिरिजको अन्तिम खेलमा जित निकाल्दै विश्वकप अघि आफुलाई बलियो रहेको प्रमाणित गर्न चाहन्छ। अघिल्ला दुई खेलमा ओमानलाई ६ विकेटले […]

रुसलाई तत्काल वार्तामा बस्न युक्रेनको आग्रह

काठमाण्डौं,फाल्गुन,२-युक्रेनले आफ्नो सीमामा बढ्दो क्रममा रहेको तनाव अन्त्य गर्न रुस र अन्य युरोपेली सुरक्षा समूहका प्रमुख सदस्यबीचको बैठकको माग गरेको छ। युक्रेनका विदेशमन्त्री डिमित्रो कुलेबाले रुसले सीमाक्षेत्रमा सैनिक परिचालनबारे जानकारी माग गरी पठाइएको सबै आधिकारिक आग्रहको बेवास्ता गरेको बताएका छन्।  उनले अबको अर्को कदमको रुपमा ४८ घण्टाभित्र रुसको योजनाबारे पारदर्शी जानकारीसहितको बैठकको माग गरिएको उल्लेख […]

आज एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौं,फाल्गुन,२-प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको संसदीय दलको बैठक सोमबार बस्दै छ । बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बस्ने गरी बैठक आह्वान गरिएको छ।बैठकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल हुनेछ। विशेष गरी प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता गराईएको महाअभियोग प्रस्तावका विषयमा बैठक केन्द्रित हुनेछ । महाअभियोग प्रस्तावको संसदीय प्रक्रियाबाट प्रतिवाद गर्ने एमालेको […]

आज सर्वदलीय बैठक बस्दै, समसामयिक राजनीतिक विषयमा छलफल हुने

काठमाडौं,फाल्गुन,२-प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आज (सोमबार) सर्वदलीय बैठक बोलाउनुभएको छ । उहाँले समसामयिक राजनीतिक विषयमा छलफल गर्न भन्दै दिउँसो २ बजे सर्वदलीय बैठक बोलाउनुभएको हो । उहाँको सचिवालयका अनुसार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणविरुद्ध महाअभियोग दर्ता भएपछि त्यसलाई प्रक्रियामा पुर्‍याउने र जारी संसद्को अवरोधको विषयमा छलफल हुने बताइएको छ ।   सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा […]